अन्तर्वस्तुमा फेरि पनि अल्झो
१६ साउन २०७२
•
१३ मिनेट पाठ
अन्तर्वस्तुमा फेरि पनि अल्झो
काठमाडौं- संविधानको प्रारम्भिक मस्यौदामा जनताले दिएको सुझावपछि प्रमुख दलबीच संविधानका अन्तर्वस्तुमा फेरि विवाद बढेको छ। प्रमुख राजनीतिक दलबीच भएको १६ बुँदे सहमतिअनुसार अघि बढ्ने कि जनताले दिएका मुख्य सुझाव पनि समावेश गर्ने भन्ने विषयमा विवाद देखिएको हो। दलहरूबीचको नयाँ विवादले साउन मसान्तमा संविधान जारी गर्ने योजनामा थप असर पार्ने आशंका गरिएको छ।




संविधानसभाले जनताले दिएका राय–सुझावमा छलफल गरेर संविधानमा समावेश गर्ने विषय तयार पार्न संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिलाई जिम्मा दिएको थियो। समितिले सभापति बाबुराम भट्टराईको नेतृत्वमा सुशील कोइराला, केपी शर्मा ओली, पुष्पकमल दाहाल र विजयकुमार गच्छदार रहेको विशेष समिति बनाएको थियो। विशेष समितिले काम गर्न सहजताका लागि भन्दै एमाले उपाध्यक्ष भीम रावलको संयोजकत्वमा ७ सदस्यीय कार्यदल गठन गरेको थियो। कार्यदलले विवादित विषय जस्ताको त्यस्तै राखी यसअघि सहमति भइसकेका र शीर्ष तहबाट टुंगो लगाउनुपर्ने विषय भन्दै छुट्टयाएर शीर्ष नेतालाई नै जिम्मा दिएको छ।

'जनताबाट एउटै विषयमा फरक–फरक विचार व्यक्त भएका छन्,' कार्यदलको प्रतिवेदनमा भनिएको छ, 'यसरी मस्यौदा संविधानका विभिन्न धारासँग सम्बन्धित विषय र भाषामा समेत जनताका फरक–फरक मत प्राप्त भएको देखिएको र तीमध्ये कतिपय विषयमा कार्यदलमा अन्तिम निर्णय गर्न सकिने अवस्था नरहेकाले विशेष समितिले छलफल गरी टुंगो लगाउनुपर्ने भएको छ।'

कार्यदलले दिएको सुझावका आधारमा प्रमुख दलले प्रस्तावना, नागरिकता, मौलिक हक, संघीयतालगायत ११ वटा विषयमा छलफल थालेका छन्। संवाद समिति सभापति बाबुराम भट्टराईले कार्यदलले बुझाएको प्रतिवेदनका आधारमा छलफल अघि बढाउँदा ११ वटा विषयमा गम्भीर छलफल गर्नुपर्ने भएकाले आइतबारसम्म टुंगो लगाउने कोसिस भएको बताए।

'भोलि (आइतबार) सम्म मुख्य विषय टुंगो लगाएर परिमार्जन गर्ने लक्ष्य राखेका छौं,' भट्टराईले भने, 'संविधानसभाबाट बन्ने संविधानमा सबैको भावना जोड्ने प्रयास गरेका छौं, संविधानसभाबाट संविधान जारी गर्दा दीपावली नभए पनि राँको नबलोस्।'

सभापति भट्टराईले शीर्ष तहमा छलफल भइरहेको भन्दै आइतबार चार बजेसम्मका लागि शनिबार बसेको संवाद समितिको बैठक स्थगित गरेका थिए। त्यसपछि विशेष समितिमा रहेका शीर्ष नेता आन्तरिक छलफलमा जुटेका थिए। छलफलका क्रममा प्रमुख दलका शीर्ष नेताबीच नै संविधानका अन्तर्वस्तुमा विवाद देखिएपछि आन्तरिक र द्विपक्षीय छलफल गरेर विषय टुंगो लगाउनेगरी शनिबारको बैठक सकिएको थियो।

'शीर्ष तहमै आन्तरिक र द्विपक्षीय छलफल गर्ने भनेर उठेपछि विषय थप गम्भीर बन्दै गएको छ,' स्रोतले भन्यो, 'संवाद समितिलाई बढीमा चार दिन भनेर दिएको समयमा पनि प्रतिवेदन संविधानसभामा पुग्ने देखिएन। यसले दलहरुबीच फेरि विवाद बढेको स्पष्ट संकेत गर्छ।'

