काठमाडौं–संविधानसभा अध्यक्ष सुवास नेम्वाङले संविधानसभाको बैठक शुक्रबार साँझ पाँच बजेका लागि बोलाएका छन् । बिहीबार बसेको व्यवस्थापिका संसद बैठकमा सभाध्यक्ष नेम्वाङले शुक्रबार साँझ पाँच बजेका लागि संविधानसभा बैठक बोलाएका हुन् ।दलहरुबीच ६ प्रदेश बनाउने गरी सहमति भएको भनिएका बेला सभाध्यक्ष नेम्वाङले संविधानसभाको बैठक बोलाएका हुन् । यसअघि संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईले समितिको बैठक आज साँझ पाँच बजेका लागि बोलाएका थिए ।
प्रमुख चार राजनीतिक दल संविधानका विवादित विषयमा सहमति जुटाउन बिहीबार पनि विहानैदेखि छलफलमा व्यस्त छन् । सिंहदरबारस्थित राज्यव्यवस्था समितिको हलमा बसेको बैठकमा प्रमुख दलका शीर्ष नेता सहभागी छन् । यसअघि प्रमुख दलबीच सीमाकंनसहितको संविधान जारी गर्नेसहित ६ प्रदेश बनाउने सैद्धान्तिक सहमति भइसकेका छ ।
यसअघि, संविधानको प्रारम्भिक मस्यौदामा ८ प्रदेश उल्लेख गरेर जनताको राय–सुझाव लिइएको थियो। सर्वोच्च अदालतको फैसला एवं ७५ वटै जिल्लाबाट जनताले प्रदेश संख्या घटाउन सुझाव दिएपछि प्रमुख दल त्यहीअनुसार ६ प्रदेशमा सहमत भएका हुन्।