काठमाडौं- प्रधानमन्त्री सुशील कोइरालासहित प्रमुख चार राजनीतिक दलका शीर्ष नेताले संविधानको परिमार्जित मस्यौदामा औंल्याइएका सीमांकन सम्बन्धी त्रुटि सच्याउने प्रतिबद्धता जनाउँदै विभिन्न जिल्लामा संघर्षरत पक्षलाई आन्दोलन फिर्ता लिन पुनः आह्वान गरेका छन्।व्यवस्थापिका संसदको बिहीबार बैठकमार्फत उनीहरुले आन्दोलन फिर्ता लिई संविधान निर्माणमा सहयोग गर्नसमेत आग्रह गरेका छन्।
'केही त्रुटि छन् भने मिलाएर जान्छौं भन्दाभन्दै पनि आन्दोलनमा गयौं भने मुलुकलाई प्राप्त अवसर गुम्न सक्छ,' प्रधानमन्त्री सुशील कोइरालाले संसदमा सम्बोधन गर्दै भने, 'त्यसपछि मुलुकको अस्तित्व के हुने हो, कसैले भन्न सक्दैन। अहिल्यै सबै कुरा पूरा हुन गाह्रो छ तर आन्दोलन फिर्ता लिएर बन्न लागेको संविधानलाई सहयोग पुर्या।उँ्क।'
प्रधानमन्त्री कोइरालाले संघीयता नेपालका लागि अत्यन्तै नौलो भएको उल्लेख गर्दै यस क्रममा कतिपय मुलुकले कठिनाइ भोग्नुपरेकाले नेपालले गम्भीर ध्यान दिनुपर्ने बताए।
'संविधानबाट सबैका हकअधिकार स्थापित हुन्छन्,' कोइरालाले भने, 'म विश्वास दिलाउन चाहन्छु, सबैका हकअधिकार संविधानबाटै स्थापित हुन्छन् भने किन आन्दोलन गर्ने? मधेसका दलहरुले संघीयतामा विश्वास गर्नुभएको छैन। अविश्वास नहोस् भनेर हामीले सीमांकन पनि गरिसक्यौं। यसमा पनि केही कमजोरी भए सच्याउन तयार छौं। त्यसैले अब आन्दोलन होइन, संविधान जारी गर्न सहयोग गरौं।'
प्रधानमन्त्री कोइरालाले नयाँ विषय भएकाले सीमांकनका विषयमा अझै छलफल गर्न सकिने बताए।
'मेरो कुरा सबै सही, अरूको गलत भन्नु हुँदैन,' प्रधानमन्त्री कोइरालालले पटकपटक दोहोर्याैए, 'यो मुलुकलाई अघि बढाउनु छ। आन्दोलनको बाटो परित्याग गरेर वार्ताद्वारा समाधान गरौं। संविधान बन्दैछ। सहयोग गरेर जाने वातावरणको सिर्जना गरौं।'
विपक्षी दलका नेतासमेत रहेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले संविधानसभाको आठवर्षे कार्यकालमा हिँड्दाहिँड्दै कहीँकतै बिराएको बाटोमा पुनः फर्किएर अघि बढेकाले अब संविधानसभाबाट जसरी पनि संविधान जारी हुने बताए।
सम्झौताको दस्तावेज भएकाले कुनै पार्टीको दस्तावेजजस्तो संविधान नबन्दा असन्तुष्टि आउनु स्वाभाविक भएको बताए।
संविधान निर्माणमा एउटै राजनीतिक विचार नहुँदा दलहरु ठूलो राजनीतिक जटिलतामा फसेको दाहालको दाबी थियो। 'यही मञ्चबाट गिरिजाप्रसाद कोइरालाले हिँड्दै जाँदा जंगलमा बाटो बिरायौं भने फर्केर पुरानै ठाउँमा आएर नयाँ बाटो सुरु गर्नुपर्छ भन्नुभएको थियो,' दाहालले सुनाए, '१६ बुँदे हेर्दै गएर हिजोका सबै कुरा सम्झँदा लाग्छ– हामी आठ वर्ष हराएकै हौं। गिरिजाबाबुले भनेजस्तै फेरि नयाँ बाटोमा गएका छौं।'
जनता र इतिहासका अगाडि गरेको प्रतिबद्धतामा आफूहरु फेरि फर्किएको स्विकारे। संविधानसभालाई अहिले पनि रोक्न खोजेको भन्दै एमाओवादीबाट फुटेर गएका मोहन वैद्य नेतृत्वको माओवादी र मधेसवादी दलका नेताप्रति दाहालले आक्रोश पोख्दै भने, 'संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माण अब कसैले रोक्न सक्दैन।'
पहिलो संविधानसभा सहमतिको अन्तिम बिन्दुमा धेरै अधिकार खोज्दा भंग भएको दाहालले सम्भि्कए। 'पहिलो संविधानसभा विघटन हुने बेला हामीले धेरै मेहनत गरेर ११ प्रदेशमा सहमत भएका थियौं। त्यो सीमांकनसहितकै थियो। तर त्यसबेला हाम्रै पार्टीमा रहेका अधिकार खेाज्ने नाममा यथार्थ धरातल बु‰न नसक्ने साथीहरुकै कारणले ११ प्रदेश कार्यान्वयन गर्न सकिएन। अहिले ६ प्रदेशमा आएको छ। दुई वा त्यसभन्दा बढी पहिचानलाई केन्द्रित गरेर ६ प्रदेशमा जाउँ्क भनेर आएका छौं। अहिले पनि तिनै शक्तिहरु संविधान रोक्न लागेका छन्।'
दाहालले संविधान रोक्न धमिलो पानीमा ढुंगा नहान्नसमेत सुझाव दिए। 'अहिले त उहाँहरु मसँग हुनुहुन्न,' वैद्यलाई संकेत गर्दै दाहालले भने, 'अहिले संविधानसभा वहिस्कार गर्ने साथीहरुलाई पनि सम्भि्करहेको छु। पहिलो सभामा ११ प्रदेशमा सहमति कायम गरेर पनि किन जारी गर्न सकेनौं? जारी गर्न नदिने त्यो कता–कताको तत्व हो? त्यसले क्रान्ति गरेर १४ प्रदेश ल्याउन पनि सकेन। त्यसले खोजेको के हो त?'
उनले प्रश्न गरे, 'जति उपलब्धि हासिल भएको छ, त्यसलाई लिएर जानु बुद्धिमानी हो कि बाहिर बसेर विघटन गराउनु बुद्धिमानी हो?'
एमाओवादी अध्यक्ष दाहालले मधेसवादी दलले भनेजस्तै संघीयतामा जाँदा पनि विरोध गर्नुको कुनै तुक नभएको स्पष्ट पारे।
'मधेसका जिल्ला पहाडसँग जोडौं भन्दा पाइँदैन भनेर विरोध गरेको सुनियो,' दाहालले भने, 'आज मधेस दिँदा पहाड खोइ भनेको सुनियो। के चाहिँ गरेर हुने हो? हिजो सीमांकनबिना मानिँदैन भन्नुभयो, मैले जोड पनि गरेँ। अहिले अब सीमांकन मान्दैनौं भन्नुभएको छ। अब गर्ने के हो त? जसरी पनि संविधान बन्न नदिने षड्यन्त्र त भएको छैन?'
दाहालले संविधान जारी गर्न बाँकी रहेको १५ दिनमा मुलुकमा ठूला दुर्घटना हुन सक्नेतर्फ सचेत समेत गराए। दाहालले ६ प्रदेशलाई यताउता नगरी सीमांकन मिलाउन सकिने धारणा राखे। 'सम्झौताको बिन्दु खोज्न सकिन्छ,' दाहालले भने, '६ प्रदेशमा यताउता जानैपर्दैन। सुर्खेतलाई कहाँ जाने भनेर टुंगो लगाउने, कर्णालीलाई विशेषाधिकार दिने र थारुको मागलाई सम्बोधन गर्न सक्यौं भने हुन्छ।'
एमाले अध्यक्ष केपी शर्मा ओलीले कसैको सोख पूरा गर्न नभई जनताका अधिकार स्थापित गर्न संविधान निर्माण गर्न लागिएको बताए। 'हामी निकटमा पुगेका पनि छौं,' ओलीले भने, 'नेपालका निम्ति अचम्म र अप्ठेरो, हडबडाउनुपर्ने अवस्था होइन। यहाँ शक्तिहरुका बीचमा संघर्ष छ सबैलाई थाहा छ। जनता असफल हुन सक्दैन।'
उनले 'दक्षिणपन्थी, उग्रवामपन्थी र निर्लज्ज ढंगले यही देशको पानी खाएर देश टुक््रयाउँछु भन्न लाज नमान्ने तत्वहरु अहिले संविधान जारी हुन नदिने प्रयासमा रहेको' पनि बताए।
'नेपाली जनता देश टुक्रिन दिन चाँहदैन,' ओलीले भने, 'जनताका केही चिन्ता र चासो छन्। अहिले पनि प्रकट भएका छन्। भौगोलिक रुपमा, दलित, मुस्लिमका चासो अझै पनि छन्। म ढुक्कले भन्न चाहन्छु, यो संविधान कसैको सोख पूरा गर्नका लागि होइन, जनताका हकअधिकार पूरा गर्न ल्याउन लागिएको हो।'
उनले घाँसमा आएको हरियो सर्प निकालेर फ्याँक्ने तागत नेपाली जनतासँग रहेको उनले तर्क गरे। 'सधैं टायर बाल्ने, रगतको खोलो बगाउन खोज्ने तत्व अहिले पनि सक्रिय छन्,' उनले भने, 'सिंगो नेपाली जनताको संविधान बनाउन खोजेको हो। एउटा जातविशेषको होइन। जात हाम्रो सुन्दरता हो। त्यो भिन्नतालाई विभेद गर्ने र चर्काएर लगेर सांस्कृतिक विद्वेष फैलाउन नखोजौं।'
ओलीले रुवान्डामा जातीय विद्वेषका कारण तीन महिनामा विदेशी सेनाले १० लाख मानिस मारेको स्मरण गर्दै नेपाललाई त्यस्तो बनाउन नदिने प्रतिबद्धता गरे।
'त्यहाँ कसैले सिमाना मिचेको थिएन,' ओलीले भने, 'भैंसीले कसैको बाली खाएको थिएन तर विद्वेषका कारण १० लाखको ज्यान गयो। हामी सामाजिक सद्भावसाथ राष्ट्रिय एकता कायम गर्ने पक्षमा हुनुपर्छ। रुवान्डाजस्तो होइन।'
राप्रपा नेपालका अध्यक्ष कमल थापाले चार दलका शीर्ष नेताको सिन्डिकेटका कारण आन्दोलन थालेको प्रस्टीकरण बैठकमा दिए।
उनले संविधान बन्न नदिने तत्व भनेर आफूहरुलाई इंगित गरेको भन्दै चार दलका नेतासँग आक्रोश पोखे। 'प्रमुख दलका नेताले जनतालाई तर्साउने अभिव्यक्ति दिनुभएको छ,' थापाले भने, 'च्यालेन्ज दिनुभयो, धम्क्याउनुभयो। चाँडोभन्दा चाँडो संविधान बनोस् भन्ने राप्रपा नेपालको चाहना हो। हाम्रो जाने ठाउँ कहीँ नभएपछि संसदमा विरोध गर्नुपरेको हो। यहाँ विरोध गर्दा खिचडी देख्ने तपाईंहरुको दृष्टिदोष हो।'
त्यसअघि एमाओवादी अध्यक्ष दाहालले हिन्दुधर्म चाहने र नचाहने, संघीयता र चाहने र नचाहने तत्वले एकैसाथ विरोध प्रदर्शन गरेर खिचडी जस्तै बनाएको बताएका थिए।
थापाले ०४६ सालको जनआन्दोलनले स्थापित गरेको व्यवस्था र ०४७ को संविधानलाई उल्ट्याएर सर्वसत्तावाद लाद्न हतियार उठाउनेबीचको सम्झौता नै खिचडी भएको बताउँदै संविधान जारी हुन नदिने आफूहरुले कुनै षड्यन्त्र नगरेको स्पष्ट पारे।
संघीय समाजवादी फोरम नेपालका नेता अशोक राईले ६ प्रदेश पहिचान र सामर्थ्यको किटान गरिएका आधारमा नभएको बताए।
फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले जनतामा देखिएको असन्तुष्टि सम्बोधन गर्नुपर्ने बताए। उनले थारुहरु अहिले पनि सडकमा रहेकाले उनीहरुका माग सम्बोधन गर्नुपर्ने बताए।
नेकपा मालेका सिपी मैनालीले जातीय बाहुल्य भएका क्षेत्र टुक्या्टएर गलत काम गरिएको बताए।
राप्रपाका दीपक बोहाराले धर्मको विषयमा जनमत संग्रहमा जानुपर्ने धारणा राखेका थिए।