प्रमुख दलको बैठकमा जनताले अहिले नै सीमांकन टुंगो लगाउन सुझाव दिएकाले त्यसलाई पनि सम्बोधन गर्नुपर्ने धारणा आएको थियो। 'सर्वोच्चको आदेश, जनताका सुझावसहित छिमेकीको चासो पनि सीमांकनमा देखियो,' बैठक स्रोत भन्छ, 'सीमांकन अहिले नै टुंगो लगाउनुपर्योत भने साउन मसान्तमा संविधान जारी गर्ने योजना सफल नहुन सक्छ।'

अहिले सीमांकन, नागरिकता र धर्मका विषयमा प्रमुख दलबीच मुख्य विवाद देखिएको छ। 'सीमांकन अहिले नै टुंगो लगाउने कि नलगाउने, वंशजको आधारमा नागरिकता दिँदा आमा वा बाबु कि आमा र बाबु भन्ने उल्लेख गर्ने, धर्मनिरपेक्षता/धार्मिक स्वतन्त्रता/हिन्दु धर्म के राख्ने भन्नेमा प्रमुख दलबीच कुरा मिलेको छैन,' बैठकमा सहभागी एक नेताले भने, 'शनिबार बेलुका र आइतबार बिहानसम्म आन्तरिक र द्विपक्षीय छलफल गरेर आइतबार फेरि चार दलका शीर्ष नेताको बैठक बस्नेछ।'

विशेष समितिले बनाएको कार्यदलले राष्ट्रपति र उपराष्ट्रपतिको चयन गर्दा धारा ६६ को उपधारा (५) मा रहेको गोलाप्रथाद्वारा चुन्ने व्यवस्था हटाई निर्वाचित नभएसम्म निर्वाचनको प्रक्रिया जारी राख्ने व्यवस्था गर्ने, राष्ट्रपति र उपराष्ट्रपतिको उमेर हद तोकिनुपर्ने विषयमा पनि सहमति जुटाएको छ।

एक उम्मेदवारले एकमात्र निर्वाचन क्षेत्रमा चुनाव लड्न पाउने व्यवस्था गर्ने विषयमा पनि कार्यदलले सहमति कायम गरेको छ। त्यसैगरी भाग ११ मा रहेको न्यायपालिकाको व्यवस्थामा संवैधानिक अदालत र सर्वोच्च अदालतका न्यायाधीशको योग्यता समान हुनुपर्ने, जिल्ला न्यायाधीशको नियुक्ति गर्दा रिक्त पदमा ५० प्रतिशत न्याय सेवाका अधिकृतबाट र ५० प्रतिशत खुला प्रतिस्पर्धाबाट पूर्ति गर्नेबारेमा पनि कार्यदलले सहमति गरेको छ।

महालेखा परीक्षक, निर्वाचन आयोगका प्रमुख आयुक्त र आयुक्तको योग्यता स्नातकोत्तर हुनुपर्ने, भाग १७ मा रहेको स्थानीय व्यवस्थापिकासम्बन्धी विषयमा वडामा सबै पदको प्रत्यक्ष निर्वाचन हुने, भाग ३४ को विविधमा डिभी, ग्रिनकार्ड र पिआर लिएका व्यक्ति राजनीतिक पद तथा आयोगलगायत संवैधानिक निकायमा रहन नपाउने व्यवस्था गर्नेमा कार्यदल सहमतिमा पुगेको छ। पुनर्नियुक्तिको विषय भने छलफल गरेर टुंगो लगाउने सहमति भएको छ ।

मुख्य विवाद शीर्ष तहमै

कार्यदलले बुझाएको प्रतिवेदनमा प्रस्तावनामा 'बहुलवाद राख्ने/नराख्ने, मधेस आन्दोलन राख्ने/नराख्ने, समाजवादको अगाडि लोकतान्त्रिक शब्द राख्ने/नराख्ने, वर्ण व्यवस्थापन जातपात र छुवाछुतलगायत सबैखाले जातीय विभेदको अन्त्य गर्ने/नगर्ने, जनताको प्रतिस्पर्धात्मक समानुपातिक समावेशी शासन प्रणाली राख्ने वा नराख्ने' भन्ने निर्णय शीर्ष नेताले टुंगो लगाउनुपर्ने उल्लेख गरिएको छ।

त्यसैगरी संविधानको भाग १ मा प्रारम्भिकमा सम्बन्धमा देखिएका विवादमा 'धर्म निरपेक्ष वा धार्मिक स्वतन्त्रता वा धर्मका बारेमा केही नबोल्ने, संघीय र समानुपातिक शब्द थप गर्ने, नेपाली भाषाको अतिरिक्त भन्ने शब्द हटाउने वा नहटाउने,' उल्लेख गरेर टुंगो लगाउन शीर्ष तहमा नै पुर्यािएका छन्।

त्यसैगरी नागरिकतामा देखिएको विवादमा पनि धारा १२ (क) मा आमा वा बाबु बनाउने कि नबनाउने, अंगीकृतमा महिला र पुरुषका लागि ७ वा १० वर्षको समान व्यवस्था गर्ने र यसरी नागरिकता नपाइन्जेल आर्थिक, संास्कृतिक र सामाजिक अधिकार प्रयोग गर्न पाउनेगरी परिचयपत्रको व्यवस्था गर्ने कि नगर्ने, धारा १३ (३) मा नेपालमा भन्ने शब्द हटाउने र स्वयंघोषणा शब्द हटाई प्रमाणित भएमा भन्ने राख्ने कि नराख्ने, सम्मानार्थको व्यवस्था राख्ने कि नराख्ने भन्ने विवाद पनि शीर्षनेताकै जिम्मा लगाइएको छ।

मौलिक हकमा रहेको व्यवस्थामा भ्रुणहत्या शब्द हटाउने वा नहटाउने, कुनै धर्मबाट अलग रहने भन्ने शब्दावली हटाउने तर धर्म नमान्ने भाव आउने कुनै व्यवस्था राख्ने कि नराख्ने, नेपालमा बसोबास गर्ने प्रत्येक नेपाली समुदायलाई मातृभाषामा शिक्षा प्रदान गर्नेगरी विद्यालय तथा शैक्षिक संस्था खोल्ने र सञ्चालनको हक हुने वा नहुने, संघीय, प्रादेशिक र स्थानीय तहका सबै राजनीतिक संरचनामा जनसंख्याको आधारमा दलितको समानुपातिक प्रतिनिधित्वको व्यवस्था गर्नेलगायत विषय पनि शीर्ष नेताकै जिम्मा लगाइएको छ। कार्यदलले राज्यको संरचना र राज्यशक्तिको बाँडफाँटबारे सम्पूर्ण जिम्मा शीर्ष तहमा छाडेको छ।

त्यसैगरी राष्ट्रपति र उपराष्ट्रपतिको भागमा देखिएका विवाद प्रत्यक्ष कार्यकारी राष्ट्रपति हुनुपर्ने वा नपर्ने, राष्ट्रपति शब्दलाई राष्ट्राध्यक्ष वा राष्ट्रप्रमुख नामकरण गरी फरक–फरक लिंग र समुदायको व्यक्ति हुनुपर्ने व्यवस्था गर्ने कि नगर्ने भन्ने विवाद पनि शीर्ष तहमा पठाइएको छ।

त्यसैगरी भाग ११ को न्यायपालिकामा न्यायपरिषद समावेशी हुनुपर्ने वा नपर्ने, प्रदेशमा पनि न्यायपरिषद हुनुपर्ने वा नपर्ने, उच्च अदालत अभिलेख अदालत हुनुपर्ने वा नपर्ने भन्ने विवाद पनि कार्यदलले टुंगो लगाउन सकेन।

महान्यायाधिवक्ता भन्ने भागलाई अघि सार्ने विषयमा विज्ञसँग छलफल गर्न पनि कार्यदलले शीर्ष नेतालाई सुझाएको छ। त्यसैगरी राष्ट्रिय सुरक्षासम्बन्धी व्यवस्थामा राष्ट्रिय सुरक्षा परिषदमा सेनापतिलाई सदस्यको रूपमा राख्ने कि नराख्ने भन्ने विवाद शीर्ष तहको जिम्मा लगाएको छ।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
६ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस