वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मनोनयन दर्तामा दलहरू संविधानको व्यवस्था कार्यान्वयनमा उदासीन देखिएका छन्। संविधानको प्रस्तावना, मौलिक हक र राज्यले निर्देशित गरेको सिद्धान्त र नीति विपरीत दलहरूले स्थानीय तहको उम्मेदवारी दर्ता गराएको राजनीतिक विश्लेषकहरूको विश्लेषण छ।
महिला, मधेशी, दलित, अपाङ, अल्पसंख्यक, पछाडि पारिएको वर्ग, मुस्लिम, जनजाति गरी आठ वटा क्लस्टर निश्चित गरी यी समुदायलाई राज्यले मूल प्रभावमा ल्याउने संविधानको व्यवस्था छ। यही व्यवस्था अनुसार लोकसेवा आयोगदेखि राज्यको सबै निकायमा काम कारबाही संघीय र प्रादेशिक स्तरमा अघि बढेको छ।
तर, वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा संविधानको यो व्यवस्थालाई राजनीतिक दलहरूले लत्याएर आफ्नो राजनीतिक स्वार्थलाई नै माथि राखेको दलको उम्मेदवार दर्ताको तथ्यांकले प्रष्ट पारेको छ। संविधानको धारा ३८ मा राज्यको सबै निकायमा महिला समानुपातिक समावेशीको सिद्धान्तको आधारमा सहभागिता गराउने व्यवस्था छ।
यही व्यवस्थालाई मध्यनजर गर्दै संघीय संसदमा ३३ प्रतिशत महिला पुर्याएको छ। तर स्थानीय तहको निर्वाचनमा दलहरूले महिला सहभागिता खुम्चाएका छन् भने संविधानको अन्य क्लस्टरलाई समेट्न सकेका छैनन्। स्थानीय तहको प्रमुखमा कुल ९४ प्रतिशत पुरुष उम्मेदवार छन् भने ६.४७ प्रतिशत मात्र महिला उम्मेदवार रहेको तथ्यांक निर्वाचन आयोगले उपलब्ध गराएको छ।
अर्थात् प्रमुख पद मेयर र अध्यक्ष पदमा ५ हजार ९ सय ४६ पुरुष उम्मेदवार छन् भने महिला ३ सय ८४ मात्र अर्थात् ६.४७ प्रतशत महिला प्रमुख पदमा रहनु भन्नुनै दलहरुले संविधान कार्यान्वयन प्रति उदासीन भएको प्रमाण बनेको राजनीतिक विश्लेषक राजेश अहिराजको विश्लेषण छ।
मेयरमा पुरुष ३ हजार ९ जना उम्मेदवार छन् भने महिला २ सय २९ जना मात्र। यसैगरी अध्यक्षमा पुरुष २ हजार ९ सय ३७ रहेकोमा महिलाको संख्या १ सय ५५ मात्र छ। उनले यसपटक गठबन्धनको नाममा महिला, दलित, अपाङ, पिछडा वर्ग, जनजनति, मधेसी, मुस्लिम, अल्पसंख्यकलगाएत संविधानले अधिकार निश्चित गरेको वर्ग समुदायलाई दलहरूले निर्लज्ज तरिकाले पन्छाएको तर्क गरे।
‘स्थानीय तहको निर्वाचनमा राज्यको मूलधारमा ल्याउने वर्ग तथा समुदायहरु महिला, दलित, जनजाति, मुस्लिम, मधेशी, अल्पसंख्यक, अपाङ र पछाडि पारिएका समुदायलाई प्रशिक्षित हुने सुनौलो अवसर हो,’ राजनीतिक विश्लेषक अहिराजले नागरिकसँगको कुराकानीमा भने ‘यी समुदायहरुका प्रतिनिधिहरु चुनावमा उम्मेदवार भइ जितेर स्थानीय पालिकाहरूमा काम गरेर, सिप सिकेर राजनीतिमा प्रशिक्षित जनशक्ति तयार हुन्थ्यो। यिनै जनशक्ति देशको राष्ट्रिय राजनीतिमा लागेर आफूले हासिल गरेको व्यवहारिक ज्ञान र सिपको आधारमा दक्षता प्रयोग गरि काम गर्थे।’
उनले औल्याए, ‘पुरुषभन्दा महिला इमान्दार र कामप्रति बफादार भएको कारण भ्रष्टाचार पनि काम भएको तथ्यांक यसअघि पनि सार्वजनिक नै छ। दलहरूले गठबन्धनको नाममा महिला, दलित, जनजाति, पिछडा वर्गालगाएतलाई अहिले बहिष्कार गरेको देखियो। यो चुनावमा दलको उम्मेदवारी संविधान अनुसार छैन।’ उनले गठनबन्धन गरी विद्यार्थीले परीक्षा दिन मिल्छ? भन्दै प्रश्न पनि गरे।
संविधानले लैंगिक समानता र समावेशीकरणको व्यवस्थालाई जोड दिएको छ। संविधानको धारा ४० ले राज्यको सबै निकायहरूमा समानुपातिक र समावेशी सिद्धान्त अनुसार दलित समुदायको सहभागिता सुनिश्चित गरेको छ। तर ऐनले बाध्य पारेको वडा सदस्य पद बाहेक माथिको पदमा दलित समुदायको उम्मेदवारी दलहरुले छाँयामा पारेको विश्लेषण अर्का राजनीतिक विश्लेषक मुमाराम खनालको छ।
निर्वाचन आयोगका सहायक प्रवक्ता सुर्यप्रसाद अर्यालका अनुसार देशभरि कुल ६ हजार ७ सय ४३ वडामा दलित सदस्य अनिवार्य रहने व्यवस्था भए पनि हालसम्म १ सय ७० वडामा मनोनयन भएको छैन। ‘क्लस्टर भित्रका समुदायहरूमा दलहरू भित्र योग्य उम्मेदवार नभएका होइनन् तर पार्टीलेनै मध्यनजर गरेनन्,’ राजनीति विश्लेषक मुमाराम खनालले भने, ‘जहाँ गठबन्धन छैन त्यहाँ पनि बाध्यकारी नियम अनुसार महिला उपप्रमुख उठाइएको छ। माथिलो पदमा छैन। महिला सहभागिता कम हुनुनै संविधानको उपेक्षा हुनु हो।’
उनको विश्लेषण छ, ‘जस्तै निर्वाचन आयोगले क्लस्टर तोक्दा मधेसी/दलित/महिला तोकेको भए तीन वटा त यही समेटिने रहेछ। तर यसो हुन सकेको छैन।’ चुनावी भाषण गर्ने समयमा दलहरूले ५० प्रतिशत महिला उठाउने भाषण ठोके पनि त्यो भाषणमा मात्र सीमित बनेको तर्क उनको छ। दलको दलीय संरचना ब्रहमण, क्षेत्रीको पकडमा रहेको र पुरुष प्रधान भएको कारण अन्य जाति, वर्ग र समुदायले अवसरबाट वञ्चित हुनु परेको प्रष्ट भएको उनको बुझाइ छ।
‘एमाले, कांग्रेस, माओवादीलगाएतका दलहरूको दलीय संरचनानै पुरुषवादी र बाहुन क्षेत्रीको पकडमा छ। सचिवालय, पोलिट ब्युरो, केन्द्रीय समितिमै यी दलहरूमा महिला छैनन्,’ खनालले औल्याए, ‘दलको संरचना एक जातीय र पुरूष पक्षीय भएकोले स्थानीय चुनावमा संविधानको मर्म अनुसार उम्मेदवार उठाउन उदार नभएको प्रष्ट भयो। काठमाडौं उपत्यकाकै कुरा गर्ने हो भने यहाँ दलहरूमा संविधानको क्लस्टर अनुसार वर्ग समुदायका दक्ष र योग्य उम्मेदवार छन्। तर दलहरू यसप्रति उदासीन देखिए।’
उनले थपे, ‘०६३ पछिको अन्तरिम संविधानमै टेकेर ०७२ को संविधानले लिपिबद्ध गरेको हो। दलहरू ०६३ पछिनै दलीय संरचना लैंगिक समानुपातिक र समावेशीकरणमा बनाउन सक्थे तर यसतर्फ उनीहरू बेवास्ता गरेको प्रष्ट छ।’ कम्तीमा महिलालाई धेरै भन्दा धेरै माथिलो पदमा सहभागी गराउन सक्थे त्यहाँ पनि गठबन्धनको बहानामा पन्छाइदिए।’
निर्वाचन आयोगका सहायक प्रवक्ता सुर्यप्रसाद अर्यालले स्थानीय तहको निर्वाचन क्लस्टरको व्यवस्था नरहेकोले सबैलाई समेट्न अप्ठ्यारो भएको जनाए। उनले मुख्य समस्या गठबन्धनको कारण यो पालिको निर्वाचनमा निर्वाचित महिला उम्मेदवारको संख्यानै न्यून देखिने संकेत देखिएकोमा चिन्ता व्यक्त गरे। हालको निर्वाचनमा अध्यक्ष वा प्रमुख, उपाध्यक्ष वा उपप्रमुख, वडा अध्यक्ष, महिला वडा सदस्य, दलित महिला वडा सदस्य र दुई जना खुला सदस्यको व्यवस्था मात्र रहेको जनाए।
‘६ हजार ७ सय ४३ वडा मध्ये १ सय ७० मा दलित महिलाको मनोनयन नै परेन भने प्रमुख पदमा महिला संख्या ६ प्रतिशतमा खुम्चियो,’ सहायक प्रवक्ता अर्यालले भने, ‘एउटा दलले मात्र उम्मेदवार उठाएको भए कम्तीमा उपप्रमुखमा महिला अनिवार्य हुन्थे। विगतमा यही प्रणालीबाट महिला उप प्रमुख पदमा सख्या बढेको थियो।’ उनले थपे ‘यो पटक गठबन्धनका कारण धेरै ठाउमा क्लस्टर अनुसार उम्मेदवारी भएन।’ उनले एक करोड ७७ लाख ७ सय २३ मतदाताले मतदान गरी यस पटक जिल्ला समितिसमेत गरेर कुल ४० हजार ८ सय ८२ उम्मेदवार चुनिने छन्।