तौलिहवा र चार नम्बर दिनभर तनावग्रस्त, १५ सुरक्षाकर्मी घाइते
०२ भदौ २०७२
•
७ मिनेट पाठ
तौलिहवा र चार नम्बर दिनभर तनावग्रस्त, १५ सुरक्षाकर्मी घाइते
कपिलवस्तु–प्रस्तावित ६ प्रदेश बिरुद्ध आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा तथा प्रहरीबीच झडप हुँदा कपिलवस्तुको सदरमुकाम तौहिलवा दिनभर नै तनावग्रस्त बनेको छ । आन्दोलनकारी र प्रहरीबीच दिउँसो २ बजे देखि साँझ ६ बजेसम्म ढुंगा हानहान हुँदा तौहिलवा बजार तनावग्रस्त बनेको हो।२ हजार बढीको संख्यामा रहेका आन्दोलनकारीले प्रहरीमाथि लगातार ढुंगा प्रहार गरेका थिए । स्थितिलाई नियन्त्रणमा लिन दर्जनौ राउन्ड अश्रु ग्यास प्रहार गरेको प्रहरीले जनाएको छ । प्रहरी उपरिक्षक बिक्रम गुरुङले १ सय १० राउन्ड अश्रु ग्यास, २५ थ्रिनट र ३ ग्रिनेट प्रयोग गरिएको जानकारी दिए ।

andolan 1

हातमा लाठी बाेकेर विराेध प्रदर्रशनमा उत्रिएका अान्दाेलनकारी ।

प्रहरीको गोली प्रहारबाट दुई जना आन्दोलनकारी घाइते भएका छन् । कपिलवस्तु नगरपालिका ५ बस्ने राजेन्द्र महरा तथा वडा नम्बर १२ बस्ने पुन्यवासी कहाँरलाई गोली लागेको छ । कहारको पाखुरा तथा महराको घुडामा गोली लागेको मोर्चाका नेता तथा सभासद बृजेश कुमार गुप्ताले बताए । दुबैको तौलिहवा अस्पतालमा उपचार पछि गोली निकालिएको थियो । झडपमा एक दर्जन मोर्चाका कार्यकर्ता घाइते भएको जनाइएको छ।

झडपमा परी प्रहरी उपरिक्षक विक्रम गुरुङसहित १० जना नेपाल प्रहरी र ५ जना सशस्त्र प्रहरी घाइते भएको प्रहरी निरीक्षक रबिन्द्र गुरुङले बताए । मंगलबारको प्रहरी झडपपछि बुधबार विहानैदेखि आक्रामक बनेका आन्दोलनकारीहरुले प्रशासन कार्यालयमा ढुंगा प्रहार गरेपछि दोहोरो झडप सुरु भएको थियो । प्रमुख प्रहरी उपरीक्षक विक्रम गुरुङले केही आन्दोलनकारीहरुलाई पक्राउ गरिएको बताए । प्रहरीले तौहिलाव अस्पताल र कपिलवस्तु नगरपालिका परिसमा पसेरसमेत लाठी चार्ज गरेको मोर्चाले आरोप लगाएकोे छ । अस्पतालका स्वाथ्यकर्मी र बिरामीमाथि दमन गरिएको मोर्चाका नेता अब्दुल रसिद खाँले आरोप लगाए ।

यता मोर्चाका नेता तथा सभासद वृजेश कुमार गुप्ताले आन्दोलनकारीलाई संयम रहन आग्रह गरे पनि आन्दोलन हिंश्रक बनेको थियो ।  मधेश आन्दोलनलाई बदनाम गराउन केही दलले आफ्ना कार्यकर्ता छिराएर हिंस्रक बनाउन खोजेको उनले आरोप लागाए । उता मोर्चाका कार्यकर्ताहरुले बुधबार विहानै तिर्तिखी गाविस कार्यालयमा आगजनी गरेका छन् । बन्दको अवज्ञा गरेको भन्दै २०–२५ जनाको समूहले गाविस कार्यालयमा तोडफोड गर्नुका साथै आगजनी समेत गरेको प्रहरीले जनाएको छ ।

आगजनीबाट कार्यालयका फर्निचर तथा महत्वपूर्ण कागजात जलेर नष्ट भएको गाविस सचिव राजेश कुर्मीले जानकारी दिए ।  मंगलबार आन्दोलनकारीहरुले जिल्लाका ३ वटा सरकारी कार्यालयम आगजनी र तोडफोड गरेका थिए । स्थाानियबासीहरुले शान्तिपूर्ण आन्दोलन गर्न मोर्चासँग आग्रह गरेका छन् । मोर्चाको माग जायज भएपनि आन्दोलन उग्र बन्दै गएको प्रति मानवअधिकारकर्मी तथा नागरिक समाजले चिन्ता व्यक्त गरेका छन् ।

Andolan 3

सुरक्षाकर्मीमाथि ढुंगा प्रहारगर्दै अान्दाेलनकारी ।

यसै गरी शशस्त्र प्रहरी सीमा सुरक्षा बल मर्यादपुरले एक थान बन्दुक नियन्त्रणमा लिएका छन् । बैदौली ३ मा आन्दोलनकारीले बन्दुक लिएर प्रर्दशन गर्दै गर्दा प्रहरीले १२ बोरको उक्त हतियार नियन्त्रणमा लिएको थियो । सुरक्षा बलले हतियार जिल्ला प्रहरी कार्यालयलाई बुझाएको छ । उता बाणगंगा नगरपालिकाको चार नम्बरमा स्थानीयबासी र आन्दोलनरत थारु कल्यणकारिणीसभाका कार्यकर्ताबीच बुधवार दिउसो झडप हुँदा एक दर्जन घाइते भएका छन् । थारु संबन्ध मोर्चाका कार्यकर्ताहरुले चार नम्बरमा कोणसभा गरिरहेको बेला झडप भएको प्रहरीले जनाएको छ ।

झडपमा परी स्थानीय तर्फ राजेश सेन, ईश्वर थापा, समिर सेन घाइते भएका छन् भने आन्दोलनकारी तर्फ हरि थारु, रामलोचन थारु, देवनारायण थारु, पदम बहादुर थारु र रामबहादुर थारु लगाएतका घाइते भएका छन् । भागदौडको क्रममा अन्य समेत घाइते भएको बताइएको छ । घाइतेमध्ये एकजना स्थानीय राजेश सेन सहित तथा २ जना आन्दोलनकारीलाई थप उपचारका लागि बुटवल पठाइएको अस्पतालले जनाएको छ ।

आन्दोलनकारीले बुटवलबाट पश्चिमतर्फ आउँदै गरेको भे५प४१५८ नंम्बरको मोटरसाइकल रोकिराखेको अवस्थामा आन्दोलनकारीले तोडफोड गरेपछि स्थानीय र आन्दोलनकारीबीच विवाद बढेको हो । आन्दोलनकारी र स्थानीय संघसंस्थाबीच आज दिउसो भएको सहमतिमा शान्तिपूर्ण सद्भाव र्याली आयोजना गर्ने भनिएपनि आन्दोलनकारी लाठि सहित सयौंको संख्यामा उपस्थित भएपछि चारनम्बर बजार तनावपूर्ण बनेको थिए ।

झडप सिर्जना भएपछि आन्दोलनकारी चढेर आएका ५० बढी साइकल छाडेर गएका थिए । चारनम्बर बजार क्षेत्रमा सुरक्षाका लागि व्यापक प्रहरी परिचालन गरिएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक मुरलीमोहन अधिकारीले दिए ।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
६ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस