काठमाडौं—नेपाल ओलम्पिक कमिटीको हुन लागेको विवादस्पद चुनाबप्रति मुख्य तीन राजनीतिक दलका सांसदहरुले एकै श्वरमा बिरोध गरेका छन्। मंगलबार संसदमा बोल्दै नेपाली कांग्रेस, एमाले तथा एमाओवादी सांसदहरुले दुई समानान्तर कमिटी बनाउन २१ गते आह्वान गरिएको महाधिवेशनको चर्को विरोध गरेका हुन्।संसद बैठकमा बोल्दै कांग्रेस सांसद धनराज गुरुङले अन्तर्राष्ट्रिय मान्यताप्राप्त संघसंस्थाका प्रतिनिधिलाई थाहै नदिई समानान्तर संघ बनाएर त्यहाँबाट प्रतिनिधि छनौट गरेर ओलम्पिक कमिटीको अधिवेशन गर्न लागिएकाले त्यसमा आर्थिक लाभको अभिष्ट गाँसिएको शंका गरे। 'अन्तर्राष्ट्रिय स्तरमा नेपालकै बद्नाम गर्ने काम हुन लागेको छ', उनले भने।
सांसद गुरुङले युवा तथा खेलकूदमन्त्रीले यस विषयमा सदनलाई जानकारी गराउनुपर्ने माग गरेका थिए।
एमाले सांसद कर्णबहादुर थापाले एक महिना अघि नै सार्वजनिक सूचना जारी गर्नुपर्नेमा गुपचुप रुपमा अधिवेशन गर्न लागिएको भन्दै अधिवेशन रोक्न ध्यानाकर्षण गराएका थिए। 'निहीत स्वार्थपूर्तिका लागि खेल क्षेत्रलाई बनद्नाम गराउन लागिएको छ', उनले सदनमा भने, 'यस विषयमा गम्भीर हुन आवश्यक छ।'
एमाओवादीका धनीराम पौडेलले आफ्ना मान्छेलाई मात्र ओलम्पिक कमिटीमा घुसाउने र खेलकूदमा इच्छाअनुसार गलत व्यक्तिहरुलाई मनोनित गर्ने काम भइरहेको उल्लेख गर्दै ओलम्पिक कमिटीको विवादबारे खेलमन्त्रीले संसदलाई जवाफ दिनुपर्ने माग गरेका थिए।
तीनवटै मुख्य दलका सांसदले प्रश्न उठाएपछि सभामुख सुवाषचन्द्र नेम्वाङले नेपाल ओलम्पिक कमिटीको विवादबारे अर्को बैठकमा जानकारी गराउन युवा तथा खेलकूदमन्त्री पुरुषोत्तम पौडेललाई रुलिङ गरेका छन्।