काठमाडौं- सीमांकनमा देखिएको जटिलताका कारण संविधानसभाले दिएको समयसीमाभित्र संविधान मस्यौदा समितिले परिमार्जित प्रतिवेदन (संविधानको विधेयक) तयार पार्न सकेन। संविधानसभाले बढीमा पाँच दिनको समयसीमाभित्र संविधानको विधेयक तयार पार्न समितिलाई निर्देशन दिएको थियो।समितिले सहमति भएका विषय परिमार्जित प्रतिवेदनमा समावेश गरेको भए पनि टुंगो लाग्न नसकेका भनी दिएका विषयमा संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिको विशेष समितिले टुंग्याउन नसक्दा विधेयक तयार पार्न ढिलाइ भएको हो।
मस्यौदा समितिका सभापति कृष्ण सिटौलाले संविधानसभाले नै सहमति हुन नसकेका भनी दिएका विषयमा शीर्ष नेताहरूबीच सहमति हुनुपर्ने भएकाले ढिलाइ भएको बताए।
'संविधानको विधेयक परिमार्जन गर्ने काम समयमा सम्पन्न हुन सकेन,' सिटौलाले भने, 'संविधानसभाले निर्णय हुन बाँकी भनेका विषयमा सहमति हुन सकेको छैन। त्यो सहमति शीर्ष नेताहरूबीच नै हुनुपर्छ। धर्म, पुनर्नियुक्ति, थ्रेसोल्ड के गर्ने भन्ने अझै टुंगो लागेको छैन। शीर्ष नेताहरूबीच सहमति भएपछि हामीलाई धेरै समय लाग्दैन। १/२ दिनभित्र हामीले सबै विषय टुंगो लगाएर परिमार्जन प्रतिवेदन पेस गर्छौं।'
प्रमुख दलका शीर्ष नेताहरुबीच सीमांकनमा नै विवाद छ। असन्तुष्ट दलहरूसँग पनि छुट्टाछुट्टै छलफल गर्ने काम भइरहेकाले केही दिन ढिलाइ भएको विशेष समितिमा रहेका शीर्ष दलका सहयोगी कार्यदलका नेताहरूले जनाएका छन्।
'मस्यौदा समितिबाट आएका विषयमा हामीले छलफल गरेर केही टुंगो लगाएका छौं,' कांग्रेस उपसभापति रामचन्द्र पौडेलले भने। उनले सोमबार नै संविधानसभामा मस्यौदा समितिले परिमार्जित प्रतिवेदन पेस गर्नुपर्ने भए पनि नभ्याइएको जानकारी दिए।
'प्रधाानमन्त्रीसहित पार्टी प्रमुख र अरू दलका नेता पनि मधेसकेन्द्रित दलका नेतासँग छलफलमा हुनुहुन्छ,' पौडेलले भने, 'सबैसँग वार्ता गर्ने र संविधानमा सबैलाई समावेश गर्ने प्रयासस्वरूप कुराकानी हुँदैछ। सबै नेपालीको यसमा संलग्नता होस् भन्ने कोसिस जारी छ। त्यसैले १/२ दिन पर गए पनि राम्रो सन्देश दिन लागिरहेका छौं।'
तर कार्यदलमा रहेका नेताहरूले केही महत्वपूर्ण निर्णय भने गरेका छन्। संविधानमा नै गाउँपालिका र नगरपालिकाका प्रमुखको कार्यकाल सकिएको ६ महिनाभित्र निर्वाचन गर्नुपर्ने संविधानमै उल्लेख गर्न सबै सहमत भएका छन्।
'स्थानीय निकायको निर्वाचन १६ वर्षसम्म भएको छैन,' संवाद समितिका सभापति बाबुराम भट्टराईले भने, 'अब गाउँपालिका र नगरपालिकाको निर्वाचन समय सकिनासाथ गर्ने भन्ने नयाँ संविधानमा व्यवस्था गर्न सबै सहमत भएका छौं। समय सकिएको अधिकतम ६ महिनाभित्र गर्नैपर्ने व्यवस्था राख्न सहमत भएका छौं।'
त्यसैगरी समावेशी आयोगको कार्यालय प्रदेशमा पनि राख्ने भन्ने निर्णय गरिएको उनले जानकारी दिए। उपसभामुखलाई संवैधानिक परिषदको सदस्य बनाउने बारेमा पनि सहमति भएको भट्टराईले बताए।
'अहिले कायम पुनरावेदन अदालत ६ वटा उच्च अदालतमा परिणत भएपछि बाँकी न्यायाधीशको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा संक्रमणकालीन व्यवस्था गर्ने सहमति भएको छ,' भट्टराईले भने, 'सर्वोच्च अदालतमा १५ जना स्थायी न्यायाधीश अपुग भयो भन्ने आएपछि १० जना अस्थायी वा अतिरिक्त थप गर्न सक्ने निर्णय गरेका छौं। जिल्ला न्यायाधीशको नियुक्तिका हकमा २० प्रतिशत आन्तरिक बढुवा, ४० प्रतिशत आन्तरिक प्रतिस्पर्धा र ४० खुला प्रतिस्पर्धाबाट भन्ने निर्णय गरेका छौं।'
जिल्ला न्यायाधीशको हकमा यसअघि ६० प्रतिशत आन्तरिक र ४० प्रतिशत खुलाबाट गर्ने व्यवस्था गरिएको थियो।
यस्तै, संवैधानिक आयोगको संसदीय मूल्यांकन नभई अनुगमन मात्रै गर्ने तर मानवअधिकार आयोगलाई अनुगमन नगर्ने भन्नेमा पनि सबै सहमत भएका छन्।
सीमांकनको विकल्पमा छलफल
प्रमुख दलहरूबीच सीमांकनमा सहमति हुन नसकेपछि सोमबार पनि विवादित विषय टुंगो लाग्न सकेन।
प्रदेश नम्बर १, २ र ३ मा बढी समस्या नदेखिए पनि ४, ५ र ६ नम्बर प्रदेशमा समस्या देखिएकाले कसरी मिलाउने भन्नेमै छलफल केन्द्रित रहेको नेताहरूले जनाएका छन्। सुर्खेतमा भएको आन्दोलन, थरुहट, कर्णाली लगायतका मागलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा छलफल चलिरहेको उनीहरूको भनाइ छ।
मध्यपश्चिमलाई छुट्टै सातौं प्रदेश बनाउने विषयमा प्रधानमन्त्री सुशील कोइराला, उपप्रधानमन्त्री वामदेव गौतम लगायतका शीर्ष नेताहरूबीच छलफल चलेको स्रोतले जानकारी दियो। थरुहट र कर्णालीलाई विशेष क्षेत्र बनाउने बारेमा पनि छलफल भएको छ। तर मंगलबारसम्म सबै विषयमा छिनोफानो गर्ने प्रयास भएको संवाद समितिका सभापति भट्टराईले जानकारी दिए।
५ प्रदेशमा एमाओवादीको आपत्ति
५ विकास क्षेत्रलाई नै ५ प्रदेश बनाउन नसकिने भन्दै एकीकृत नेकपा माओवादीले आपत्ति जनाएको छ। एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सोमबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै ५ विकास क्षेत्रलाई प्रदेश बनाउने विषयमा एमाओवादी सहमत हुनै नसक्ने जिकिर गरे।
'५ विकास क्षेत्रमा आधारित हुने प्रचार बाहिर आएको छ,' श्रेष्ठले भने, 'त्यसमा सहमति हुन सक्दैन। पुनर्विचार गर्ने हो भने ८ प्रदेशमा जान सकिन्छ तर ५ प्रदेशमा होइन।' उनले ५ विकास क्षेत्रमा पहिचान र सामर्थ्य भेट्नै नसकिने बताए।