विशेष समितिमा प्रदेशकै किचलो
०२ भदौ २०७२
•
७ मिनेट पाठ
विशेष समितिमा प्रदेशकै किचलो
काठमाडौं- राज्य पुनःसंरचनाअन्तर्गत प्रदेश संख्या र सिमांकनमा अन्तिम टुंगो नलाग्दा संविधानको विधेयक निर्माणमा ढिलाइ भएको छ।
संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिमातहत विशेष समितिको बुधबार बसेको बैठकले पनि सीमांकनमा ठोस निष्कर्ष निकाल्न सकेन। यसअघि तयार पारिएको सीमांकनमा विभिन्न क्षेत्रबाट विरोध जारी रहेपछि सबैको चित्त बुझ्ने गरी कसरी टुंगो लगाउने भन्नेमै छलफल केन्द्रित भएको नेताहरूले जनाएका छन्।

तर संविधान मस्यौदा समितिले आफ्नो काम सकिनै लागेको जनाउँदै बिहीबारसम्म विशेष समितिले विवादित विषयहरू नमिलाए यसअघिकै प्रस्ताव समेटेर पठाउने तयारी गरेको छ।

बैठकमा मस्यौदा समिति सभापति कृष्णप्रसाद सिटौलाले आफूहरू विशेष समितिको निर्णय पर्खेर बसेको जानकारी गराउँदै बिहीबारसम्म विषयहरू टुंगो नलागे यसअघिकै प्रस्ताव पठाउने बताएका थिए।

'हामी विशेष समितिको निर्णय पर्खेर बसेका छौं,' मस्यौदा समिति सदस्य रमेश लेखकले भने, 'विशेष समितिले सीमांकनका बारेमा टुंगो लगाउन नसके अब हामी पर्खिरहन्नौं।'

नेकपा एमालेका सभासद रेवतीरमण भण्डारीले पनि मस्यौदा समितिले आफ्नो काम सकिसकेकाले विशेष समितिको निर्णय पर्खिएको बताए।

संविधानसभाले मस्यौदा समितिलाई शुक्रबारसम्मको समय थप गरिदिएको थियो। मस्यौदा समितिमा हरेक धारामा रहेका शब्दहरूमा छलफल भइरहेको नेताहरूले जानकारी गराएका छन्।

विशेष समितिको बैठकमा बुधबार पनि सीमांकनमा धेरै विकल्प अघि सारेर छलफल गरिएको थियो। ६ प्रदेशमा जाँदा कैलालीको केही भूभाग थरुहट क्षेत्रमा समावेश गर्नैपर्ने मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारको अडान थियो। तर यसमा कांग्रेस र एमालेका नेताहरू तयार देखिएनन्।

कांग्रेसले सुदूर र मध्यपश्चिम क्षेत्रमा रहेका सबै जिल्लालाई समावेश गरेर एउटा प्रदेश तथा पश्चिमाञ्चलका सबै जिल्ला समावेश गरेर अर्को प्रदेश बनाउन प्रस्ताव गरेको थियो। सो प्रस्तावमा बाँकी ३ प्रदेशलाई कायमै राखेर छैटौं प्रदेशमा काठमाडौं वरिपरिका केही जिल्ला केन्द्र शासित क्षेत्र बनाउनुपर्ने थियो। तर यसमा एमाओवादी तयार नभएको स्रोतले जानकारी दियो। त्यसपछि एमाओवादीले सबैको माग सम्बोधन गराउन कांग्रेस र एमालेले ल्याएको ७ प्रदेशको खाकामा जान सकिने प्रस्ताव गरेको थियो। तर त्यसमा कांग्रेस र एमालेका नेताहरू नै तयार नभएको स्रोतले जानकारी दियो।

'विभिन्न विकल्पमा सहमत नभएपछि तपार्इंहरूले ९ बुँदे प्रस्तावमा ल्याएको ७ प्रदेशमा जाऊँ,' एमाओवादीको प्रस्ताव उल्लेख गर्दै बैठक स्रोतले जानकारी दियो। स्रोतका अनुसार कांग्रेस र एमालेका नेताहरूले ७ प्रदेश बढी हुने भनेपछि केही टुंगो लागेन।

कांग्रेस र एमालेसहित सत्तारूढ दलका तर्फबाट कात्तिकमै संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिमा फरक प्रस्ताव दर्ता गराइएको थियो। त्यसमा नवलपरासीबाहेक अन्य कुनै पनि जिल्ला नटुक््रयाई ७ प्रदेशको खाका कोरिएको छ।

बैठकबाटै प्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइराला र फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदार हिँडेपछि बिहीबार बिहान बैठक बसेर सीमांकनको टुंगो लगाउने गरी बैठक सकिएको थियो।

बैठकमा सबैजसो नेता बागलुङ र रुकुम टुक््रयाउन नहुने पक्षमा देखिएका थिए। बैठकपछि संवाद समिति सभापति बाबुराम भट्टराईले सीमांकनमै छलफलकेन्द्रित भएकाले बिहीबार टुंगो लगाउने बताए।

'धेरै विषय टुंगो लागिसकेको छ,' भट्टराईले भने, 'सीमांकनमा उठेका विषयलाई सम्बोधन गरेर टुंगो लगाउने भनेका छौं। करिब–करिब नजिक छौं। पार्टीमा एक राउन्ड छलफल गरौं भन्ने कुरा आएपछि बैठक बिहानसम्म स्थगित गरिएको हो।'

भट्टराईले प्रदेश र सीमांकनका विषयमा सबै पार्टीले विभिन्न विकल्प राखेको जानकारी दिए। कांग्रेस उपसभापति रामचन्द्र पौडेलले बैठकमा ७ प्रदेशको प्रस्ताव आएको स्वीकार गर्दै त्यसलाई १६ बुँदे र जनताको सुझावले खण्डन गरिसकेकाले अब धेरै प्रदेशमा जान नसकिने बताए।

'७ मा जाऊँ, ८ प्रदेश बनाउँ्क र ५ मा जाऊँ भन्ने पनि प्रस्ताव आएका छन्,' पौडेलले भने, '७ प्रदेशको कुरा धेरै अघिको हो। १६ बुँदे र जनताको सुझावले त्यसलाई खण्डन गरिसकेको छ। त्यसलाई वैधानिकता दिने कुरा भएन।' पौडेलले बिहीबार बिहान बसेर सबै विषय टुंगो लगाउने जानकारी दिए।

एमालेका नेता विष्णु पौडेलले पनि ६ प्रदेशभन्दा धेरै जान सक्ने अवस्था नभएकाले त्यसकै वरिपरिमा सहमति हुने जानकारी दिए। '६ भन्दामाथि जाँदैन,' पौडेलले भने, 'प्रदेश र सीमांकनमा विभिन्न प्रस्ताव आएका छन्। सहमतिको नजिकै छौं।'
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
५ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस