पोखरा महानगरपालिकाको मतगणना दिउँसो २ बजेदेखि सुरु हुने
३१ वैशाख २०७९
•
१ मिनेट पाठ
पोखरा महानगरपालिकाको मतगणना दिउँसो २ बजेदेखि सुरु हुने
सर्वदलीय बैठकमा सहभागि दल तथा उम्मेदवारका प्रतिनिधिहरु। तस्बिर: सन्देश/नागरिक
पोखरा महानगरपालिकाको मतगणना दिउँसो २ बजेदेखि सुरु हुने भएको छ। स्थानिय तहको निर्वाचन अन्तर्गत हिजो सम्पन्न पोखरा महानगरपालिकाको निर्वाचनको मतगणना दिउँसो २ बजेदेखि हुन लागेको हो। आज पूर्वाह्न बसेको सर्वदलीय बैठकले मतगणना दिउँसो २ बजेबाट सुरु गर्ने निर्णय गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखराले जनाएको छ।




सर्वदलीय बैठकले मतगणनाका लागि प्रतिनिधि पठाउने समय दिउँसो १२ः३० बजेसम्मको समयसीमा निर्धारण गरेको छ। त्यस्तै, वडा अनुसार मतपेटिका मिलाउने समय दिउँसो १ः३० बजेसम्म र मतगणनाका लागि प्रतिनिधिहरुको नाम र फोटो उपलब्ध गराउने समय १ बजेसम्म तोकिएको छ।

पोखरा महानगरपालिकाको हिजो सम्पन्न मतदानमा ६८.९५ प्रतिशत मत खसेको थियो। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार पोखरा महानगरपालिकामा कुल २ लाख ७ हजार ७ सय १३ मतदाता रहेकोमा पोखरा महानगरपालिकामा १ लाख ४३ हजार २ सय २६ मत खसेको छ। जसमा पुरुष ६६ हजार ५ सय ६६ र महिला ७६ हजार ६ सय २० मत खसेको छ।
अर्को समाचार
एमालेको बहिस्कारपछि रोकिएको मतगणना ८ घण्टापछि पुनः सुरु
१० जेष्ठ २०७९
•
२ मिनेट पाठ
एमालेको बहिस्कारपछि रोकिएको मतगणना ८ घण्टापछि पुनः सुरु
स्थगित मत गणना सुरु गर्न माग गर्दै प्रदर्शनमा उत्रिएका नेपाली कांग्रेसका कार्यकर्ता। तस्बिरः उमेश पुन/नागरिक
पोखरा महानगरपालिकाको मतगणना पुनः सुरु भएको छ। एमालेको बहिस्कारपछि स्थगित भएको मतगणना साँझ ८ बजेदेखि पुनः सुरु भएको हो। नेकपा एमालेले खसेको मतमा गणना गर्दा ९ मत नभेटिएको भन्दै उक्त मत खोजी नभएसम्म मतगणना बहिस्कार गरेपछि मंगलबार पूर्वाह्न ११ बजेदेखि मतगणना कार्य रोकिएको थियो।




एमालेको बहिस्कारपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणना स्थगित गरेर गरेको सहमतिको प्रयास करीब ८ घण्टापछि सफल भएपछि मतगणना कार्य पुनः सुरु भएको हो। पोखरा–१८ का बारेमा नेकपा एमालेले दिएको निवेदन उपर मुख्य निर्वाचन अधिकृतको कार्यालय गम्भीर रहेको र आवश्यक कारवाहीका लागि प्रतिबद्ध रहेको प्रतिबद्धता जनाएपछि आफूहरु बाँकी वडाको मतगणना पुनः सुरु गर्न सहमत भएको नेकपा एमाले पोखरा महानगर कमिटी अध्यक्ष दीलिप न्यौपानेले जानकारी दिए।

