काठमाडौं- प्रमुख राजनीतिक दलहरू प्रदेशको सीमांकन र आवश्यक परे संख्या नै परिवर्तन गर्न तयार भएका छन्।
संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिअन्तर्गत विशेष समितिको आइतबार संविधानसभा सचिवालय सिंहदरबारमा बसेको बैठकमा शीर्ष नेताहरू संवैधानिक निकाय र सर्वोच्च अदालतमा नियुक्त गरिएकालाई पुनर्नियुक्ति नगर्ने, थ्रेसोल्ड २ देखि ५ प्रतिशत राख्न सकिने र धर्मनिरपेक्षताको ठाउँमा धार्मिक स्वतन्त्रता वा सबैलाई मान्य हुने शब्द राख्न पनि तयार भएका छन्।सीमांकनका विषयमा कतिपय ठाउँमा उठेका आवाज स्वाभाविक भएको ठहर गर्दै त्यसलाई मिलाउने प्रयासमा नेताहरू गृहकार्यमा लागेका छन्। सीमांकन मिलाउँदा प्रदेश संख्या थपघट हुन पनि सक्ने उनीहरूको भनाइ छ।
सकेसम्म ६ प्रदेशमै सीमांकन मिलाउने नभए ५ या ७ प्रदेश बनाउने विषयमा पनि आइतबारको बैठकमा गृहकार्य भएको छ। सीमांकन मिलाउँदा विभिन्न विकल्पमा छलफल भएको छ। सुदूरपश्चिम, मध्यपश्चिम र पश्चिमाञ्चल क्षेत्रमा रहेका जिल्ला यताउति नगरी छुट्टाछुट्टै प्रदेश बनाउने प्रस्ताव पनि आएको छ।
त्यसैगरी कैलालीका थारू समुदाय रहेका गाविस नवलपरासीदेखि बर्दियासम्मको प्रदेशमा मिलाउनुपर्ने अर्को प्रस्ताव आएको स्रोतले जानकारी दियो। तर यसमा नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले कैलाली कुनै पनि हालतमा टुक््रयाउन नदिने अडान राखेका छन्। त्यसैले कैलालीको थारू समुदाय रहेको भूभाग अर्को प्रदेशमा मिलाउने सम्भावना कम रहेको स्रोतले बतायो।
अहिले कायम पाँच विकास क्षेत्रलाई पाँच प्रदेशका रूपमा अघि बढाउने र काठमाडौं, भक्तपुर र ललितपुरलाई केन्द्रशासित मानेर ६ प्रदेशमा जानुपर्ने पनि प्रस्ताव बैठकमा आएको छ।
राप्ती अञ्चललाई अखण्ड राखी दाङदेखि बर्दियासम्मको भूभाग मिलाएर छुट्टै प्रदेश बनाउनुपर्ने प्रस्ताव पनि आएको स्रोतले बतायो। त्यसरी छुट्टै प्रदेश बनाए लुम्बिनी, गण्डकी र धौलागिरी अञ्चलमा रहेका जिल्ला यथावत राखेर एउटै प्रदेश बनाउनुपर्ने बारेमा पनि छलफल भएको छ।
त्यसपछि प्रदेश नम्बर २ मा रहेका आठ जिल्लामा कुनै पनि पहाडका जिल्ला समावेश नगरिएकाले दोलखा, रामेछाप, सिन्धुली लगायतका जिल्ला पनि समावेश गर्नुपर्ने प्रस्ताव आएको छ।
मधेसकेन्द्रित दलका नेताहरूले समेत आठ जिल्ला रहेको २ नम्बर प्रदेशमा पहाडी जिल्ला मिलाउनुपर्ने माग गरेपछि सीमांकन कसरी गर्ने भन्नेमा दलहरूबीच गम्भीर छलफल चलेको हो।
कुनै पनि विकल्पमा सहमति हुन नसके अहिले कायम सीमांकनमा रुकुम र बागलुङ जिल्ला नटुक््रयाउने, कर्णाली र थरुहट क्षेत्रलाई विशेष क्षेत्र कायम गरेर जाने बारेमा पनि छलफल भएको स्रोतले जानकारी दियो।
सुर्खेतले छुट्टै प्रदेशभन्दा पनि प्रदेशको राजधानी मागेकाले राजनीतिक रूपमा सहमति कायम गर्ने प्रयास भइरहेको नेताहरूले बताएका छन्।
बैठकपछि एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले पुनर्नियुक्तिको विवाद लगभग मिलेको बताउँदै सीमांकनमा गम्भीर भएर छलफल भइरहेको बताए। उनले सोमबारसम्म सबै विषयमा सहमति कायम गरेर संविधानको अन्तिम मस्यौदा (विधेयक) तयार हुने बताए।
'कैलाली, सुर्खेतसहित थारूहरूले सीमांकनका विषयमा जसरी चासो देखाएका छन्, त्यसलाई सम्बोधन गर्ने भन्नेमा हाम्रो सैद्धान्तिक सहमति भएकै छ,' दाहालले संवाददातासँग भने, 'त्यसलाई टुंगो लगाउने हिसाबले छलफल भएको छ। अन्य विषयमा पनि औचित्यपूर्ण रूपमा माग सम्बोधन गर्ने भन्ने भएको छ।'
दाहालले सकेसम्म प्रदेश संख्या तलमाथि नगर्ने प्रयास भएको बताउँदै आवश्यक परे फेरबदल पनि हुन सक्ने बताए। 'प्रदेश संख्या अहिले ६ भन्दा दायाँबायाँ गरौं भनेर छलफल भएको छैन,' उनले भने, 'तर, छलफल गर्दै जाँदा प्रदेश संख्यामा फेरबदल आउन सक्छ। प्रदेश नम्बर २ लाई पहाडमा मिसाउने भन्ने विषयमा पनि कुराकानी चलिरहेको छ, टुंगिसकेको छैन।'
नेपाली कांग्रेस उपसभापति रामचन्द्र पौडेलले सबैलाई चित्त बुझ्ने किसिमले सीमांकनको प्रयास भइरहेको बताए। 'सबैतिर सीमा र प्रदेशको राजधानी कायम हुनुपर्ने माग आएका छन्,' पौडेलले भने, 'त्यसलाई हेरेर कसरी मिलाउने भन्नेमा छौं। सीमा पुनरावलोकन नगरी नहुने देखियो। प्रदेश संख्या भने ६ कै वरपर हुन्छ।'
पौडेलले मध्यपश्चिम, पश्चिमाञ्चल क्षेत्रका सभासदको पनि कुरा सुनेको बताउँदै सोमबारसम्म आवश्यक निर्णय गर्ने बताए। उनका अनुसार गण्डकी, धौलागिरी र लुम्बिनी एकै ठाउँमा हुनुपर्छ भन्ने प्रस्ताव पनि आएको छ। पौडेलले छलफल गर्दै जाँदा प्रदेश संख्या ६ कम हुन पनि सक्ने बताए।
नेकपा एमालेकी विद्या भण्डारीले पनि सीमांकन मिलाउँदा प्रदेश संख्यामा पनि परिवर्तन हुन सक्ने बताइन्। 'पाँच प्रदेश हुन पनि सक्छ,' उनले भनिन्, 'पाँच विकास क्षेत्र र राजधानी प्रदेश छुट्टै बनाउने भन्ने विचार पनि आएको छ। तर सकेसम्म प्रदेश संख्या नचलाई मिलाऊँ भन्ने सबैको भनाइ छ।'
उनले पुनर्नियुक्ति झन्झटिलो हुने भयो भनेर अहिले नगर्ने सहमति भएको जानकारी दिइन्। 'थ्रेसोल्ड राख्नैपर्छ भन्नेमा सहमति छ। २, ३ र ५ प्रतिशत राख्नुपर्छ भन्ने प्रस्ताव आएको छ,' भण्डारीले भनिन्, 'ग्राउन्ड रियालिटीलाई हेरेर राख्ने हो। धर्मनिरपेक्ष शब्दले अन्योल भयो। धार्मिक स्वतन्त्रता या सबैलाई चित्त बुझ्ने अर्कै ढंगले सम्बोधन गरौं भन्ने आएको छ।'
मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले १६ बुँदे सहमति गरेका बेला कायम गरिएको ८ प्रदेश नै हुनुपर्ने माग गरेको बताए। उनले ८ बाट घटाउँदा ७ नबनाई किन ६ प्रदेश बनाएको र ५ प्रदेशमा छलफल गर्न तयार नभएको भनी प्रश्न गरेका थिए।
गच्छदारले आफूले केही पाउनभन्दा पनि मुलुकका लागि सहमति गर्दा आफ्नो आलोचना भएको बताए। 'तीन दलका नेतालाई एक ठाउँमा उभिन मैले निर्णायक भूमिका निर्वाह गरेको छु,' गच्छदारले भने, 'विजय गच्छदारले केही पाउनका लागि होइन। देश र नेपाली जनताले के पायो भन्ने कुरा महŒवपूर्ण हो।'
उनले सिमानासम्बन्धी देखिएको विवाद सोमबारै मिलाएर जाने बताए।
'सीमाको कुरा मिलाउनुपर्छ,' उनले भने, 'प्रदेशमा जे पनि हुन सक्छ। धर्मनिरपेक्ष शब्द हटाएर धार्मिक स्वतन्त्रता भए प्रयाप्त हुन्छ। मेरो कुरा यही हो। ८ बाट ७ मा नगई किन ६ मा गएको। फेरि किन ५ मा अड्किएको त? संख्या बढी भए ५ मा जाउँ भन्ने मेरो प्रस्ताव छ। देश हाम्रो हो। सबैले यो कुरा बुझ्नुपर्योछ।'
गच्छदारले मधेसकेन्द्रित दललाई पनि पहिले मधेसभन्दा देशका बारेमा सोच्न आग्रह गरे। 'मधेसवादी दलले पनि बुझ्नुपर्योध,' गच्छदारले भने, 'देश भए पो मधेस रहन्छ। देशले संविधान पाउने भयो म त्यसमा सन्तुष्ट छु। सीमांकनपछि मधेसकेन्द्रित दलले पनि यथार्थ बोध गरेका छन्। सप्तरीदेखि पर्सासम्मको प्रदेशमा ९० प्रतिशत मधेसी समुदायको बाहुल्य छ। त्यो प्रदेश कसरी चल्ने भनेर मधेसवादी नेताले विश्लेषण सुरु गर्नुभएको छ। पहाड र जंगलको स्रोत नभए यो प्रदेश सुक्खा हुन जान्छ। मधेस प्रदेशको माग गर्नेले प्रदेश प्राप्त भएपछि चल्दैन भनेर बुझ्नुभयो। त्यो पनि राम्रै कुरा हो। धान, तोरी, गहुँले प्रदेश चल्दैन भन्ने मधेसका नेताहरूले बुझ्न थाल्नुभएको छ। २ नम्बर प्रदेशमा केही पहाडी जिल्ला समावेश गरिनुपर्छ।' उनले प्रदेशको संख्या जति कम भयो त्यति विकास गर्न सहज हुने बताए।
समिति सभापति बाबुराम भट्टराईले पुनर्नियुक्तिसहित सबै विषय सोमबारसम्म मिलाउने धारणा राखे। 'सीमांकन टुंगो लगाउने र मस्यौदा समितिमा छलफल गर्दा केही विषय पनि आएका छन्,' उनले भने, 'सोमबारसम्मा एकमुष्ट टुंगो लाग्छ। संख्या अहिले ६ कै वरिपरि नै हुन्छ। विस्तृत सीमांकन संघीय आयोगले गर्ने भएकाले अहिले नै विवाद गर्नुको औचित्य छैन।'
उनले सुर्खेतको आन्दोलन राजधानीका विषयमा रहेकाले राजनीतिक समझदारी बनाउन सकिने बताउँदै कर्णालीलाई विशेष क्षेत्र बनाउन सकिने पनि जानकारी दिए।
प्रदेश राजधानीमा हानाथाप
प्रदेश संख्या र सिमानाको अन्तिम टुंगो नलाग्दै राजधानी आफ्नो क्षेत्रमा कायम हुनुपर्ने मागसहित शीर्ष नेतालाई ज्ञापनपत्र बुझ्न भ्याईनभ्याई छ।
सुर्खेतमा प्रदेश नम्बर ६ को राजधानी हुनुपर्ने मागसहित आन्दोलन उठेको भन्दै नेताहरूले त्यस विषयमा राजनीतिक समझादारी गर्ने बताएका छन्। त्यसैगरी प्रदेश नम्बर ५ को राजधानी दाङ र रुपन्देही हुनुपर्ने मागसहित ज्ञापनपत्र लिएर शीर्ष नेताहरूको ध्यानाकर्षण गराउने क्रम पनि जारी छ। 'दाङलाई प्रदेश नम्बर ५ को राजधानी कायम गराउन पहल गर्न गठित सरोकार समिति' ले प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली लगायतलाई ज्ञापनपत्र बुझाइसकेको छ।
'दाङ जिल्लाको तुलसीपुरमा अञ्चल सदरमुकाम रहिसकेको, घोराहीमा जिल्ला सदरमुकाम रहेको र लमही उदाउँदो सहर भएकाले पूर्ण रूपमा प्रदेशको राजधानीको भवन तथा कार्यालयका लागि दाङ सक्षम छ,' ज्ञापनपत्रमा भनिएको छ।
तर पाल्पा, रुपन्देही लगायतका जिल्लाका सभासदले भने रुपन्देहीमै प्रदेश नम्बर ५ को राजधानी हुनुपर्ने माग गर्दै ज्ञापनपत्र बुझाएका छन्। ५ नम्बर प्रदेशको नाम 'लुम्बिनी' राखिनुपर्ने र प्रदेशको राजधानी रुपन्देहीमै बनाउनुपर्ने माग उनीहरूको रहेको छ।
'रुपन्देहीमा अन्तर्राष्ट्रिय विमानस्थल सहितका प्रदेशमा हुनुपर्ने सम्पूर्ण सामर्थ्य तयारी अवस्थामा रहेकाले लुम्बिनी प्रदेशको राजधानी रुपन्देहीमा हुनुपर्छ,' ८ सभासदले समितिका सभापति भट्टराईलाई बुझाएको विज्ञप्तिमा उल्लेख छ।
बालकृष्ण खाँण, अब्दुल रज्जाक, भरतकुमार शाह, सुरेन्द्र आचार्य, अतहर कमाल, विक्रम खनाल, देवकरण जैसवाल र हरिप्रसाद नेपाल यो अभियानमा रहेका छन्।