काठमाडौं- राप्रपा नेपालले हिन्दू राष्ट्र माग गर्दै राजधानीमा विरोध प्रदर्शन गर्दा शुक्रबार नयाँ बानेश्वर तनाबग्रस्त बन्यो। संविधान सभाको निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको थियो। प्रहरीविरूद्ध जाइलागेपछि भीडलाई नियन्त्रणमा लिन प्रहरीले दर्जन सेल अश्रुग्याँस र लाठी प्रहार गर्नु पर्यो। प्रहरीले दमन गरेको भन्दै राप्रपा नेता गणेश थापाले आक्रोश पोखे।बन्दूक देखाएर तर्साउन खोजेको? (भिडियो)
उनले पटक पटक प्रहरीसामू गएर 'बन्दुक देखाएर तर्साउन खोजेको हो?' भन्दै प्रश्न गरेका थिए। उनको प्रश्नमा सुरक्षाकर्मी मौन थिए। आक्रोशित कार्यकर्ताहरु गृहमन्त्रीको राजीनामा माग गर्दै बाटामा भेटिएका सरकारी गाडी तोडफोडसमेत गरे। उदण्ड रूपमा पेश भएका उनीहरुले सडकको बीचमा राखिएको डिभाइडरसमेत फालेका थिए। 'कमल थापा आदेश दे, युद्ध लड्न तयार छौं, हिन्दू राष्ट्र कायम गर'लगायतका नारा लगाएका थिए।
सरकारी गाडी यसरी फुटाए (भिडियो)

तस्बिर : मदन चौधरी