संविधान मिति सरेको सर्यै
२५ साउन २०७२
•
९ मिनेट पाठ
संविधान मिति सरेको सर्यै
काठमाडौं- साउनभित्रै नयाँ संविधान जारी गर्ने राजनीतिक दलहरूको पछिल्लो प्रतिबद्धता पनि पूरा नहुने देखिएको छ।
साउन मसान्तभित्र नभ्याइने देखिएपछि नेताहरू भदौको दोस्रो सातासम्म संविधान जारी गर्ने तयारीमा छन्।

दोस्रो संविधानसभाले पहिलो बैठक भएको एक वर्षभित्र अर्थात् गएको माघ ८ भित्र संविधान जारी गर्ने प्रतिबद्धता गरेकामा सहमति जुट्न नसक्दा पूरा हुन सकेको थिएन। लगत्तै असार मसान्तभित्र संविधान दिने बताउँदै आएका नेताहरूले पछिल्लो म्याद साउन मसान्तलाई सारेका थिए।

निर्धारित मितिभित्र संविधान जारी गर्न नियामवली निलम्बन गरी प्रक्रिया छोट्ट्याउँदा पनि सम्भव नहुने निश्चितप्राय देखिएको हो।

संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिले आफ्नो प्रतिवेदन बुझाउन ढिलो गर्दा साउनभित्रै संविधान जारी गर्न समस्या देखिएको संविधानसभा सचिवालय स्रोतको भनाइ छ।

साउनभित्र नसकिए कहिले भन्नेबारे अहिलेसम्म छलफल भने भएको छैन। स्रोतका अनुसार सचिवालयले भदौको १० गतेसम्म राष्ट्रपतिबाटै संविधान जारी गराउन सक्ने गरी आन्तरिक गृहकार्य गरिएको छ।

संविधानको पहिलो मस्यौदामा जनताको राय सुझाव संकलनपछि संविधानमा समावेश गर्ने विषयमा सहमति जुटाउने प्रयास गर्दा संवाद समितिलाई दिइएको बढीमा चार दिनको समयमा प्रतिवेदन तयार हुन सकेन।

समितिले जनताले दिएको महत्वपूर्ण सुझावमा सहमति कायम गर्दै आफ्नो प्रतिवेदन सात दिन ढिला गरी संविधानसभामा बुझाएको छ।

'संवाद समितिलाई बढीमा चार दिनको समय दिइएको थियो,' सचिवालय स्रोतले भन्यो, 'तर समितिबाट प्रतिवेदन ढिलो प्राप्त भयो। संवाद समितिलाई ४ दिन र मस्यौदा समितिलाई बढीमा चार दिनको समय दिएर साउन मसान्तभित्रै संविधान जारी गर्ने अनौपचारिक सहमति भएको हो।'

समितिले साउन १७ गते आफ्नो प्रतिवेदन दिइसक्नुपर्नेमा २४ गते मात्र प्रतिवेदन संविधानसभामा पेस गरेको छ। 'अब सात दिन यहीँ ढिलो भइसक्यो,' स्रोतले भन्यो, 'मस्यौदा समितिका सभापति कृष्ण सिटौलाले पनि संविधानसभा अध्यक्षलाई भेटेर समितिलाई ५ दिनको समय लाग्ने जानकारी गराइसकेका छन्। मस्यौदा समितिलाई पनि थप एक दिन बढाउनुपर्ने हुन्छ।'

संविधानसभा अध्यक्ष सुवास नेम्वाङले भने आफूहरु अझै पनि साउनभित्रै संविधान जारी गर्ने तयारीमा रहेको बताए। 'दलहरुबीच भएको छलफलअनुसार साउनभित्रै संविधान जारी गर्ने भन्ने निष्कर्ष हो,' उनले सोमबार संवाददातासँग भने, 'हामी सकेसम्म साउनमै संविधान जारी गर्नुपर्छ भन्नेमा छौं। अर्को मितिबारे छलफल गरेका छैनौं।'

संवाद समितिको प्रतिवेदनमाथि मंगलबार बिहान ९ बजेदेखि छलफल गर्ने तयारी भए पनि राष्ट्रिय सभाका पूर्वसदस्य राजेश्वर देवकोटाको निधन भएकाले शोकप्रस्ताव पारित गर्दा थप ढिलो हुन सक्ने स्रोतले बतायो।

'सात दिन संवाद समितिले ढिला गरी प्रतिवेदन बुझायो, संवाद समितिको प्रतिवेदनमाथी एकैदिन छलफल सक्ने तयारी थियो,' स्रोतले भन्यो, 'तर दलहरुले दुई दिन छलफल हुनुपर्ने भनेका छन्। यसमा पनि १ दिन बढ्यो। मस्यौदा समितिले थप १ दिन भनेको छ। सबै जोड्दा नौ दिन त्यसै पनि बढ्ने भयो।'

उनका अनुसार सकेसम्म भदौ १० गते राष्ट्रपतिबाटै संविधान जारी भएको घोषणा गर्ने तयारी गरिएको छ।

'भदौ १० गतेपछि एक महिना संविधानका कुनै पनि काममा लाग्न नसक्ने कांग्रेसले जानकारी गराइसकेको छ,' स्रोतले भन्यो, 'कांग्र्रेस महाधिवेशनलाई ध्यान दिँदा पनि भदौ १० गतेसम्म जारी गरिसक्नुपर्नेछ।'

यता, सीमांकनका विषयमा मुलुकभर चर्केको विरोध प्रदर्शनले पनि संविधान जारी गर्ने मितिबारे थप अन्योल सिर्जना गरेको छ।

संविधानसभाले 'फास्ट ट्र्याक' बाट संविधान जारी गर्दा पनि भदौ १० सम्म लाग्ने अनुमान गरिएको उनको भनाइ छ।

संविधानसभा नियमावली, २०७० को नियम ९६ र ९९ संशोधन गर्नुपर्ने देखिएको छ।

नियम ९६ मा 'संविधानसभामा पेस भएको संविधानको परिमार्जित विधेयक सामान्य छलफल हुनुभन्दा कम्तीमा तीन दिनअगावै प्रत्येक सदस्यलाई वितरण गरिने' उल्लेख छ। तीन दिनलाई घटाएर एकदिनमा झार्ने विषयमा दलहरुबीच यसअघि नै छलफल भइसकेको छ।

त्यसैगरी, नियम ९९ मा संविधान संशोधन पेस गर्न चाहने सदस्यले सात दिनअघि नै पेस गर्नुपर्ने उल्लेख छ।

'संविधानको विधेयकमा संशोधन पेस गर्न चाहने कुनै पनि सदस्यले उक्त विधेयकमाथिको सामान्य छलफल समाप्त भएको सात दिनभित्र आफूले पेस गर्न चाहेको संशोधनसहितको सूचना महासचिव वा सचिवलाई दिनुपर्ने' उल्लेख छ।

यसलाई पनि संशोधन गरेर दुई दिन बनाउने तयारी छ।

यसबाहेक, बीचबीचमा रहेका प्रक्रिया अझ झन्झटिला छन्। 'संविधानका धारा–धारामा दफाबार छलफल गर्दा कति समय लाग्ने हो,' स्रोतले भन्यो, 'भारतमा दुई वर्ष लागेको थियो भन्ने सुनिन्छ।'

संविधानका धारा ध्वनि मतले पारित गर्ने नियमावलीमा उल्लेख छ। कायम संख्याको १० प्रतिशत सभासदले विभाजन हुनुपर्ने माग गरे मत विभाजनमा जानुपर्ने हुन्छ।

'६ सय १ को १० प्रतिशत ६१ जना हुन्छ,' स्रोतले भन्यो, '६१ जनाले उठेर हरेक धारा पारित गर्ने बेला मतविभाजन माग गरे समय लाग्छ तर अहिलेसम्मको अवस्था हेर्दा त्यस्तो नहोला।'

'दलहरुबीच कुरा नमिल्ने हो भने मतविभाजनमा जानुपर्ने हुन्छ,' स्रोतले भन्यो, 'यसरी मत विभाजनमा जानैपर्ने अवस्था आयो भने समय लम्बिन सक्छ।'

संविधानको विधेयक पारित भइसकेपछि पारित विधेयकमा संविधानसभाका प्रत्येक सदस्यले हस्ताक्षर गर्नेछन्। सदस्यहरुले हस्ताक्षर गरेको संविधानको विधेयक संविधानसभा अध्यक्षद्वारा प्रमाणित भएपछि त्यस्तो विधेयकले संविधानको रुपधारण गर्ने नियमावलीमा उल्लेख छ।

प्रमाणित संविधानमा संविधान प्रारम्भ हुने भनी निर्धारण गरिएको मितिमा संविधानसभाले औपचारिक राष्ट्रिय समारोहको आयोजना गरी पारित संविधानको प्रति अध्यक्षले राष्ट्रपतिसमक्ष पेस गर्ने प्रक्रिया छ।

राष्ट्रपतिले सोही समारोहमा प्रस्तुत संविधान प्रतिमा हस्ताक्षर गर्दै नेपालको संविधान जारी भएको घोषणा गरेपछि नयाँ संविधान प्रारम्भ हुनेछ।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
६ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस