काठमाडौं- राजनीतिक अस्थिरताले देशभित्र रोजगारका अवसर सिर्जना हुन नसक्दा निकै ठूलो संख्यामा नेपाली युवायुवती रोजगारको खोजीमा बिदेसिएका छन्। वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको रोजगारको खोजीमा वैधानिक तरिकाले तेस्रो राष्ट्र पुगेका नेपालीको तथ्यांकले सबैलाई आश्चर्यमा पार्छ।विभागको तथ्यांक बोल्छ, '२१ वर्षमा वैधानिक तरिकाले वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या करिब ४५ लाख पुगेको छ।'
विभिन्न समय बिदेसिएको भए पनि रोजगारको सिलसिलामा बिदेसिने कूल संख्या नेपालको कूल जनसंख्याको करिब १७ प्रतिशत हो। सन् २०११ को गनगणनाले नेपालको कूल जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ देखाएको छ। जनगणनाअनुसार १५ देखि ४९ वर्षसम्मको जनशक्ति नेपालमा १ करोड ३२ लाख ६८ हजार १ सय ९ छ। यसलाई काम गर्नसक्ने जनशक्तिको सूचीमा राख्ने हो भने करिब ३४ प्रतिशत यस्तो जनशक्ति २१ वर्षमा वैदेशिक रोजगारको खोजीमा बिदेसिएको देखिन्छ।
'देशभित्र विकास ठप्प भएको र आन्तरिक रोजगारी सिर्जना हुन नसक्दा ठूलो संख्यामा युवा जनशक्ति रोजगार खोजीमा विदेशी भूमिमा पुगेको देखिन्छ,' आप्रवाससम्बन्धी विज्ञ गणेश गुरुङले नागरिकसँग प्रतिक्रिया जनाए, 'हाम्रो विकास र हामी असफल भएको प्रमाण हो यो।'
सरकारी निकायबाट पूर्व श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका अधिकांश नेपाली कामदार खाडी राष्ट्र र मलेसिया पुगेका छन्। निकै कम संख्यामात्र रोजगारी सिलसिलामा दक्षिण कोरिया, जापान र इजरायल पुगेका छन्। वैदेशिक रोजगारीमा जाने अधिकांश नेपाली अदक्ष कामदारका रूपमा गएको देखिन्छ।
वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०५१/०५२ देखि २०७१/०७२ सम्म २१ वर्षको अवधमिा कूल ४४ लाख ५३ हजार ४ सय ४६ जना नेपाली वैधानिक तरिकाले वैदेशिक रोजगारमा गएको देखिन्छ। यसरी जानेमध्ये ९३.५७ प्रतिशत पुरुष छन् भने ३.४३ प्रतिशत महिला।
२०५१ देखि २०७२ सम्मको २१ वर्षको अवधिमा सरकारले १ सय १० राष्ट्र वैदेशिक रोजगारीका लागि खुला गरेको थियो। केही वर्ष यता इराक र लिबियामा द्वन्द्व बढेपछि ती देशमा जान सरकारले रोक लगाएको छ।
वैदेशिक राजगारमा १ सय ८ देशमा जान पाउने भए पनि अधिकांश नेपाली रोजगारको खोजीमा मलेसिया, कतार, साउदी अरब, युनाइटेड अरब इमिरेट्स (युएई), कुवेत, बहराइन, ओमन, दक्षिण कोरिया, लेबनान, इजरायल, अफगानिस्तान र जापान गएको देखिन्छ।
'अब झन् वैदेशिक रोजगारमा जानेको संख्या बढ्ने देखिन्छ, यसका तीनवटा कारण छन्– वैशाख १२ को भूकम्प, शिक्षा प्रणाली र निशुल्क भिसा तथा टिकटको व्यवस्था,' गुरुङले भने।
गुरुङका अनुसार भूकम्पपछि देशभित्रै नयाँ रोजगारी सिर्जना हुने र विदेश जान नपर्ने मानसिकता युवामा पलाएको थियो तर पुनर्निर्माणमा सरकारले देखाएको ढिलासुस्तीले युवामा धैर्यताको बाँध टुटिसकेको बुझाइ उनको छ। यसकारण अझ ठूलो संख्यामा नेपाली वैदेशिक रोगजारको सिलसिलामा बिदेसिने उनी बताउँछन्। भन्छन्, 'हाम्रा धेरै विद्यार्थी एसएलसीमा फेल हुन्छन्, यस्ता विद्यार्थीले वैदेशिक रोजगारीलाई उच्च प्राथमिकता दिएको देखिन्छ। फेल भए पनि, पास भए पनि विदेश– युवाको बुझाइ छ।'
वैदेशिक रोजगारीमा जानेलाई सरकारले निःशुल्क भिसा तथा टिकटको व्यवस्था लागू गर्दा स्वयं रोजगारीमा जानेलाई फाइदा भए पनि राष्ट्रका लागि भने घाटा हुने गुरुङ बताउँछन्। निःशुल्क भिसा र टिकटले युवा जनशक्तिलाई वैदेशिक रोजगारीमा जान प्रोत्साहन मिलेको उनको भनाइ छ।
विभागको तथ्यांकअनुसार हालसम्म सबैभन्दा धेरै नेपाली वैदेशिक रोजगारको सिलसिलामा मलेसिया पुगेका छन्। आर्थिक वर्ष २०५४/०५५ देखि मलेसिया जानेको तथ्यांक मात्र विभागमा भेटिन्छ। आर्थिक वर्ष २०५४/०५५ देखि २०७१/०७२ सम्म कूल १३ लाख ४९ हजार नेपाली वैदेशिक रोजगारको सिलसिलामा मलेसिया पुगेका छन्। मलेसियापछि सबैभन्दा बढी नेपाली रोजगार खोज्दै खाडी राष्ट्र कतार पुगेका छन्। २१ वर्षको अवधिमा कतारमा १० लाख ४७ हजार १ सय २३ जना नेपाली वैधानिक तरिकाले पुगेको देखिन्छ।
धेरै नेपाली रोजगार खोज्दै पुग्ने अर्को मुलुक साउदी अरब हो। सरकारबाट पूर्व श्रमस्वीकृति लिई २०७२ असार मसान्तसम्म कूल ७ लाख ७५ हजार १३ जना नेपाली साउदी पुगेका छन्। त्यसपछि ठूलो संख्यामा युएई पुगेको देखिन्छ। युएईमा हालसम्म ६ लाख ६२ हजार ८८ नेपाली रोजगार सिलसिलामा पुगेका छन्। युएईपछि कुवेतमा धेरै नेपाली गएका छन्। हालसम्म कुवेतमा ३ लाख ६६ हजार ९ सय १६ जना पुगेका छन्।
त्यसपछि ठूलो संख्या बहराइनमा जानेको छ। बहराइनमा १ लाख १ हजार १ सय ७८ जना नेपाली रोजगारीका लागि पुगेका छन्। ओमानमा ३८ हजार ९ सय १९, दक्षिण कोरियामा २७ हजार ४ सय ३० र लेबनानमा १२ हजार ४ सय २८ नेपाली पुगेका छन्।
तथ्यांकअनुसार जापान, इजरायल र अफगानिस्तानमा क्रमशः ११ हजार ५ सय ५८, ८ हजार ५ सय २५ र ८ हजार २ सय २७ पुगेका छन्। रोजगारका लागि खुला गरिएकामध्ये १२ देशमा मात्र ४४ लाख ८ हजार ५ सय ३३ जना नेपाली वैधानिक रूपमा पुगेको देखिन्छ। ४४ हजार ९ सय १३ जना नेपाली मात्रै बाँकी ९८ देशमा वैधानिक तरिकाले पुगेका छन्।
अवैध तरिकाले विभिन्न राष्ट्रमा जानेको संख्या विभागको यो तथ्यांकभित्र पर्दैन। अवैध तरिकाले जानेको संख्या पनि निकै ठूलो छ। अवैध तरिकाले विदेशी भूमि पुग्ने नेपालीको संख्या ५ लाख हाराहारी रहेको अनुमान छ। अवैध तरिकाले जानेमा ठूलो संख्या महिलाको छ। धेरै देशमा घरेलु कामदारको रूपमा जान सरकारले महिलालाई प्रतिबन्ध लगाएपछि दलालमार्फत उनीहरु जाने गरेका छन्।