काठमाडौं–एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पाँच विकास क्षेत्रलाई पाँच प्रदेश बनाउने कुरा हल्लामात्र भएको बताएका छन्।दलहरुले सहमति गरेको ६ प्रदेश र सीमाकंनमा विवाद भएपछि पाँच विकास क्षेत्रलाई नै प्रदेश बनाउने कुरा सार्वजनिक भएपछि उपाध्यक्ष श्रेष्ठले सोमबार एमाओवादी संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गरी पाँच विकास क्षेत्रलाई प्रदेश बनाउने कुरा हल्लामात्र भएको बताएका हुन् ।
उनले प्रदेश नम्बर १,२ र तीनमा विवाद नभएको तथा कर्णाली र कैलालीका थारु बहुल्य क्षेत्रलाई सम्बोधन गर्ने गरी दलहरुबीच छलफल चलिरहेको उनले बताए । 'बाहिर आएजस्तो पाँच विकास क्षेत्रलाई प्रदेश बनाउने कुनै छलफल भएको छैन,' पत्रकार सम्मेलनमा उपाध्यक्ष श्रेष्ठले भने,'प्रदेश नम्बर १,२ र तीनमा कुनै विवाद छैन कर्णाली र कैलालीका थारु बाहुल्य रहेको क्षेत्रलाई सम्बोधन गर्ने गरी शीर्ष नेताबीच छलफल भइरहेको छ ।'
उनले धर्म निरपेक्षतालाई कायम राख्दै जवर्जस्ती धर्म परिवर्तन गर्न नपाउने गरी त्यस परिभाषा गर्नुपर्ने उनको भनाइ थियो । उपाध्यक्ष श्रेष्ठले शीर्ष नेताबीच विवादित विषयमा घनिभूत छलफल भइरहेकाले सहमतिमा पुग्ने विश्वास व्यक्त गरे ।