थारुको मसाल जुलुसमा प्रहरी हस्तक्षेप (फोटो फिचर/भिडियो)
२६ साउन २०७२
•
६ मिनेट पाठ
थारुको मसाल जुलुसमा प्रहरी हस्तक्षेप (फोटो फिचर/भिडियो)
काठमाडौं- थरुहट भूमि पहाडमा मिसाएको विरोधमा संयुक्त थरुहट/थारुवान संघर्ष समितिले मंगलबार राजधानीमा मसाल जुलुस प्रदर्शन गरेको छ । बागबजारबाट निकालिएको ¥यालीमा प्रहरीले हस्तक्षेप गरेको छ । बागबजारको भित्रि गल्लीबाट निस्केको ¥याली बाहिरी सडकमा आइपुग्दा प्रहरीले हस्तक्षेप गरेर तितरवितर बनाएको थियो । जुलुसका आधा दर्जन थारुहरु घाइते भएका छन् । उनीहरु सामान्य घाइते भएको थारु विद्यार्थी समाजका अध्यक्ष रमेश चौधरीले बताए ।Tharu Masal Juluss 01

प्रदर्शनकारीहरुले चार शीर्ष नेताको विरोध गर्दै 'थरुहटभूमि छाड्दैनौं, अखण्ड सुदूरपश्चिम मान्दैनौं' भन्दै नाराबाजी गरेका थिए । मसाल जुलुस बागबजार, पुतलिसडक हुँदै भृकटिमण्डपमा आएर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै एमाओवादीका सभासद् मानबहादुर थारुले ६ लाख बढी थारु भएको कैलाली–कञ्चनपुरलाई थरुहटसँग छुट्ट्याएको आरोप लगाए । उनले १६ बुँदेलाई समर्थन गरेपनि अन्तिम समयमा चार शीर्ष नेताले धोका दिएको बताए । '१६ बुँदेलाई समर्थन गरेकै थियौं, तर शीर्ष नेताले थारुहरुलाई धोका दिए । पहिचान र सामथ्र्यका कुरा केवल कागजमा सिमित भयो । यसको घोर विराधको स्वरुपमा हामी सडक आन्दोलनमा जाँदैछौं,' उनले भने ।

Tharu Masal Juluss 02

त्यस्तै नेपाली कांग्रेसका सभासद् तेजुलाल चौधरीले बन्दकोठाभित्र थारुहरुलाई टुक्र टुक्रा पार्ने खेल भएको बताएका छन् । उनले यसको परिणाम शीर्ष नेताहरुले थाहा पाउने चेतावनी दिए । 'बन्दकोठाभित्र थारुहरुलाई टुक्राउने खेल भएाको छ,' उनले भने, 'यसको परिणाम चार दलले भोलिबाट थाहा पाउनेछ ।'

Tharu Masal Juluss 06

कोण सभाको सम्बोधन गर्दै थरुहट तराई पार्टी नेपालाका सभासद् गंगा थारुले बाहुनहरुले थरुहट तराई आफ्नो विर्ता ठानेको आरोप लगाइन् । उनले आजको थारुहरु कमजोर नभएको बताउँदै त्यसको प्रतिकार गर्ने बताइन् । 'हामी पहिलेका थारु होइनौं, थारुलाई कमैया कमलरी बनाएर दासी बनाउनेहरु होसियार,' उनले चेतावनी दिँदै भनिन्, 'हाम्रो आन्दोलनको सुरुवात भएको छ । शीर्ष नेताले त्यसको परिणा भोगत्न तयार रहोस् ।'

Tharu Masal Juluss 08

त्यस्तै थारु विद्यार्थी समाजका अध्यक्ष रमेश चौधरीले थारु युवाहरुले कुनै हालतमा थरुहट भूमि नछाड्ने चेतावनी दिए । 'थरुहट हाम्रो मुटु हो, त्यसलाई कसैले प्रहार गर्छ भने हामी चुप बस्दैनौं,' उनले भने, 'मुटु फुटाउनेहरु थारुको शक्ति चाँडै देख्नेछन् ।' समितिले आजदेखि तराईमा बन्दको आह्वानसमेत गरेको छ ।

Tharu Masal Juluss 11

कार्यक्रममा थारुहरुको छाता संगठन थारु कल्याणकारिणी सभा, थारु सभासद् र थारुका विभिन्न संस्थाहरु सहभागी छन् । सभाका तर्फबाट अध्यक्ष धनिराम चौधरी, सभासद्का तर्फबाट रामजनम चौधरी र संघसंस्थाो तर्फबाट रमेश चौधरी सम्मिलित कार्यदल गठन गरेको छ । समितिले तराईका जिल्ला कुनै हालतमा पनि पहाडसँग मिसाउन नहुने, कैलाली–कञ्चनपुर थारु बाहूल्य प्रदेश बर्दियातिरै राख्नुपर्ने माग राखेका छन् ।

Tharu Masal Juluss 12

सभाका अध्यक्ष धनिराम चौधरी चार दलका चार नेताले गरेको सहमतिलाई विरोध गरेका छन् । उनले थरुहटका निम्ति सबै थारुलाई एकजुट हुन आह्वानसमेत गरेका छन् । त्यस्तै थारु सभासद्का संयोजक रामजनम चौधरीले शीर्ष नेताले आन्दोलन गर्न बाध्य बनाएको अरोप लगाए । उनले यो आन्दोलन थारुको अधिकार प्राप्त नभएसम्म जारी रहने बताए ।

Tharu Masal Juluss 15

थारु सभासद्हरुले मंगलबारको संविधान सभा बैठकमा थारुलाई टुक्रा टुक्रा पारेको भन्दै विरोधसमेत जनाएका छन् । सभासद् गौरीशंकर चौधरी, गंगा थारु, तेजुलाल चौधरीले संविधान सभा बैठकमा यो निर्णय सच्याउन सभामुखलाई आग्रह गरेका थिए ।

Tharu Masal Juluss 13

थरुहट तराईका भूमि पहाडमा गाभेको, थारुबाहूल्य कैलाली-कञ्चनपुरलाई अखण्डमा मिसाएको भन्दै उनीहरुले स्वायत्त थरुहट प्रदेशको माग गर्दै र्‍याली निकालेका हुन्। र्‍यालीमा थारु सभासदहरु मानबहादुर चौधरी, गंगा थारु, तेजुलाल चौधरी, योगेन्द्र चौधरीलगायत सहभागी थिए। समितिले भोलि (बुधबार)देखि तराईमा आमहड्ताल घोषणा गरेको छ।

भिडियो हेर्नुस्:

अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
३ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस