विगतकाे सहमति कार्यान्वयन नभएसम्म अान्दाेलनः मधेसी माेर्चा
०२ भदौ २०७२
•
७ मिनेट पाठ
विगतकाे सहमति कार्यान्वयन नभएसम्म अान्दाेलनः मधेसी माेर्चा
काठमाडौं–विगतमा सरकारसँग भएको आठ बुँदे सहमति कार्यान्वयन नभएसम्म आन्दोलनलाई निरन्तरता दिने संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले निर्णय गरेको छ।मोर्चाको बुधबार विहान तमलोपा पार्टी कार्यालयमा बसेको बैठकले ०६४ फागुन ४ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच भएको ८ बुँदे सहमति कार्यान्वयन पहिलो सर्त भएको निष्कर्ष निकाले संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए ।

मोर्चाको बैठकमा तराईका जिल्लामा भएको आन्दोलनलाई थप सशक्त बनाउने र विगतमा भएको सहमति कार्यान्वयन हुने अवस्था नभएसम्म सरकारसँग कुनै वार्ता नगर्ने निष्कर्षसमेत निकालेको छ । बैठकमा सद्भावना पार्टीले संविधनसभाबाट अलत हुने निर्णय गरेको विषयमा गंभीरतापुर्वक छलफल भएपनि मोर्चाका अन्य घटनले भने तत्काल संधिवानसभा नछोड्ने निर्णय भएको छ ।

सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महताले सरकारसँग तत्काल कुनै किसिमको वार्ता नगर्ने निष्कर्ष बैठकले निकालेको बताए । 'सरकारसँग कुनै नयाँ माग छैन,' महतोले नागरिकन्युजसँग भने,'विगतमा भएका सहमति संस्थागत गर्ने र कार्यान्वयन नै हाम्रो एजेण्डा हो ।' बैठकमा आन्दोलनमा व्यापक जनसमर्थन रहेको भन्दै आन्दोलनलाई थप सशक्त बनाउने निर्णय भएको फोरम नेपालका अध्यक्ष यादवले जानकारी दिए । 'जनताको शान्तिपुर्ण आन्दोलनमा सरकारले जुन ढंगले दमन गरेको छ त्यसको भत्र्सना गर्ने निर्णय भयो,' यादवले नागरिकन्युजसँग भने,'आन्दोलनलाई अझै सशक्त बनाउने विषयमा गंभीर छलफल भयो ।'

बैठकमा आन्दोलनमा व्यापक जनसमर्थन जुटेको निष्कर्ष निकाल्दै भोलीदेखि नै चारवटै दलका शीर्ष नेता मधेस जाने निर्णय गरेको छ । 'अहिले सरकारवादी दलले आन्दोलनकारी दलसँग जनसमर्थन नभएको भन्दै गरेको प्रचारलाई दुई दिनको मधेस आन्दोलनले गलत सावित गरिदिएकोछ,' सद्भावना अध्यक्ष महतोले भने,'अब कुनै पनि हालतमा आफ्ना माग पुरा नभएसम्म आन्दोलन रोकिनु हुन्न भन्ने विषयमा सहमति भएको छ ।'

बैठकले थरूहट र मधेस अान्दाेलनका क्रममा मृत्यु भएका परिवारलाई प्रदेश सरकार गठनभएपछि पचास लाख दिने, मृतकका सन्तानलाई निशुल्क शिक्षा दिक्षाकाे व्यवस्था गर्ने, मुद्दा मिल्ने अादिवासी,जनजाति तथा थारूसँग सहकार्य गर्ने निर्णय गरेकाे महताले जानकारी दिए ।

अहिलेको संविधानसभासँग आफूहरुको कुनै अपेक्षा नरहेको भन्दै बैठकले विगतमा भएको आठ बुँदे सहमति कार्यान्वयन मुख्य मुद्दा रहेको निष्कर्षसमेत निकालेको छ । 'आठ बुँदे सहमति कार्यान्वयन हुने वित्तिकै आफूहरुका सम्पुर्ण माग पुरा हुने भन्दै बैठकले आठ बुँदे सहमतिलाई नै मुख्य एजेण्डा बनाउने सहमति गरेको छ ।

बैठकले थरुहटसँग सहकार्य र समन्वय गर्दै संयुक्त रुपमा आन्दोलन संचालन गर्नुपर्ने निष्कर्ष निकालएको एक नेताले जानकारी दिए । तमलोपा केन्द्रीय सदस्य सुरेश मण्डलका अनुसार विगतमा मधेसी र थारु समुदायबीच केही असमझदारी भएपनि अहिले दुवै पक्षले त्यो कुरा बुझेको निष्कर्षसहित संयुक्त रुपमा आन्दोलन गर्ने सहमति भएको छ । मधेसी र थरुहटबीच समग्र मधेस थरुहट प्रदेश वा झापादेखि पर्सासम्म मधेस प्रदेस र परासीदेखि कैलालीसम्म थरुहट प्रदेश बनाउने दुई विकल्पैमा सहमति भएको छ ।

आठ बुँदेमा के छ ?

०६४ तत्काली सरकार र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच आठ बुँदे सहमति भएको थियो ।

१) मधेस आन्दोलनका क्रममा शाहदर प्राप्त गरेकालाई सहिद घोषणा गर्ने, राहत नपाएकालाई उचित राहतको व्यवस्था गर्ने, आन्दोलनका मृत्यु भएकालाई सहिद घोषणा गरी दश लाखका दरले रकम उपलब्ध गराउने र पक्राउ परेको कार्यकर्तालाई रिहा गर्ने ।

२) मधेसी जनताको स्वायत्त मधेस प्रदेशको चाहनालगायत अन्य क्षेत्रका जनताको स्वायत्त प्रदेशको चाहनालाई स्वीकार गरी नेपाल संघीय गणतन्त्रात्मक राज्य हुनेछ । संघीय संरचनामा के्रन्द्र र प्रदेशबीच स्पष्ट रुपमा शक्तिको बाँडफाड गरिने छ। प्रदेश रुर्ण रुपमा स्वायत्त र अधिकार सम्पन्न हुनेछ ।

३) संविधानसभा सदस्य निर्वाचन ऐन–२०६४ को दफा ७ को उपदफा १४ मा रहेको २० प्रतिशतको वर्तमान कानुनी व्यवस्थाको सट्टा ३० प्रतिशत गरिनेछ ।

४) सरकारले सुरक्षा अंगलगायतका राज्यका सबै निकायमा मधेसी, जनजाति, आदिवासी, महिला, दलित, पिछडिएको क्षेत्र र अल्पसंख्यक समुदायको समावेशी समानुपातिक सहभागिता हुने गरी सरकारले नियुक्ती, बढुवा र मनोनयन अनिवार्य रुपमले गर्नेछ ।

५) नेपाली सेनालाई राष्ट्रिय स्वरुप प्रदान गर्न र समावेशी गराउन मधेसीलगायत अन्य समुदायको समानुपातिक र समावेशी तथा समुहगत प्रवेशलाई सुनिश्चित गरिनेलगायतका आठ बुँदा छन् ।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
५ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस