काठमाडौं–प्रमुख प्रतिपक्ष दल एमाओवादीले दोस्रो दिन पनि संसद बैठक बहिष्कार गरेको छ । विनियोजन विधेयकमाथिको छलफल गर्नुपर्ने बेलामा एमाओवादी सांसदले सरकारले ल्याएको बजेट असन्तुलित र एकपक्षीय भन्दै बहिष्कार गरेका हुन् ।बैठकको सुरुमा बोल्दै एमाओवादी सांसद प्रभु साहले सरकारले ल्याएको बजेट, एकपक्षीय, असन्तुलित र विगतमा आफूहरुले दिएको सुझावलाई अवमूल्यन गर्ने खालको भन्दै विरोध जनाए । साहले बोलिसकेपछि सबै एमाओवादी सांसद बैठकस्थलबाट बाहिरिएका थिए ।
लगातार बैठक बहिष्कार हुनथालेपछि सभामुख सुवास नेम्वाङले विनियोजन विधेयकमाथि छलफल गर्नुपर्ने बेला बैठक बहिष्कार गर्नु उचित नभएको बताए । उनले छलफलबाटै समस्याको समाधान गर्नसमेत आग्रह गरे । संसदको अर्को बैठक बुधबार दिउँसो तीन बजेलाई बोलाइएको छ ।