विवाद विशेष समितिले टुंग्याउने
२८ साउन २०७२
•
५ मिनेट पाठ
विवाद विशेष समितिले टुंग्याउने
काठमाडौं- संविधान मस्यौदा समितिले संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिले टुंगो लगाउन नसकेका विषयलाई विशेष समितिको सहमतिमा मात्रै टुंग्याउने भएको छ।संविधानको अन्तिम मस्यौदा (विधेयक) बनाउन संविधानसभाले बढीमा पाँच दिनको समय दिएर संविधान मस्यौदा समितिलाई जिम्मा दिएको थियो। तर, संवाद समितिले थ्रेसोल्ड, धर्म र पुनर्नियुक्ति सहमति हुन नसकेका विषय भनेर संविधानसभामा पेस गरेको थियो।




संविधानसभाले विवादित विषय नै मस्यौदा समितिमा पठाएको छ तर संवाद समितिले टुंगो लगाउन नसकेका विषयमा निर्णय गर्नुपरे विशेष समितिको सहमतिमा मात्रै गर्ने समितिका सभापति कृष्णप्रसाद सिटौलाले जानकारी दिए। 'मस्यौदा समितिमा हामी भाषा र व्याकरणमा त्रुटि भए सच्याउन सक्छौं,' सिटौलाले भने, 'तर राजनीतिक विषयमा केही गर्न सक्दैनौं। धर्म, पुनर्नियुक्ति र थ्रेसोल्डको निर्णय हुन बाँकी छ, यी विषयमा निर्णय लिनुपर्योन भने मस्यौदा समिति आफैँले निर्णय लिने होइन। विशेष समितिसँग छलफल गरेर निर्णय लिन्छौं।'

संविधानसभा सचिवालय स्रोतका अनुसार विशेष समिति र मस्यौदा समिति दुवैले टुंगो लगाउन नसके संविधानको विधेयकमा संशोधन हालेर टुंगो लगाउने आन्तरिक समझदारी भएको छ। 'विशेष समिति र मस्यौदा समिति दुवैमा टुंगो लागेन भने संविधान संशोधनका क्रममा पनि मिलाउन सकिन्छ,' स्रोतले भन्यो।

संविधानको अन्तिम मस्यौदा संविधानसभामा पेस भएपछि पनि दफाबार छलफलपछि संशोधन गर्न सकिने समय बाँकी रहेको उनको भनाइ छ।

संविधानसभाले जनताका राय–सुझावपछि संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिले बुझाएको प्रतिवेदनमा रहेका विषयलाई समावेश गरेर विधेयक तयार पार्न निर्देशन दिएको थियो। त्यसपछि संविधान मस्यौदा समितिले बिहीबार दिनभर गरेको छलफलपछि संविधानको विधेयक तयार पार्न कार्यदललाई जिम्मा दिएको छ।

'संविधानसभाबाट प्राप्त प्रस्तावलाई मस्यौदामा समावेश गरी सभाको निर्देशनबमोजिम आवश्यक परिमार्जन गरी संविधानको विधेयक तयार पारी समितिसमक्ष पेस गर्न दुई दिनको समयसीमा तोकी संविधान मस्यौदा एकीकृत कार्यदलमा पठाउने निर्णय गरियो,' समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

समितिका सभापति सिटौलाले संविधानसभाले दिएको निर्देशनका आधारमा परिमार्जित विधेयक समयमै तयार पारेर संविधानसभामा पठाउने बताए। 'संविधानसभाले सबै काम गर्न बढीमा पाँच दिनको समय दिएको छ,' सिटौलाले भने, 'कार्यदलले परिमार्जन गर्दा संवाद समितिबाट प्राप्त प्रतिवेदनमा जे सहमति छ, अन्तिम मस्यौदामा पनि त्यहीअनुसार परिमार्जन गर्छौं।'

उनले कार्यदलले दुई दिनभित्रमा प्रतिवेदन समितिलाई पेस गर्ने बताए। 'शुक्रबार र शनिबार कार्यदलले आफ्नो काम सक्नेछ,' सिटौलाले भने, 'आइतबार मस्यौदा समितिमा र सोमबार नै संविधानसभाको पूर्ण बैठकमा पेस गर्ने तयारी गरिएको छ।'

कार्यदलमा सिटौलाको संयोजकत्वमा भरतमोहन अधिकारी, रमेश लेखक, हितराज पाण्डे, जितेन्द्र देव र अइन्द्रसुन्दर नेम्वाङ सदस्य छन्।

उनीहरुलाई सहयोगका लागि विभिन्न दलका १६ सदस्यसमेत छुट्टै छन्। 'हामी भोलि (शुक्रबार) बाट छलफलमा जुट्छौं,' एमाले नेता अधिकारीले भने, 'संविधानसभाले पहिलेभन्दा धेरै अधिकार दिएको छ, हामी सोमबार नै संविधानसभामा पेस गर्छौं, प्राविधिक दृष्टिकोणले गर्ने काम हामी गर्छौं। राजनीतिक निर्णय संवाद समितिको विशेष समितिले गर्छ।'

उनले संविधानसभाले थपघट गर्ने र नमिलेका विषय पनि मिलाउने जिम्मा मस्यौदा समितिलाई दिए पनि शीर्ष नेता सम्मिलित विशेष समिति कायमै रहेकाले राजनीतिक निर्णय उसैले गर्ने बताए।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
५ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस