कैलालीको टीकापुर नगरपालिकामा ५९ दशमलव १ प्रतिशत मत खसेको छ। आज भएको स्थानीय तह निर्वाचनमा कुल ५२ हजार ८ शय ७२ मतदाता मध्ये ३१ हजार ९ शय ९७ जनाले मतदानमा भाग लिएका छन।
प्रारम्भिक जानकारी अनुसार सबैभन्दा धेरै मतदाता रहेको वडा नं. १ मा ११ हजार ७९ मत खसेको छ। वडा नं. १ को वीरेन्द्र विद्या मन्दिर मतदान केन्द्रमा ६ हजार ६ शय ४८ र खड्ग स्मृति मा.वि. मतदान केन्द्रमा ४ हजार ४ शय ३१ मत खसेको जनाइएको छ। त्यस्तै वडा नं. २ मा ३ हजार २ शय ३९, वडा नं. ३ मा २ हजार ३ शय ४९, वडा नं. ४ मा २ हजार ३ शय ७२ मत खसेको छ।
त्यस्तै वडा नं. ५ मा २ हजार ९ शय ५९, वडा नं. ६ मा २ हजार १ शय ३२, वडा नं. ७ मा ३ हजार २३, वडा नं. ८ मा २ हजार ३ शय ४१ र ९ मा १ हजार ७ शय ९९ मत खसेको छ। टीकापुर नगरपालिकाका विभिन्न १६ वटा केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान कार्य सम्पन्न भएको निर्वाचन अधिकृत पुष्कर खड्काले जानकारी दिए । उनका अनुसार मतपेटिका संकलन भइरहेको छ। उनले मतपेटिका संकलन भएलगत्तै मतगणना कार्य प्रारम्भ हुने बताए।