काठमाडौं–एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले चार दलबीच भएको सम्झौता र सहमतिबाट विजेता भएपनि एउटै राजनीतिक विचार नहुँदा राजनीतिक जटिलतामा फसेको बताएका छन् ।बिहीबार व्यवस्थापिका संसदलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले भने,'जंगलको बाटो हिँडदा बाटो बिराइयो भने पुरानै ठाउँमा फर्केर नयाँ बाटो सुरु गर्नुपर्छ ।' उनले अहिले आफूहरु नयाँ बाटोमा आएको भन्दै जनता र इतिहासको अगाडि आफूहरुले गरेको प्रतिबद्धतामा आफूहरु फर्केको दाहालको भनाइ थियो । 'संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान निर्माणलाई अब कसैले रोक्न सक्नै छैन,' दाहालले भने,'जस्तोसुकै चुनौति आएपनि संविधान निर्माणलाई निष्कर्षमा पुर्याइन्छ ।'
उनले संविधानसभाबाट संविधान निर्माणमा हामी सहमत भएको भन्दै संविधान निर्माणलाई टुंगोमा पु¥याउने जिम्मेवारी सबैको भएको बताए । संविधानसभाबाट संविधान बनाउने विषय कुनै पनि समाजको राज्यद्वारा विभेदमा पारिएका वर्ग समुदाय र क्षेत्रका अधिकार संस्थागत गर्ने प्रक्रिया संविधानसभा भएको दाहालको भनाइ थियो । 'संविधानसभाबाट संविधान निर्माण गर्ने कुरा परिवर्तनका पक्षधरको अभिव्यक्तिको रुपमा आउने गछ,' दाहालले भने,'२००७ सालमा उठेको संविधानसभाको कुरा १४सालमा कसले रोक्न खोज्यो ?'
उनले केही वर्गले संविधानसभाबाट संविधान बन्यो भने आफ्नो स्वार्थ पुरा नहुने ठानेको आरोप लगाउँदै अहिले त्यही तत्व संविधान बन्न नदिन लागिपरेको दाबी गरे । पहिलो संविधानसभामा आफूहरुले धेरै मेहनत गरेर ११ प्रदेशमा सहमत भएको प्रसंग उल्लेख गर्दै दाहालले सीमाकंनसहितको संघीयता र बढी अधिकार खोज्ने नाममा ११ प्रदेश कार्यान्वयन गर्न नसकिएको बताए ।
'अहिले ६ प्रदेशमा आएको छ । दुई वा त्यसबढी पहिचानलाई केन्द्रित गरेर ६ प्रदेशमा जाउँ भनेर आएका छौं,' उनले भने,'अहिले पनि तिनै शक्तिहरु लागेका छन् । उहाँहरु अहिले मसँग हुनुहुन्न । बहिस्कार गर्ने साथीहरुलाई पनि सम्झिरहेको छु । मेरो मनमा गहिरो चिसो पसेको छ ।'
उनले हिजो ११ प्रदेशमा सहमति कायम गरेर पनि किन जारी गर्न सकेनौं भन्ने सोच्नुपर्ने बताए । उनले हिजो आफूसँग भएका साथीहरु धमीलो पानीमा ढुंगा हान्ने प्रयासमा रहेको भन्दै त्यसबाट केही फरक नपर्ने बताए । 'जति उपलब्ध छ त्यसलाई लिएर जानु वुद्धिमानी हो कि बाहिर बसेर विघटन गराउनु वुद्धिमानी हो?' दाहालले प्रश्न गरे ।
उनले हिजो मधेसका जिल्लालाई पहाडसँग जोडौं भन्दा पाइँदैन भनेर विरोध गर्ने तर आज मधेसप्रदेश दिँदा दिँदा पहाड खोई भनेको सुनिएको भन्दै के चाँही गर्दा हुने हो भन्दै प्रश्न गरे । 'हिजो सीमांकन विना मानिँदैन भन्नुभयो मैले जोड पनि गरेँ । अहिले अब सीमांकन मान्दैनौं भनेको के हो ? जसरी पनि संविधान बन्न नदिने षडयन्त्र त भएको छैन?,' दाहालले भने ।