एमालेले पोखरा महानगरापलिका वडा नम्बर १८ मा खसेको मत मध्ये ६ मत र पोखरा ३१ मा ३ मत अपुग भएकाले सो मत खोजी गर्न माग गर्दै मुख्य निर्वाचन अधिकृतसमक्ष निवेदन दिएको छ। पोखरा १८ मा जम्मा ३ मतले कांग्रेसले वडाध्यक्ष जितेपछि एमालेले वडा नम्बर १८ मा हराएको ६ मत खोजिनुपर्ने आफ्नो बटमलाईनका रुपमा प्रस्तुत गरेको छ। एमालेले वडा नम्बर १८ मा हराएको मतको खोजी गर्न माग गर्दै निवेदन दिएपछि नेपाली कांग्रेसलेपनि वडा नम्बर १ र वडा नम्बर १७ मा पनि केही मत कम भएकाले पोखरा–१८ मा जस्तो प्रक्रिया अप्नाईन्छ त्यस्तै प्रक्रिया अप्नाउन माग गर्दै निर्वाचन कार्यालयमा निवेदन दिएको छ। तर वडा नम्बर १८ मा सहमति भएमा भने ती वडामा पनि कुनै प्रक्रिया अघि बढाउन नपर्ने पोखरा–१७ का पराजित कांग्रेस उम्मेदवार देवराज आचार्यले बताएका छन्।

मतगणना स्थगित भएका समयमा नेपाली कांग्रेस र नेकपा एमालेले एउटाले मतगणना सञ्चालन गर्न र अर्कोले हराएको ९ मत खोजी गर्न माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय अगाडि प्रदर्शन गरेका थिए। एमालेले मतगणना बहिस्कार गरेपछि रोकिएको मतगणना सुरु गर्न कांग्रेसको माग थियो भने एमालेले ‘हाम्रो ९ मत हराउने, कांग्रेसलाई ३ मतले जिताउने? भन्दै नाराबाजी गरेका थिए।

मंगलबार विहानदेखि मतगणना रोकिएपछि गठबन्धनको विजयी र्‍याली प्रभावित भयो। गणना गर्न बाँकी मत भन्दा मेयरका उम्मेदवार धनराज आचार्यले प्रतिष्पर्धीसँग बनाएको मतान्तर बढी भएपछि गठबन्धनले मंगलबार विहानसम्म अन्तिम मत परिणाम आउने अनुमानका आधारमा मंगलबार दिउँसो १२ बजेपछि विजयी र्‍याली निकाल्ने तयारी गरेको थियो। तर मतगणना स्थगित भएपछि विजयी र्‍याली प्रभावित बनेको हो।

गत वैशाख ३० गते भएको स्थानिय तहको निर्वाचनमा पोखरा महानगरपालिकामा १ लाख ४३ हजार २ सय २६ मत खसेको थियो। त्यसमध्ये हालसम्म १ लाख ३९ हजार ४ सय ११ मतगणना सकिएको छ। जसमा नेकपा एकीकृत समाजवादीका धनराज आचार्य ५७ हजार ७२ मत ल्याएर बाँकी मतगणना नगर्दै विजयी भइसकेका छन्। उनले प्रतिष्पर्धी नेकपा एमालेका कृष्ण थापालाई ५ हजार ४ सय ८५ मतान्तरले पछि पारेका छन्। थापाले ५१ हजार ५ सय ८७ मत प्राप्त गरेका छन्।

त्यस्तै, उपमेयरमा नेकपा एमालेकी मञ्जुदेवी गुरुङपनि मतगणना बाँकी छँदै विजयी भइसकेकी छन्। मञ्जुले नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटलाई ३ हजार ९ सय ९० मतान्तरले पछि पारेकी छन्। मञ्जुले ५९ हजार ७० मत प्राप्त गरेकी छन् भने कोपिलाले ५५ हजार ८० मत प्राप्त गरेकी छन्। अब ३ हजार ८ सय १५ मत मात्र गणना गर्न बाँकी छ।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस