रुपन्देहीमा ७० प्रतिशत मत खसेको छ। जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्या प्रसाद भण्डारीका अनुसार कुल मतदाता संख्याको ७० प्रतिशत मत खसेको हो। जिल्लामा ६ लाख ३२ हजार ३६० मतदाता छन्।
१६ वटा स्थानीय तह रहेको रुपन्देहीका सबै पालिकाहरुमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको भण्डारीले जानकारी दिए। मर्चवारी गाँउपालिकामा साँझ पख केहीबेर मतदान स्थगित हुँदा राती अबेर मात्र मतदान सकिएको छ। अन्य पालिकामा भने समयमै मतदान सकिएको भण्डारीले जानकारी दिए। शान्तिपूर्ण मतदान सकिएर केही पालिकामा मतपेटिका मत गणना स्थलमा आइसकेको र केहीमा भने मतपेटिका संकलनको काम भइरहेको उनले जानकारी दिए।
सिद्धार्थनगर नगरपालिकामा सबै मतपेटिका गणनास्थलमा आइपुगेको र सर्वदलिय बैठक बसी आजै राती देखि मतगणना गर्ने तयारी भइरहेको छ। तर अन्य पालिकाहरुमा भने मतपेटिका संकलन भइरहेकाले सर्बदलिय बैठक बस्न नसकेको बताइएको छ।