सीमांकनमा अल्झिए दल
१८ साउन २०७२
•
९ मिनेट पाठ
सीमांकनमा अल्झिए दल
काठमाडौं- प्रदेश सीमांकनसहित संविधान जारी गर्ने सैद्धान्तिक सहमतिमा पुगेका प्रमुख राजनीतिक दलका नेताबीच सीमांकन मोडलमा विवाद देखिएको छ। पूर्वका तीन र पश्चिमका दुई जिल्ला कुन प्रदेशमा राख्ने भन्नेमा नेताहरूबीच मुख्य विवाद देखिएको हो।

'पूर्वका झापा, मोरङ र सुनसरी मधेस प्रदेशमा राख्न हुँदैन भनेर एमाले अध्यक्ष केपी शर्मा ओलीले अडान राख्नुभएको छ,' बैठकमा सहभागी एक नेताले भने, 'पश्चिममा कैलालीको थारू क्षेत्रलाई मधेसमा गाभ्दा एउटै जातिको बाहुल्य हुने भएकाले जातीय राज्यको झल्को आउँछ भनेर कांग्रेसले मानेको छैन।'

सीमांकनको विषय जटिल भएको भन्दै चार दलका शीर्ष नेतालाई नै टुंगो लगाउन आग्रह गरिएको ती नेताले जानकारी दिए। 'प्रदेश एकले अर्कोलाई रोक्ने खालको हुनु हुँदैन,' उनले भने, 'भारतसँग निकास पनि सकेसम्म आफ्नै प्रदेशबाट होस् भन्ने धेरैको चासो छ।'

कांग्रेस उपसभापति रामचन्द्र पौडेलले पनि अहिले केही जिल्ला र सीमांकनको मोडलमा समस्या देखिएको बताए। 'सीमांकन जटिल विषय हो,' पौडेलले भने, 'हामीले अहिले पनि ६ प्रदेशभन्दा बढी बनाउन हुँदैन भनेका छौं। 'ल्यान्डलक्ड' प्रदेश बनाउन सकिँदैन।' उनले केही जिल्ला टुक्र्याएर भए पनि सबैलाई चित्तबुझ्ने सीमांकन गरिनुपर्ने धारणा राखे।

बैठक स्रोतका अनुसार सीमांकन गर्ने सहमति प्रमुख दलहरूबीच भइसकेकाले त्यसको मोडलमा छलफल भइरहेको छ।

'सीमांकनको विषय १/२ दिनमा टुंगो लागे अरूमा समय लाग्दैन,' एमाओवादीनिकट स्रोतले भन्यो, 'संवाद समितिमा सहमति हुनेबित्तिकै अरू सबै प्रक्रिया छोट्ट्याएर साउनभित्रै वा केही दिन थप गरेर संविधान जारी गर्न सकिन्छ।'

कांग्रेसले भदौको पहिलो साताभित्र संविधान जारी गर्न नसकिए त्यसको एक महिनासम्म आफूहरू महाधिवेशनमा लाग्ने भएकाले संविधान निर्माणमा समय दिन नसकिने बताएपछि शीर्षसहित दोस्रो तहका नेताहरू दैनिक १२ घन्टा छलफलमा जुटेका छन्।

एमाओवादी स्रोतले सीमांकनको विवाद तत्काल टुंगो लागे पनि अन्य विषयमा कांग्रेस, एमाले र बाह्य तŒवको चुनौती कायमै रहेको बतायो।

संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिअन्तर्गत रहेको विशेष समिति सदस्यका सहयोगी नेताको सोमबार दिनभर बसेको बैठकमा कार्यदलले दिएको प्रतिवेदनमाथि छलफल भएको थियो।

संवाद समिति सभापति बाबुराम भट्टराईले पनि सीमांकनको आधार तयार पार्न शीर्ष नेता लागिरहेकाले १/२ दिनभित्रै समितिले आफ्नो काम सक्ने बताए। '४ दलका प्रमुख नेता यसमा लागिरहनुभएको छ,' भट्टराईले भने, 'संविधानसभामा ९० प्रतिशत मतको प्रतिनिधित्व गर्नेहरूबीचसंवाद समितिमै छलफल भयो भने संविधानसभाबाट सहजै पारित हुन्छ। मुख्य नेताबीच सहमति नभए संविधानसभामा महिनौं लाग्न सक्छ।'

संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई भेटेर संविधानसभाले दिएको समयभित्र कोसिस गर्दा पनि नसकिएको स्वीकार गर्दै भट्टराईले छिट्टै प्रतिवेदन बुझाउने बताएका थिए।

कांग्रेसका पौडेल, एमालेका भीम रावल, विद्या भण्डारी, एमाओवादीका नारायणकाजी श्रेष्ठ, फोरम लोकतान्त्रिकका जितेन्द्र देव सोमबार दिनभर छलफलमा जुटेका थिए। उनीहरू कार्यदलको प्रतिवेदनमा केन्द्रित रहेको स्रोतले जनाएको छ।

कार्यदलले बुझाएको प्रतिवेदनमा प्रस्तावनामा बहुलवाद, मधेस आन्दोलन, समाजवादको अगाडि लोकतान्त्रिक शब्द, वर्ण व्यवस्थापन जातपात र छुवाछूतलगायत सबैखाले जातीय विभेद अन्त्य, जनताको प्रतिस्पर्धात्मक समानुपातिक समावेशी शासन प्रणाली जस्ता विषय राख्ने कि नराख्ने भन्ने निर्णय शीर्ष नेताहरूले टुंगो लगाउनुपर्ने उल्लेख छ।

त्यसैगरी, संविधानको भाग १, प्रारम्भिकका सम्बन्धमा देखिएका विवादमा 'धर्मनिरपेक्ष वा धार्मिक स्वतन्त्रता वा धर्मका बारेमा केही नबोल्ने, संघीय र समानुपातिक शब्द थप गर्ने, नेपाली भाषाको अतिरिक्त भन्ने शब्द हटाउने वा नहटाउने' उल्लेख गरेर टुंगो लगाउन भनिएको छ।

नागरिकतामा देखिएको विवादमा पनि धारा १२ (क) मा आमा वा बाबु लेख्ने/नलेख्ने, अंगीकृतमा महिला र पुरुषका लागि ७ वा १० वर्षको समान व्यवस्था गर्ने/नगर्ने र यसरी नागरिकता नपाइन्जेल आर्थिक, संास्कृतिक र सामाजिक अधिकार प्रयोग गर्न पाउने गरी परिचयपत्रको व्यवस्था गर्ने/नगर्ने, धारा १३ (३) मा नेपालमा भन्ने शब्द हटाउने र स्वयंघोषणा शब्द हटाई प्रमाणित भएमा भन्ने राख्ने कि नराख्ने, सम्मानार्थको व्यवस्था राख्ने कि नराख्ने भन्ने विवाद पनि सुल्झाउन शीर्ष नेताकै जिम्मा लगाइएको छ।

त्यसैगरी, राष्ट्रपति र उपराष्ट्रपतिको भागमा देखिएको विवाद प्रत्यक्ष कार्यकारी राष्ट्रपति हुनुपर्ने वा नपर्ने, राष्ट्रपति शब्दलाई राष्ट्राध्यक्ष वा राष्ट्रप्रमुख नामकरण गरी फरक–फरक लिंग र समुदायको व्यक्ति हुनुपर्ने व्यवस्था गर्ने कि नगर्ने भन्ने विवाद पनि शीर्ष तहमा पठाइएको छ।

'अन्य विषयमा मसिनो गरी छलफल भएको छ,' कांग्रेस नेता पूर्णबहादुर खड्काले भने, 'आठ वर्ष लागेको कुरा टुंगिन १/२ दिन बढी समय लाग्दैमा केही हुँदैन।'

फोरम लोकतान्त्रिकका देवले १६ बुँदे सहमतिलाई परिमार्जन र परिवर्तन गर्दै जनताको चाहनाअनुसार संविधान जारी गर्ने प्रयासमा रहेको बताए। उनले मस्यौदामा सुझाव आएपछि के राख्ने र के नराख्ने भन्ने विषयमा पनि गम्भीर रूपमा बुँदागत छलफल भइरहेको जानकारी दिए।

सीमांकनसहित संविधान आउँछ : भट्टराई

संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईले साउन मसान्तभित्रै प्रदेशको सीमांकनसहित संविधान जारी गर्न दलहरूबीच सहमति भइसकेको बताएका छन्।

रिपोर्टर्स क्लबको ज्ञापनपत्र बुझ्दै उनले सोमबार चार दलका शीर्ष नेताले ९० प्रतिशत जनमतको प्रतिनिधित्व गर्ने भएकाले उनीहरूबीच सहमति भए अघि बढ्न सजिलो हुने बताए।

संवाद समितिको बैठक अनिश्चित रूपमा स्थगित नभएको स्पष्ट पार्दै उनले भने, 'सहमतिका लागि नेताहरू बसेर छलफल गर्दा निष्कर्षमा पुग्न सजिलो होस् भनेर बैठक नराखिएको हो। यसलाई अनिश्चितकाल स्थगित भयो भन्नु गलत हो।'

संविधान निर्माण गर्नुपर्ने बेलामा शीर्ष नेताहरूको भारत भ्रमणलाई लिएर गरिएको प्रश्नमा उनले भने, 'संविधान नेपालीले नेपालमै बनाउने हो। विदेशीको पनि सद्भाव चाहिन्छ।'
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
६ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस