बाह्रविसे नगरपालिका र जुगल गाउँपालिकामा वडाध्यक्ष जित्दै सत्तारुढ नेपाली कांग्रेसले खाता खोलेको छ। बाह्रविसे– १ मा वडाध्यक्षसहित प्यानलै कांग्रेस उम्मेदवार बिजयी भएका छन्।
कांग्रेस उम्मेदवार आङदोर्जे शेर्पा १ सय ९८ मतान्तरले अध्यक्षमा निर्वाचित भए। उनले निकटतम् प्रतिस्पर्धी एमाले उम्मेदवार प्रेमकुमार मगरलाई परिाजित गरे। शेर्पाले ४ सय १५ मत ल्याउँदा मगरले २ सय २७ भोट मात्र पाए। अन्य चार वडा सदस्यमा पनि कांग्रेस उम्मेदवार नै बिजयी भएका छन्। यहाँ वडा नं. १ बाट मतगणना थालिएको थियो। अहिले वडा नं. २ को मतगणना भइरहेको छ।
त्यस्तै जुगल गाउँ पालिकामा पनि कांग्रेसले जितको खाता खोलेको छ। जुगल–१ को वडाध्यक्षमा कांग्रेस उम्मेदवार जनक लामा बिजयी भएका छन्। उनले एकीकृत समाजवादी–माओवादी गठबन्धनका उम्मेदवार कमल थापालाई ७ मतको झिनो अन्तरले हराए। लामाले ५ सय ८४ र थापाले ५ सय ७७ मत ल्याए।
पराजित थापा निवर्तमान वडाध्यक्ष हुन्। अघिल्लो निर्वाचनमा उनी एमालेबाट उम्मेदवार भइ अध्यक्ष निर्वाचित भएका थिए। अहिले यहाँ वडा नं. २ को मतगणना भइरहेको छ।