पाँचै दिनमा अन्तिम मस्यौदा
२७ साउन २०७२
•
८ मिनेट पाठ
पाँचै दिनमा अन्तिम मस्यौदा
काठमाडौं- संविधानसभाले नयाँ संविधानको अन्तिम मस्यौदा तयार पार्न मातहतको मस्यौदा निर्माण समितिलाई पाँच दिन म्याद दिएको छ। संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले मंगलबार पेस गरेको परिमार्जित मस्यौदा बुधबार संविधानसभा बैठकको बहुमतले पारित गरी अन्तिम रुप दिन मस्यौदा समितिलाई जिम्मा लगाएको हो।संविधानसभाले बढीमा पाँच दिनभित्र मस्यौदालाई अन्तिम रुप दिन निर्देशनसमेत दिएको छ।




मस्यौदा समितिले संविधानसभाले पठाएको परिमार्जित प्रतिवेदन र सभासदहरुले दिएका सुझावका आधारमा संविधानको अन्तिम मस्यौदा तयार पार्नेछ।

'संवाद समितिमा सहमति भएका विषयका आधारमा मस्यौदामा एकरुपता कायम गर्ने र संविधानमा आवश्यक पर्ने अन्य शब्द मिलाएर मस्यौदा तयार पार्ने निर्देशन दिन संविधानसभाले निर्देश गर्छ,' सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले बैठकसमक्ष यस्तो प्रस्ताव राखेका थिए।

प्रस्ताव बहुमतले स्वीकृत भएको थियो। नेमकिपाका सभासदले भने संविधानसभाको बैठकमा सीमांकनको विषय विवादित बनेकाले सहमतिका लागि फेरि संवाद समितिमै फर्काउनुपर्ने धारणा राखेका थिए।

सभाध्यक्ष नेम्वाङले परिमार्जित प्रतिवेदनमा सभासदहरुले दिएको सुझाव पनि मस्यौदा समितिमा जाने जानकारी बैठकमा गराएका थिए।

जसअनुसार मस्यौदा समितिले साउन ३२ सम्म संविधानको अन्तिम मस्यौदा तयार पार्नेछ।

'हामी अन्ततः जनताका रायसुझाव टुंगोमा पुर्या्उने बिन्दुमा आइपुगेका छौं,' नेम्वाङले संविधानसभा बैठकमा भने, 'संवाद समितिले महŒवपूर्ण विषयमा आधार तय गरेको छ। संवाद समितिले कतिपय विषय अहिले पनि टुंगो लगाउन भनेको छ। संविधानसभासमक्ष केही विषय अझै विचाराधीन छन्। यो पृष्ठभूमिमा रहेर मस्यौदा समितिले बढीमा पाँच दिनमा संविधानको मस्यौदा तयार पार्नेछ।'

यसअघि परिमार्जित प्रतिवेदनमाथि छलफलमा भाग लिँदै १ सय ८१ सभासदले आ–आफ्ना धारणा राखेका थिए।

सभासदहरुले उठाएका विषयमा जवाफ दिँदै संवाद समितिका सभापति बाबुराम भट्टराईले सीमांकन यो अन्तिम नभएकाले केही कमजोरी भए वैज्ञानिक ढंगले हल गर्न सकिने बताए।

'प्रदेशको पहिचान पूरै हरायो भन्न मिल्दैन,' भट्टराईले भने, 'यसअघिका विभिन्न प्रतिवेदन, आयोगको प्रतिवेदन, पहिचान र सामर्थ्यका आधारमा प्रदेश निर्माण भएको छ। सीमांकनमा देखिएका प्राविधिक कुरा संघीय आयोगले मिलाउँछ।'

उनले प्रदेशभित्र विशेष संरचना व्यवस्था गरिएकाले पनि अहिल्यै सबै पहिचान हरायो भन्ने आधार नभएको टिप्पणी गरे। भट्टराईले संघीयतामा जाँदा पहिलेका प्रशासनिक इकाइ हुनैपर्छ भनेर अडान लिन नहुने पनि औंल्याए।

'संघीयतामा जाँदा हिजोका प्रशासनिक इकाइ नरहन पनि सक्छन्, रहन पनि सक्छन्,' भट्टराईले भने, 'त्यसैले अखण्ड भनेर अडान लिनु उपयुक्त होइन। सीमांकन पनि यो अन्तिम होइन। विशेष समिति अझै कायमै छ। सबैलाई चित्त बुझाउने गरी वैज्ञानिक ढंगले हल गर्नेछौं।'

संविधान वर्ग र राजनीतिक शक्तिसन्तुलनको दस्तावेज भएकाले अहिले उँ्कटजस्तो देखियो भनेर टिप्पणी हुनु स्वाभाविक भएको उनले बताए।

'संविधान पुरानो र नयाँ शक्तिबीचको सम्झौता हो,' भट्टराईले भने, 'त्यसैले यो उँ्कटजस्तो देखिनु स्वाभाविक हो। त्यसलाई पूरै मेटाएर संविधानवादीले लेखेजस्तो संविधान यो हुन सक्दैन।'

भट्टराईले उदारवादी लोकतन्त्रमा टेकेर समाजवादी लोकतन्त्रतर्फ जाने वैचारिक आधारमा संविधानको मस्यौदा तयार भएको बताए। 'धर्मनिरपेक्षता हटाउनुपर्छ भन्ने पनि आएको छ,' भट्टराईले भने, 'त्यसलाई हटाउँदा गणतन्त्र कमजोर हुन्छ भन्ने पनि आएको छ। यसमा आवश्यक छलफल गरेर हाम्रै देशको सापेक्षतामा टुंग्याउँदा राम्रो हुन्छ।'

यसअघि परिमार्जित प्रतिवेदनमा आफ्नो धारणा राख्दै कांग्रेस नेता अर्जुननरसिंह केसीले संविधानसभा बहिष्कार गरेका र बाहिर रहेका शक्तिलाई पनि समेट्न सुझाव दिए।

उनले धर्मका विषयमा 'सर्वधर्म समभाव' र धार्मिक स्वतन्त्रता उल्लेख हुनुपर्ने धारणा राखे। केसीले तीन जिल्ला टुक्र्याउनुको कारणसमेत माग गरेका थिए।

एमाओवादी प्रमुख सचेतक गिरिराजमणि पोखरेलले प्रदेशको निर्माण र सीमांकन थारू र मगर समुदायको कोणबाट हेर्दा धेरै विषय नमिलेको बताए। उनले १२ बुँदे सहमतिपछि विभिन्न समुदायसँग गरेका सम्झौतालाई अहिले चटक्कै बिर्सन नहुने धारणा राखे। उनले सीमांकनमा देखिएका कमीकमजोरी सच्याएर अघि बढ्नुपर्ने बताए।

विशेष समिति अझै पनि कायम रहेकाले बढी अधिकार सुनिश्चित गरेर संविधान बनाउन जरुरी रहेको उनको भनाइ थियो।

कांग्रेसकै अर्जुनप्रसाद जोशीले बाग्लुङ टुक्र्याउनुको कुनै कारण नरहेको जिकिर गरे। उनले प्रेस स्वतन्त्रता कुण्ठित हुने कुनै पनि प्रावधान संविधानमा राख्न नहुने पनि सुझाए।

कांग्रेसकै जीवनबहादुर शाहीले कर्णालीलाई छुट्टै प्रदेश बनाउनुपर्छ भनेर ०६४ सालमै सबै नेताका घर धाए पनि अहिले कर्णालीलाई उपेक्षा गरिएको गुनासो गरे।

एमाओवादी सभासद रामनारायण बिडारीले संघीयताको अभ्यासै नगरेको नेपाल संघीयतामा जाँदा सामान्य विवाद आउनु स्वाभाविक भएको बताए।

'संविधानसभाले संविधान बनाए लोकतन्त्र सुरु हुन्छ, नभए हुँदैन,' बिडारीले भने, 'संविधानसभाबाट संविधान बनाउने कि नबनाउने भनेर भेडा जुधेझैं जुधेका छन्।'
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
५ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस