काठमाडौं- प्रमुख दलका शीर्ष नेताले संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिले पठाएका विवादित विषयमा एकुमुष्ठ सहमतिको प्रयास थालेका छन्। समिति सभापति बाबुराम भट्टराई नेतृत्वमा रहेको विशेष समिति सीमांकनमा देखिएका त्रुटि, विवादित विषय र अन्तिम मस्यौदा एकैपटक टुंगो लगाउने प्रयासमा छ।
संविधानसभा सचिवालय सिंहदबारमा शुक्रबार बसेको बैठकले सुर्खेतलगायत ठाउँमा भएका आन्दोलनलाई सम्बोधन गर्ने विषय तथा संविधान मस्यौदा समितिमा गएका र टुंगो लाग्न नसकेका विषयमा छलफल गरेको थियो।
मस्यौदा समिति सभापति कृष्ण सिटौलाले विधेयक लेखनबारे शीर्ष नेतालाई जानकारी गराएका थिए। संवाद समितिले धर्म, थ्रेसोल्ड र पुनर्नियुक्तिका सम्बन्धमा सहमति कायम हुन नसकेको प्रतिवेदन संविधानसभामा बुझाएको थियो।
बैठकपछि एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले विवादित विषय, जनताले विभिन्न ठाउँमा व्यक्त गरेका चासो र संविधानको विधेयक लेखनबारे छलफल भएको जानकारी दिए।
उनले संवाद समितिले टुंगो लाग्न नसकेको भनेका विषय पनि शनिबारदेखि छलफल गर्दै जाने र संविधानको विधेयक लेखन जारी राख्ने विषयमा छलफल भएको बताए।
नेकपा एमालेका नेता भीम रावलले पनि संविधानको विधेयक तयार पार्दासम्म विवादित विषय टुंगो लगाउने विषयमा छलफल भएको बताए।
मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले संविधानसभामा सभासदले दिएका सुझाव र जनताको चासोलाई कसरी सम्बोधन गर्ने भन्नेबारे छलफल भएको जानकारी दिए।
उनले संवाद समितिले टुंगो लगाउन नसकेका विषयमा छलफल भए पनि शनिबार बिहान ११ बजेदेखि तीनवटा विषयमा केन्द्रित भएर छलफल गर्ने बताए।
'संवाद समितिले टुंगो लाग्न नसकेका भनी पठाएका तीनवटा बाँकी विषयमा पनि छलफल भयो,' गच्छदारले भने, 'भोलि शनिबार ११ बजे फेरि बैठक बसेर सहमति प्रयास गर्नेछौं, अहिले जनताले उठाएका विषय पनि सम्बोधन गर्नुपर्छ भन्नेमा एकमत छौं।'