एमाले सांसदकै वडामा कांग्रेसका वडाध्यक्ष विजयी
३१ वैशाख २०७९
•
३ मिनेट पाठ
एमाले सांसदकै वडामा कांग्रेसका वडाध्यक्ष विजयी
तनहुँमा नेपाली कांग्रेसले वडाध्यक्षमा भिमाद नगरपालिका–१ बाट विजयी सुरुवात गरेको छ। शनिबार साँझ आएको अन्तिम मतपरिणाममा एमालेका उम्मेद्वारलाई पराजित गर्दै नेपाली कांग्रेसका दिपक आले ५७ मतान्तरले वडाध्यक्षमा विजयी भएका हुन्। उनले एक हजार ५९ मत प्राप्त गरेको निर्वाचन अधिकृत रामचन्द्र शर्माले बताए। उनका निकटम प्रतिद्धन्दी नेकपा एमालेका बलबहादुर थापाले एक हजार दुई मत प्राप्त गरे। खुलातर्फका दुई वडा सदस्यसँगै, खुला महिला र दलित महिला सदस्यमा भने एमालेका उम्मेद्वार विजयी भएका छन्।




नेपाली कांग्रेसले वडाध्यक्षमा विजयीको खाता खोलेको वडा नेकपा एमालेको तर्फबाट तनहुँ क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा विजयी केदार सिग्देलको वडा हो। यस्तै, संविधान सभा सदस्य एवम नेकपा एमालेका केन्द्रिय सदस्य टुकराज सिग्देल पनि यहीँ वडाका हुन्। वडाध्यक्षको उम्मेद्वार चयनमा एमाले सफल नहुदाँ पकड वडाबाटै वडाध्यक्षमा पराजित हुन परेको छ।  किनकी वडा सदस्यमा १५६ देखी २२२ सम्म मतान्तर छ।

तनहुँको नौ स्थानीय तहमा मतगणना सुरु भएको छ। व्यास नगरपालिकामा अझै मतगणना हुन सकेको छैन्।  शनिबार दिउँसो भानु नगरपालिकामा मतगणना सुरु भएसँग जिल्लाको नौ स्थानीय तहमा मतगणनाले तिब्रता पाएको हो। जिल्लाको म्याग्दे गाउँपालिका, बन्दीपुर गाउँपालिका र घिरिङ गाउँपालिकामा शुक्रबार रातीदेखी नै मतगणना  सुरु गरिएको थियो। भिमाद नगरपालिकामा शनिवार विहानदेखी मतगणना सुरु भएको हो। शुक्लागण्डकी नगरपालिका, भानु नगरपालिका,  ऋषिङ गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र देवघाट गाउँपालिकामा शनिबार दिउँसो मतगणना सुरु गरिएको छ।

व्यास नगरपालिकामा भने मतगणना सुरु हुन सकेको छैन्। व्यास नगरपालिका–८ साविकको रिस्ती गाविसको भवन फेदीको मतदान केन्द्रमा स्वतन्त्र मेयरका उम्मेद्वार दिपकराज जोशी कुटिएका। नेकपा एमालेसँग तालमेल गर्दै उनले व्यासको मेयरमा स्वतन्त्र उम्मेद्वारी दिएका थिए। मतदान निरिक्षणको क्रममा कुटिएपछि टाउकोमा गम्भिर चोट लागेका उनको काठमाडौंमा उपचार भईरहेको छ।

नेकपा एमाले र गोविन्दराज जोशी समूहले व्यास नगरपालिका–८ रिस्तीमा पुनः मतदान गर्न माग गरेका छन्। नेकपा एमाले तनहुँका सचिव राजेश्वर ढकाल र गोविन्दराज जोशी समुहकातर्फबाट हरिशरण पण्डितले शुक्रबार प्रेस विज्ञप्ती सार्वजनिक गरी गाविस भवन फेदीमा भएको मतदान स्थल (क) र (ख) केन्द्रमा भएको मतदान प्रकृया स्थगन गरी पुनः भयरहित वातावरणमा मतदान गर्न माग गरेका हुन्।

मतदानका क्रममा भएका प्रकृयाहरु छानबिन गरी पुनः मतदान हुनेस्थिति नहुँदासम्म अन्य मतदान केन्द्रका मतपेटिकाका मतहरु समेत गणना नगर्न अनुरोध गर्दै मतगणनामा सहभागी नहुने विज्ञप्तीमा उल्लेख छ। त्यसैले पनि व्यासमा मतगणना सुरु हुन सकेको छैन्।

शुक्रबार तनहुँका १० स्थानीय तहको ८५ वडामा नयाँ नेतृत्व चयनका लागि १३६ मतदानस्थलको २९७ मतदान केन्द्रबाट उल्लासपुर्ण वातावरणमा मतदान भएको थियो। निर्वाचनमा जिल्लाका ६४.४० प्रतिशत मतदाताले मतादान गरेका छन्। जिल्लामा दुई लाख ४४ हजार ३४० मतदाता मतदान गर्न योग्य थिए। प्रारम्भिक विवरण अनुसार जिल्लामा एक लाख ५७ हजार ३५५ जनाले मतदान गरेको जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरि ढकालले जानकारी दिए। उनका अनुसार मतदान गर्न योग्य भएर पनि ८६ हजार ९८५ मतदाताले मतदान नै गरेनन्। 
अर्को समाचार
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
३ मिनेट अघि
•
१ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।




इनम सापकोटा प्रकरणमा सरकारले कृत्रिम प्रमाण सिर्जना गर्न खोजेको आरोप सार्वजनिक भएपछि सरकारको अनुसन्धान प्रणाली र राज्यशक्तिको दुरुपयोगमाथि गम्भीर प्रश्न उठेको भन्दै बस्नेतले यस्तो उक्त टिप्पणी गरेका छन्।

‘सत्ता स्थायी होइन तर राज्यले गरेको गैरकानुनी कामको जवाफदेहिता स्थायी हुन्छ। सरकारमा बस्नु भनेको संविधान र कानुनभन्दा माथि बस्नु होइन,’ उनले भने।

प्रहरी र प्रशासन सरकारका निजी संयन्त्र नभई संविधान र कानुनप्रति उत्तरदायी संस्था भएको उल्लेख गर्दै सरकार पनि कानुन र दवाफदेहिताको दायरमा बस्नुपर्ने उनको भनाइ छ।

बस्नेतले सरकारलाई प्रश्न गर्दै भनेका छन्, ‘नागरिकले गल्ती गरे कानुन लाग्ने, तर सरकारी निकायका जिम्मेवार व्यक्ति र संयन्त्रले नै कानुन मिचेको आरोप लाग्दा छानबिन नहुने ? राज्यशक्तिको प्रयोग गरेर कसैलाई फसाउन पाइँदैन। सरकारका गतिविधि कानुनभन्दा माथि र बाहिर हुँदैनन्।’

विवादास्पद कार्यशैली र एकपछि अर्को गरी सार्वजनिक भइरहेका प्रकरणले बालेन्द्र शाह नेतृत्वको सरकारको चरित्र उदाङ्गो बनाउँदै लगेको उनको टिप्पणी छ। सरकार सुशासनको नारा दिएर राज्य आतंकको बाटोमा हिड्न खोज्नु विडम्बनापूर्ण भएको उनको टिप्पणी छ।
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यो पनि पढौँ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस