काठमाडौं- थारु कल्याणकारिणी सभाले चरणबद्ध आन्दोलनको घोषणा गरेको छ। चार शीर्ष दलका नेताहरुले आफूअनुकूल सीमांकन गरेको भन्दै सभाले बिहीबार केन्द्रीय कार्यालय पुरानो बानेश्वरमा बैठक बसी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो। सभाले तराईका जिल्लामा विरोध प्रदर्शनदेखि तराईमा हामहड्तालसम्मको कार्यक्रम घोषणा गरेको हो।
सभाले दिएको जानकारीअनुसार साउन २७ गते राजधानीसहित तराईका सम्पूर्ण जिल्लामा फासीको डोरी जलाउने, २८ गते तराईका जिल्लामा बैलगाडा जुलुस निकाल्ने, २९ गते तराईका जिल्लामा भौतकि प्रतिरोध र भण्डाफोर गर्ने र ३० गते हामहड्तालसहित थरुहट तराई बन्द गर्ने रहेको छ। थारु कल्याणकारिणी सभाको अगुवाईमा हुने आन्दोलनमा थारुका विभिन्न संगठन र थारु सभासद्हरुले एक्यबद्धता जनाएका छन्।
'शीर्ष नेताहरुले थारु समुदायको घाँटीमा दास्ताको पासो लगाउन खाजेका छन्। त्यो पासोलाई जलाउनका निम्ति हामीले आन्दोलन घोषणा गरेका हौं,' आन्दोलन परिचालन समितिका संयोजक राजकुमार लेखीले भने। उनले यो आन्दोलन विल्कुल भिन्न हुने बताए। 'मस्यौदा जलाउने, ज्ञापन पत्र बुझाउने कामले शीर्ष नेताहरु टेरेनन्,' उनले भने, 'मुख्य कुरा पहिचानका पाँच र सामर्थ्यका चार आधार राज्यको पुनःसरचना गरिनुपर्छ। थारु समुदायले स्वायत्त थरुहट प्रदेश पाउनुपर्छ।'
बैठकका सहभागीहरुले पूर्वी तराईका झापा, मोरङ, सुनसरी र पश्चिमका कैलाली–कञ्चनपुर पहाडमा मिसाउने चलखेलविरुद्ध सम्पूर्ण थारु एक हुनुपर्ने धारण राखेका छन्। 'कुनै पनि बहानामा तराईका जिल्ला पहाडसँग मिसाइनु हुँदैन,' सभाका अध्यक्ष धनिराम चौधरीले भने, 'त्यस्तो भए परिणाम भोग्न राज्य तयार भए हुन्छ।'
नेपाली कांग्रेसका सभासद् सुरेन्द्र चौधरीले अधिकारको लडाइँ लड्ने बेला यही भएकाले सम्पूर्ण थारुहरु एक भएर लड्नुको विकल्प नरहेको बताए। 'सम्पूर्ण थारु एक भएर लड्नुको विकल्प छैन,' उनले भने, 'अधिकारको लडाइँ लड्ने उचित समय पनि यही भएकाले सबै एक भएर लडौं।'
त्यस्तै अर्का सभासद् पद्मनारायाण चौधरीले शीर्ष नेताहरुको अगाडि आफूहरुको केही नलागेको बताए। 'शीर्ष नेताहरुको अगाडि हाम्रो केही चलेन,' उनले भने, 'थारुको लडाईँमा हाम्रो साथ समर्थन रहनेछ।'
थारु युवा सभाका अध्यक्ष कानुनलाल चौधरी, थारु विद्यार्थी समाजका उपाध्यक्ष शिव चौधरी, आदिवासी जनजाति युवा संघका महासचिव सुदर्शन चौधरी, थारु महिला सभाका सरस्वती चौधरीलगायतले आन्दोलनको समर्थन गर्दै थारु अधिकारको लडाईँमा सबैले साथ दिनुहुन अनुरोध गरे।
अखण्ड मान्दैनौं : थारु सभासद्
कैलाली–कञ्चनपुरका थारु सभासद्हरुले अखण्ड सुदूरपश्चिम कुनै हालतमा नमान्ने चेतावनी दिएका छन्। कैलाली–कञ्चनपुरका १४ सभासद्ले बिहीबार संवैधानिक राजनीतिक सम्बाद तथा सहिमित समितिका सभापति बाबुराम भट्टराईलाई ज्ञापन पत्र बुझाउँदै अखण्ड सुदूरपश्चिम कुनै पनि हालतमा नमान्ने चेतावनी दिएका हुन्।
कञ्चनपुरलाई पहाडी जिल्लासँग जोड्ने र कैलालीलाई टुक्र्याउने विषय छलफल भइरहेको भन्दै उनीहरुले यी दुई जिल्लालाई स्वायत्त थरुहट प्रदेशमा राख्न माग गरेका छन्। जवाफलमा समितिका सभापति भट्टराईले सकेसम्म सबैको अधिकार सुनिश्चित हुनेगरी संविधान जारी गरिने बताएको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका सभासद् रामजनम चौधरीले जानकारी दिए।