मौनअवधि सुरु हुनुअघि बैतडीका राजनीतिक दल र स्वतन्त्र उम्मेदवार आफ्नो पक्षमा भोट माग्न अन्तिम कसरतमा लागेका छन्। घरदैलो, टोल भेला चुनावी आमसभा सकेर अन्तिम मतदाता रिझाउन अन्तिम प्रयास गर्न थालेका छन्।
मंगलबार मध्यराति १२ बजेदेखि मौन अवधि सुरु हुनुअघि मतदाताका घरघरमा पुग्ने प्रयासमा उम्मेदवार छन्। मत खसाल्ने दिन नजिक आएका बेला उम्मेदवारले घरदैलो अभियानलाई तीव्रता दिएका हुन्। जिल्लाका १० वटै स्थानीय तहमा उम्मेदवार भोट माग्न अहिले घरदैलो अभियानमार्फत अन्तिम कसरतमा रहेका नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले जानकारी दिए।
चुनावी तालमेल भएका पालिकामा संयुक्तरुपमा चुनावीसभा र घरदैलो अभियान सञ्चालन भइरहेको चन्दको भनाइ छ। चुनावी घोषणापत्र, प्रतिबद्धतापत्र सार्वजनिक गरेर घरदैलो अभियान सञ्चालन गरेर मत मागिरहेको पुर्चौडी नगरपालिकामा कांग्रेसबाट मेयर पदका उम्मेदवार दिपकबहादुर बमले बताए। मतदाताको आवश्यकता अनुसार प्रतिबद्धतापत्र बनाएको र स्थानीयका समस्या बुझेर भोट माग्ने उद्देश्यसहित घरदैलो गरिरहेका उनको भनाइ छ।
यस्तै नेकपा एमालेका उम्मेदवारले पनि १० वटै स्थानीय तहका घरदैलो अभियानलाई तीव्रता दिएका छन्। निर्वाचनको मिति नजिकिएसँगै मत माग्ने कार्यलाई अन्तिम चरणमा पुगेको दोगडाकेदार गाउँपालिकामा अध्यक्ष पदका उम्मेदवार चक्र कार्कीले बताए।
जिल्लाका सबैजसो ठाउँमा आफ्ना उम्मेदवार आफ्ना चुनावी एजेण्डासहित घरदैलोमा व्यस्त रहेका चन्दको नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक शंकर भण्डारीले बताए। नेकपा (एकीकृत समाजवादी) पनि मत माग्न अन्तिम कसरतमा जुटेको उक्त पार्टीका जिल्ला इञ्चार्ज परमानन्द भट्टले बताए। राप्रपाले पनि जिल्लाका विभिन्न ठाउँमा चुनावीसभा सम्पन्न गरेको र घरदैलो अभियानमा रहेको राप्रपाका जिल्ला अध्यक्ष इन्द्रदेवशरण भट्टले बताए।
यस्तै जिल्लामा स्वतन्त्र उम्मेदवारले पनि चुनावी अभियानलाई अन्तिम चरणमा पुगेको बताएका छन्। जिल्लाको डिलासैनी गाउँपालिका अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार बनेका शन्तोसप्रकाश जोशीले घरदैलो अभियानलाई तीव्रता दिएको जनाए। जिल्लाका विभिन्न ठाँउमा चुनावी सभा र सांगीतिक कार्यक्रम गरेर मतदाता रिझाउन थालेका छन्।