काठमाडौं—उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले सङ्घीयताको सीमाङ्कनको विषयमा भइरहेका बिरोध प्रदर्शन क्रममा तोडफोड भएको बताएका छन्। रुलिङपछि संसदलाई उपस्थित भएर जवाफ दिँदै सोमबार गृहमन्त्री गौतमले सीमाङ्कनमा असहमत भई मुलुकभर ३१ वटा विभिन्न घटना भएको जानकारी गराए।
उनले शान्ति सुरक्षा कायम गराउने क्रममा केही ठाउँमा बल प्रयोग गर्नुपरेको संसदलाई बताए। काठमाडौंमा कमल थापा नेतृत्वमा भेला भएको जुलुसले हिन्दु राज्यमाग गर्दै गरेको प्रदर्शनका क्रममा निषेधित क्षेत्रका लागि प्रहरीले राखेको सुरक्षा बार तोडफोड गरेको बताए। थापा नेतृत्वको भिडले प्रहरीलाई कुटपिट गर्ने, सवारीमा ढुंगामुडा गरेपछि ७ सेल अश्रुग्यास प्रहार गरेको उनले बताए।
नवलपरासीमा थारुवान/थरुहट संयुक्त संघर्ष समितिको विरोध क्रममा २ सवारी साधन तोडफोड तथा आगजनी भएको उनले जानकारी दिए। देबराज चौधरीको नेतृत्वका आन्दोलनकारीले सभासद बैजनाथ चौधरीको घर घेराउ गरी तोडफोड गर्ने क्रममा प्रहरीले बल प्रयोग गर्दा दुई जना प्रहरी घाइते भएको उनले जनाए।
मोहन वैद्य सहितका दलहरुको बन्दका क्रममा १०६ जनालाई पक्राउ गरेर छाडिएको गृहमन्त्रीले संसदमा बताए।
जुम्लामा अखण्ड कर्णालीको माग गर्दै भइरहेको प्रदर्शनमा ६ प्रदर्शनकारी र २१ प्रहरी घाइते भएको विवरण गृहमन्त्रीले बताए। 'सरकारी कार्यालयका बोर्ड फाल्ने, प्रहरीलाई ढुंगा हान्ने स्थिति भएपछि प्रहरीले रबरका गोली, अश्रुग्यास प्रहार गरेको छ', उनले संसदमा भने, 'मुठभेडका क्रममा ६ प्रदर्शनकारी र २१ प्रहरी घाइते भएका छन्।' जुम्लामा कर्फ्यु लगाइएको उनले बताए।
सुर्खेतमा २५ गते मृत्यु भएका परिवारलाई १० लाख दिएको र घाइतेको उद्धार र उपचार खर्च व्यहोर्ने काम सरकारले गरेको गृहमन्त्रीले जानकारी गराए।
प्रचलित कानुनभित्र रहेर माग गर्ने अधिकार भन्दै गृहमन्त्रीले अप्रीय घटना हुन नदिन सरकार सचेत रहेको बताए। 'सार्वजनिक सेवा सञ्चालन गराउनु सरकारको दायित्व हो', उनले भने, 'परिमार्जित मस्यौदामा असहमति जनाउँदै विरोध प्रदर्शनको नाममा तोडफोड भएको जानकारी गराउन चाहन्छु।'