काठमाडौँ-संविधानसभाको बैठक पुनः आइतबार १ बजेका लागि सरेको छ । प्रमुख दलहरुबीच संविधानका विवादित विषयमा सहमति हुन नसक्दा संविधानसभाको बैठक सारिएको आज तेस्रो पटक हो ।संविधानसभा सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुईंकेलका अनुसार विशेष कारणवश संविधानसभाको बैठक सरेको जानकारी दिए ।आज दिउँसो ३ बजेका लागि तय गरिएको बैठक ४, ६ र ८ बजे हुँदै आइतबार १ बजेका लागि तय गरिएको हो । प्रमुख दलका शीर्ष नेता सम्मिलित विशेष समितिमा विवादित विषयमा सहमति जुटन नसक्दा बैठक लम्बदै गएको छ ।
विशेष समितिको बैठक नसकिएका कारण संवैधानिक राजनीतिक संवाद समितिको बैठक पनि सर्दै गएको छ । आज दिउँसो १ बजेका लागि तय भएको संवाद समितिको बैठक ३, ५ हुँदै साँझ ८ बजेका लागि सरेको भएपनि अहिलेसम्म सुरू हुन सकेके छैन । रासस