संवैधानिक राजनीतिक सम्बाद तथा सहमति समितिको बैठक केही मिनेट बसेर स्थगित भएको छ। अर्को बैठक भोलि (शनिबार) १ बजे बस्ने समितिका सभापति बाबुराम भट्टराईले जनाएका छन्।
उनले आज रातभरि बैठक बसेर सहमतिको प्रयास गरिने बताए। 'प्रधानमन्त्रीलाई पनि रातभरि बैठकमा बस्न आग्रह गरेका छौं। सकभर आजै राति सहमतिको प्रयास गरिनेछ,' उनले भने। उनका अनुसार सीमांकनमै कुरा अल्झिएकाे छ।
सम्बाद समिति बैठकलाई सम्बोधन गर्दै भट्टाराईले पटक-पटक प्रयास गर्दा पनि सहमति हुन नसक्दा लज्जाबोध भएको बताएका थिए। उनले बैठकमा सहभागी प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र फोरम लोकतान्त्रिकका अध्यक्ष विजय कुमार गच्छदारलाइ सहमति जुटाउनको लागि खटिनुभएको भन्दै धन्यवाद दिएका थिए।
भिडियो