बैतडीमा ६७ दशमलव २२ प्रतिशत मत खसेको छ। जिल्ला भर ९९ हजार ८ सय ९६ मत खसेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख माधवप्रसाद फुँयालले बताए।
जिल्ला भर शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको बताइएको छ। केही ठाउँमा समान्य झडप बाहेक शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको उनले बताए। मतदानकेन्द्रहरुबाट मतपेटिका ढुवानी काम भइरहेका सबै ठाउँका मतपेटिका पुगेका ठाउँमा रातिदेखि नै मतगणना गर्ने तयारी गरिएको निर्वाचन कार्यालयले जनाएको छ।२०७४ को स्थानीय तह निर्वाचनमा बैतडीमा ७१ दशमलव ६६ प्रतिशत मत खसेको थियो। जिल्लामा १ लाख ४८ हजार ६ सय ६ मतदाता रहेका छन्।