काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी ओलीले प्रमुख चार दलबीच सहमतिको आधारमा तयार पारेको ६ प्रस्ताव सही भएको बताएका छन् ।प्रदेश निर्माण र सीमाकंनका विषयमा आफ्ना मधेसी र थारु सभासदको विचार बुझ्न बुधबार संविधानभसा भवन आयोजित कार्यक्रममा अध्यक्ष ओलीले ६ प्रदेश र सीमाकंन सही भएको बताएका हुन् ।
ओलीले ६ प्रदेशसहितको संघीयता एमालेको मात्र नभएर सहमतिको आधारमा आएका कारण त्यसको बचाउ गरे । 'संविधान भन्ने कुरा एमालेले मात्र ल्याउ सक्ने होइन,' उनले भने, 'सहमतिको दस्तावेज हो ।यसमा केही कुरा गुमाउने र केही कुरा प्राप्त गर्ने हो ।'
६ प्रदेश र सीमाकंनप्रति विरोध भइरहेको प्रति लक्षित गर्दै ओलीले चार दलबीच भएको सहमतिको विरोधको औचित्य नभएको बताए । 'केही ठाउँमा विरोध भइरहेको सुनिएको छ,' उनले भने, 'कसैले विरोध गर्दै आयो बाल्छ भने एमाले दमकलको भूमिका निभाउन तयार छ । कतौ आन्दोलन चर्कियो भने एमाले लेप लगाउन तयार छ ।' उनले आन्दोलनमा आगो बाले दमकलको भूमिका निभाउन र आन्दोलन चर्किए लेप लगाउन तयार हुन सभासदलाई निर्देशनसमेत दिए ।