वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा इटहरीमा तीन दलीय गठबन्धनको नेतृत्वकर्ता नेपाली काँग्रेस चुनाबी प्रतिष्पर्धामा जित निकालेर इतिहास रच्ने दाउँमा आशावादी भएर लागेको छ। नेकपा एमाले भने गठबन्धनलाई हराएर इटहरीमा आफ्नो विरासत जोगाउने रणनीतिमा छ।
२०४९ सालमा गाउँ विकास समिति हुँदा होस् वा २०५३ सालमा इटहरी नगरपालिका भएपछि २०५४ सालमा भएको निर्वाचन र २०७१ सालमा उपमहानगरपालिका भएपछि २०७४ सालको स्थानीय तहको निर्वाचनमा एमाले नेतृत्वले विजयी हाँसिल गरेको थियो।
यसपटक इटहरीमा नेपाली काँग्रेस, नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रको गठबन्धनको मेयर तथा उपमेयरका उम्मेदवारलाई जनता समाजवादी पार्टीले पनि समर्थन गर्ने घोषणा गरेको छ। यस आधारमा गठबन्धनको साथ र विगतमा एमालेले नेतृत्व गर्दा असन्तुष्ट भएकाले मतदाताले आफ्नो पक्षमा मतदान गर्नेमा काँग्रेसले आशा गरेको छ। तर, एमालेले गठबन्धन दलका कमजोरी औल्याएर योजना बनाई रहेकाले सफल हुन नदिने रणनीतिमा लागेको जनाएको छ।
इटहरीमा तीन दलीय गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका हेमकर्ण पौडेल मेयरका उम्मदेवारी हुन भने उपमेयरमा एकीकृत समाजवादीका केशवकुमार विष्ट छन्। इटहरीमा एमालेका तर्फबाट मेयर याम सुब्बा र उपमेयरमा संगीता चौधरी उम्मेदवार रहेका छन्।
इटहरीमा मेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पूर्वअञ्चल प्रशासक भएका नेता रामकुमार सुब्बा छोरा आकाशहाङ् रहेका छन् भने उपमेयरममा वविताकुमारी चौधरी छन्। राप्रपाका नेता सुब्बाको इटहरीमा प्रभाव छ।
पूर्वकै उदाउँदो शहर इटहरी उपमहानगरपालिकामा अहिलेसम्म काँग्रेसले नेतृत्व लिन सकेको छैन्। २०७४ सालको निर्वाचनमा एमालेका मेयरमा द्दारिकलाल चौधरी र उपमेयरमा लक्ष्मी गौतम बिजयी भएकी थिइन्।
चौधरीले २२ हजार ६८९ मत ल्याएर बिजयी भएका थिए भने गौतमले २१ हजार ८४२ मत ल्याएर बिजयी भएकी थिइन्। त्यो बेला नेपाली काँग्रेसका रोहितकुमार प्रसाईंले १९ हजार ९८५ र उपमेयरमा बिमला ढकालले १८ हजार ३५२ मत ल्याएकी थिइन्। माओवादीले त्यतिबेला मेयर पदमा तीन हजार ३६४ मत ल्याएको थियो।
लामो समय एमालेले इटहरीको नेतृत्व गरेर असन्तुष्ट भएका मतदाता, एमाले फुटेर एकीकृत समाजवादी बनेको फाइदा र काँग्रेसले विपदका बेला संस्थागत रुपमा गरेका कामले गर्दा यसपटक काँग्रेस विजयी हुने दावी कार्यबाहक सभापति कोविदजंग कार्कीले गरे। ‘खासगरी नेपाली काँग्रेसले कोरोना महामारी र बाढी पीडितको हकमा साझा ढंगले काम गरेकाले गर्दा त्यसको फाइदा यसपटक हामीलाई हुनेछ,’ कार्कीले भने, ‘विगतमा एमालेले नेतृत्व गर्दा हरेक हिसावले नगरले फड्को मार्न नसकेकाले त्यस आधारमा पनि यसपटक हाम्रै पक्षमा मतदाता बढ्नेछन्।’
त्यसो त २०७४ सालमा राप्रपाबाट मेयरका उम्मेदवार बनेका रोहित कार्की, माओवादीबाट केही नेता एमालेमा मिसिएसँगै गठबन्धनबाट उम्मेदवार दिँदा शहरी र ग्रामीण क्षेत्रसँगै समूदायको सन्तुलन नमिलाएकाले गर्दा सहजै जित निकाल्ने आशामा एमाले छ। गठबन्धन दलबीच तालमेल व्यवहारिक ढंगले सफल हुन नसकेको फाइदा आफ्नो पार्टीलाई हुने नेकपा एमाले इटहरी उपमहानगर कमिटी चुनाब परिचालन समितिका सहसंयोजक हिमाल सुवेदीले बताए।
‘अघिल्लो निर्वाचनमा भन्दा एमालेले पाएको मतभन्दा नयाँ मतदाताबाट दुई हजार मत बढ्ने अनुमान छ, अर्कातिर केही मत माओवादीबाट एमालेमा गएकाबाट बढ्छ भने केही राप्रपाबाट एमालेमा गएका नेताका कारण बढ्नेछ,’ उनले भने। उनका अनुसार यसपटक एमालेलाई उपमेयरमा गठबन्धनबाट महिला उम्मेदवार नहुँदाको फाइदा र जातिय समूदाय थारुको मतले पनि जितका लागि वल पुग्नेछ।
इटहरीमा चुनावी जोड घटाउ गर्ने दिन अब दुई दिन मात्र बाँकी रहँदा स्वतन्त्र मेयरका उम्मेदवार पदम अधिकारीले भने मतदाताले विवेक प्रयोग गरेर मतदान नगर्ने हुँदा कसको पक्षमा निर्णय आउँछ भनेर किटान गर्न नसक्ने बताए। ‘जसले जितेपनि इटहरीले जित्दैन,’ उनले भने, ‘मैले विचार, योजना र कार्यक्रमले जितेपनि संख्याले जित्न गाह्रो छ।’
२०७४ निर्वाचनमा इटहरीमा एमालेले मेयर–उपमेयरसँगै आठवटा वडा २, ४, ५, ९, १८, १९, १३ र १४ मा जितेको थियो। नेपाली काँग्रेसले वडा नं. १, ३, ६, ७, ८, ११, १२, १५, १६, १७ र २० मा जितेको थियो। त्यो बेला लोकतान्त्रिक फोरम नेपालका तर्फबाट वडा नं. १० मा जितेका वडाअध्यक्ष काँग्रेसमा समायोजन भएका थिए। इटहरीमा २०७४ सालको निर्वाचनमा माओवादी केन्द्रले एक जना मात्र जनप्रतिनिधी जितेको थियो।
इटहरीमा २०७४ सालको निर्वाचनमा ७७ हजार ६ सय ७७ जना मतदाता रहेका थिए। यसपटक भने मतदाता बढेर एक लाख चार हजार ६२६ जना पुगेका छन्। जसमा महिला ५४ हजार सात सय र पुरुष ४९ हजार ९२५ छन्।
इटहरी नगरपालिका छँदा २०५४ को निर्वाचनमा एमालेका सर्वध्वज साँवाले मेयर जितेका थिए। त्यो निर्वाचनमा उपमेयरसहित आठ वटा वडामा पनि एमालेले नै जितेको थियो। वडा नं. ७ मा भने नेपाली काँग्रेसले जितेको थियो।
इटहरीमा यसपटक राप्रपासँगै साना दललाई मेयर र उपमेयरका पक्षमा मतदान गर्नका लागि गठबन्धन र एमाले अन्तिम कसरतमा लागेको छ। एमालेसँग राप्रपाको प्रारम्भिक चरणको छलफल समेत भएको छ। गठबन्धनका दल पनि राप्रपासहित साना दलका नेताको समर्थन खोजीरहेका छन्। गठबन्धन र एमाले दुवै दल थारु मतदातालाई रिझाउन पनि अनेक रणनीति बनाएर लागेका छन्। जसले गर्दा यसपटक इटहरीमा राप्रपासहित अन्य केही साना दलले समर्थन गरेको, जातीय क्लस्टरको मत र व्यक्तिगत प्रभावले इटहरीको नेतृत्व फैसला गर्ने निश्चित छ।