काठमाडौं– संविधानको प्रारम्भिक मस्यौदामा जनताको रायसुझाव संकलनपछि गरिएको प्रदेश सीमांकन नमिलेको भन्दै धेरैजसो सभासदले असन्तुष्टि जनाएका छन्। संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईले प्रस्तुत गरेको परिमार्जित प्रतिवेदनमाथि मंगलबार संविधानसभामा सुरु भएको छलफलमा उनीहरूले प्रदेशको सीमांकन सच्याउन माग गरेका हुन् ।
एकीकृत नेकपा माओवादीका सभासद कृष्णबहादुर महराले परिमार्जित प्रतिवेदनको आलोचनात्मक समर्थन गर्ने जनाउँदै मस्यौदाले जनतालाई केन्द्रविन्दुमा भने नराखेको बताए ।
'गणतन्त्र, धर्मनिरपेक्ष, समानुपातिक समावेशी र संघीय संरचनामा जाने कुरा संस्थागत हुनु उपलब्धि हो,' महराले भने, 'तर, प्रतिवेदनमा सीमांकनसम्बन्धी केही अपूर्णता छन् । हामीले यसमा फरक मत राखेका छौं । पहिचान र सामथ्र्यका आधारमा प्रदेश विभाजन गर्ने भनेका थियौं । तर, पहिचान र सामथ्र्यलाई पूरै बेवास्ता गरिएको छ । थरुहट र मगरातलाई बढी कुठाराघात गरिएको छ ।'
उनले कैलाली र कञ्चनपुरलाई 'थरुहट' मै राखेर र 'मगरात' लाई तीन टुक्रा पारेर झनै बिगारिएको आरोप लगाए ।
मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका जितेन्द्र देवले अग्रगामी संविधान बनाउन भनेर आफूहरूले १६ बुँदे सहमति गरेको उल्लेख गरे । 'तर, अहिले कांग्रेस र एमालेले धोका दिए,' उनले भने, 'थरुहट प्रदेशमा हिजोदेखि के भइरहेको छ ? सबैले देखिरहेका छौं, मधेस जल्न गइरहेको छ । अब यसको जिम्मा कसले लिने ?' उनले मोरङ र सुनसरीलाई कुन आधारमा पहाडमा मिसाएको भन्दै नेतृत्वलाई प्रश्न गरेका थिए ।
कांग्रेसकी मिठु मल्लले कसैको हार नहुने गरी सहमतिको आधारमा जनताले अपनत्व गर्न सक्ने संविधान बनाउन आग्रह गरिन् । उनले मध्यपश्चिमका जनताको भावनाविपरीत जिल्ला टुक््रयाएको भन्दै आक्रोश व्यक्त गरिन् । 'वैज्ञानिक हिसाबले पनि राप्ती र कर्णाली एउटै हुनुपर्छ,' उनले भनिन्, 'पूर्व र पश्चिम अखण्ड चाहिने, तर मध्यपश्चिम क्षतविक्षत बनाउने ?' उनले रुकुम जिल्ला टुक््रयाउँदा गलत सन्देश गएको भन्दै शीर्ष नेताहरूलाई गल्ती सच्याएर अघि बढ्न आग्रह गरिन् ।
राप्रपाका दीपक बोहोराले जनताको सुझाव संकलनका क्रममा ९० प्रतिशतले हिन्दु धर्म भनेको भए पनि अहिले कुनै निर्णय नगरेको भन्दै आक्रोश व्यक्त गरे । 'जनमत संग्रह गराउँछौं भन्न किन सक्दैनौं ?' उनले भनेका थिए, 'ठूला चार दलका नेताले धर्मनिरपेक्षताका बारेमा निर्णय गर्न सकेनन् । सीमांकनको जिम्मा विज्ञलाई लगाएको भए राम्रो हुने थियो ।'
नेकपा मालेका सिपी मैनालीले जातीय र क्षेत्रीय आधारमा प्रदेश बनाउन खोज्दा समस्या भएको बताए । 'विकास र सुरक्षाका लागि पनि हिमाल, पहाड र तराई समेटेर ३ देखि ५ प्रदेश बनाउन भनेका थियांै,' मैनालीले भने, 'जातीय आधारमा प्रदेश सम्भव थिएन । थ्रेसोल्ड बाधक हुनेछ । संघीयतामा जाँदा विकासको आधारलाई ध्यान दिनुपर्छ । धर्म स्वतन्त्रता गर्न सके जनतालाई स्वीकार्य हुने संविधान आउन सक्छ ।'
नेपाल मजदुर किसान पार्टीका नारायणमान बिजुक्छेले भूगोलका आधारमा प्रदेश बनाए विवाद नआउने सुझाए । 'रुस र क्यानडामा पनि भूगोलका आधारमा प्रदेश बनाइएको छ,' उनले भने, '१४ प्रदेश राम्रो हुन्छ । नागरिकतामा विदेशीको चलखेल भएको छ । सम्पत्तिको सिमाना र विदेशमा सम्पत्ति राख्न नपाउने व्यवस्था भए माथिल्ला कर्मचारी विदेश भाग्ने थिएनन् । जात र भाषाका आधारमा प्रदेश निर्माण गर्नु हुँदैन ।'
राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले संविधानको मस्यौदा आउनु स्वागतयोग्य भए पनि त्यसपछि जिल्लामा आगो बल्न सुरु गरेको बताए । 'संघीयताले देश टुक्रिन्छ भन्ने मान्छेको जिल्ला टुक््रयाएर के गर्न खोजेको ? हिजो जातीय आधारमा तपाईंहरूले नै प्रशिक्षित गर्नुभयो । पृथकतावादलाई मलजल गर्नुभयो । अहिले प्रतिगामीको सबैभन्दा चर्को डाँको छ ।'
उनले मस्यौदामा नागरिकता लगायतका विषयमा कमजोरी रहेकाले सच्याउनुपर्ने बताए । 'सीमांकनमा यस्तो गल्ती गर्नुहन्छ भन्ने लागेको थिएन,' उनले भने, 'सबैभन्दा बढी सजाय कर्णालीलाई दिनुभएको छ । धौलागिरी र गण्डकी नङमासुजस्तै मिलेको थियो । कसको स्वार्थमा टुक्रा पार्नुभयो ?'
कांग्रेसकै सभासद अमेरशकुमार सिंहले पनि फेरि एउटै दल र जातका लागि ६ प्रदेशको सीमा कोरिएको बताए । 'नेपाली जनताको चेतना धेरै अघि बढेको छ,' उनले भने, 'अहिले पनि मस्यौदामा भएका केही भूल सच्याउन सकिन्छ । भदौमा बनेको संविधान असोज–कात्तिकमा भत्कने अवस्था नआओस् ।'
थरुहट तराई पार्टी नेपालका गोपाल दहितले 'थरुहट' लाई छिन्नभिन्न बनाएको भन्दै आक्रोश व्यक्त गरे । उनले कैलाली र कञ्चनपुर 'थरुहट प्रदेश' मै हुनुपर्ने धारणा राखे । नेपाल परिवार दलका एकनाथ ढकालले कुन प्रदेशमा रहने भनेर छान्ने अधिकार सोही प्रदेशका जनतालाई दिनुपर्ने बताए ।
संविधानसभाको बैठक सुरु हुनासाथ राप्रपा नेपाल र मधेसवादी दलले विरोध जनाएका थिए । बैठकमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले लोकतान्त्रिक आन्दोलनका उपलब्धिलाई समाप्त पार्ने काम प्रमुख दलहरूले गरेको आरोप लगाए । 'संविधानको अहिलेको मस्यौदाले राष्ट्रियता र पहिचानलाई समाप्त पारेको छ,' यादवले भने, 'मस्यौदा एउटा वर्ग र जातिको पक्षमा छ ।'
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका नेता दिलनाथ गिरीले 'धर्मनिरपेक्ष'लाई हटाएर 'हिन्दुराष्ट्र' कायम गर्न माग गरे । ९४ प्रतिशत जनताको भावनाविरुद्ध गएर संविधान बनाउने प्रयत्न भएको उनको आरोप थियो । त्यसपछि मधेसवादी ४ दल र राप्रपा नेपालले संविधानसभा बैठक बहिष्कार गरेका थिए ।
परिमार्जित प्रतिवेदनमाथिको छलफलमा भाग लिन करिब २ सय सभासदले नाम टिपाएका छन् । बुधबार बेलुका अबेरसम्म भए पनि छलफल सकेर प्रतिवेदन अन्तिम मस्यौदाका लागि मस्यौदा समितिमा पठाउने तयारी संविधानसभा सचिवालयले गरेको छ ।