काठमाडौं— शुक्रबार ५ बजेका लागि बोलाइएको संविधान सभा बैठक शनिबारलाई सारिएको छ। संविधान सभा सचिवालयले सूचना टाँसगरी बैठक शनिबार ३ बजेका लागि सारेको जनाएको हो।प्रदेश सीमाङ्कनको विषयमा मुख्य चार दलका शीर्ष नेताबीच वार्ता लम्बिएको सन्दर्भमा संविधान सभा बैठक स्थगित भएको हो।
अहिले मुख्य चार दलका शीर्ष नेताहरुको बैठक बसिरहेको छ।
शीर्ष नेता बैठक ढिला सुरु भएपछि ११ बजेका लागि बोलाइएको संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिको बैठक ४ बजेको लागि सारिएको छ।
अहिले मुख्य चार दलका शीर्ष नेताहरुको बैठक बसिरहेको छ।
शीर्ष नेता बैठक ढिला सुरु भएपछि ११ बजेका लागि बोलाइएको संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिको बैठक ४ बजेको लागि सारिएको छ।