काठमाडौं–नेकपा एमालेका अध्यक्ष केपी ओलीले जनताको हक अधिकार पुरा गर्न संविधान जारी गर्न लागिएको बताएका छन् । 'जनताको शासन र नीति निर्माणमा सहज पहुँचका लागि संविधान जारी गर्न लागिएको हो,' बिहीबार व्यसस्थापिका संसद बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने,' कसैको सोख पुरा गर्नका लागि होइन ।'ओलीले अहिले ६ प्रदेशको सीमाकंनका विषयमा भएको सहमतिको विरोध गर्नेप्रति लक्षित गर्दै ओलीले राजधानीका लागि मारामार नगर्न आग्रह गर्दै जनताका जायज माग पुरा गरिने बताए ।'नेपालमा आगो बल्दैन संविधान बन्छ,' ओलीले भने,' नेपाली जनतालाई त्यति मूर्ख नठाने हुन्छ ।'
उनले आन्दोलनका नाममा घाँसमा हरियो सर्प पस्न खोजेजस्तै कोही पस्न खोजे निकालेर फाल्ने चेतावनी दिँदै संविधान जारी गर्ने बताए । उनले भावनामा बगेर होइन यथार्थको संविधान जारी गर्ने बताए । ओलीले मुलुकमा रगतको खोलो बनाउन खोज्नहरु अहिले पनि सक्रिय रहेको भन्दै सबै नेपालीलाई मान्य हुने संविधान जारी गरिने बताए ।
'एउटा जात विशेषको होइन,' ओलीले भने,' जात हाम्रो सुन्दर हो । त्यो भिन्नतालाई विभेद गर्ने र चर्काएर लगेर सांस्कृतिक विद्वेस फैलाउन नखोजौं ।'