काठमाडौैं–तराई मधेस लोकतान्त्रिक पार्टीका सहअध्यक्ष हृदयश त्रिपाठीले आफूहरुको सहमति विना जारी गर्ने संविधान मधेसमा लागु गर्न नदिने दाबी गरेका छन् ।उनले प्रस्तावित ६ प्रदेको सीमाकंनलाई बेइमान अमिनले खबार जमिनको कित्ताकात गरेको जस्तो भएको टिप्पणी गरे । शनिबार नागरिकन्यूजसँग कुरा गर्दै त्रिपाठीले थरुहट र मधेसवादी दल मिलेर आन्दोलनलाई अझै सशक्त बनाउने बताए ।

'विगतमा थारु र मधेसवादीको बीचमा विगतमा शासक बर्गले फाटो ल्याउने काम गरेको भन्दै त्रिपाठीले त्यसविरुद्ध अहिले थरुहटसँग सहमति भइसकेको बताए । उनका अनुसार नवलपरासीदेखि कंचनपुरसम्म थरुहट र झापादेखि नवलपरासीसम्म मधेस प्रदेश बनाउने सहमति भएको बताए । हजारौ जनता विरोध प्रदर्शनमा उत्रिएको दाबी गर्दै त्रिपाठीले आफूहरुको माग पुरा नभएसम्म आन्दोलन नरोकिने दाबी गरे ।