काठमाडौं— आइतबार १ बजेका लागि बोलाइएको संविधान सभा बैठक साँझ ५ बजेलाई सारिएको छ। संवैधानिक राजनीतिक सम्वाद समितिको बैठक लम्बिएपछि संविधान सभा पछि सारिएको हो।
संसद बैठक ३ बजेको सट्टा ५ः३० बजेलाई सारिएको छ।बिहान ११ बजेदेखि समिति बैठक जारी छ।
बैठकमा नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेल, बरिष्ठ नेता शेरबहादुर देउवाले आ–आफ्नो मन्तव्य राखेका छन्। उनीहरुले बागलुङलाई अखण्ड राख्नुपर्ने माग बैठकमा उठाएका थिए। संघीय संरचनामा जाँदा बागलुङलाई दुई प्रदेशमा विभाजन गरिएको भन्दै जिल्लाबासी आन्दोलनमा उत्रिएका बेला कांग्रेस नेताहरुले यस्तो माग गरेका हुन्।
बैठक सुरु हुनासाथ लक्ष्मणलाल कर्णले समितिमा पेश भएको ६ प्रदेशको सिमाङ्कन सहितको प्रतिवेदन आफूले नपाएको भन्दै आक्रोस पोखेका थिए।
प्रतिवेदन समितिबाट पारित भए आजै संविधान सभामा पेश हुनेछ। त्यसपछि संविधान निर्माणको थप प्रक्रिया अघि बढ्नेछ।