काठमाडौं-सरकारले माथेमा आयोगको प्रतिवेदन सार्वजनिक गरेको छ। प्राध्यापक केदारभक्त माथेमाको संयोजकत्वमा गठित 'चिकित्सा शिक्षासम्बन्धी राष्ट्रिय नीति तर्जुमा उच्चस्तरीय कार्यदलको प्रतिवेदन' मंगलबार बसेको सामाजिक समितिको वैठकले सार्वजनिक गर्ने निर्णय गरेको हो।
माथेमा आयोगले डेढ महिना अघि आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको थियो।
प्रतिवेदनमा औल्याइएका सुझावहरुबारे राष्ट्रिय योजना आयोगका स्वास्थ्य र शिक्षा हेर्ने सदस्यको संयोजकत्वमा अर्थ, शिक्षा र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवहरु समेत रहेको उपसमितिले अध्यान गरेर एक महिना भित्र नीति सम्वन्धि कार्ययोजना समितिमा पेश गर्न निर्देशन दिएको छ।