काठमाडौं—छिटो संविधान जारी गर्न कस्सिएका दलहरुबीच सम्बन्ध चिसिएपछि सीमाङ्कनको नयाँ विकल्पमा सहमति जुट्ने सम्भावना न्यून बन्दै गएको छ। बुधबार भेरी, राप्ती र कर्णालीलाई एउटै प्रदेश बनाउनु पर्ने प्रस्ताव राखेका प्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइराला बिहीबार शीर्ष नेताको बैठकमै गएनन्।
आफ्नो प्रस्ताव अन्य दलहरूबाट अस्वीकृत भएपछि प्रधानमन्त्री कोइराला रूस्ट भएका हुन्। कोइराला अनुपस्थित भएको प्रमुख चार दलका शीर्ष नेताको बैठक बिनानिष्कर्ष टुंगिएको छ।
विशेष समितिका संयोजक बाबुराम भट्टराईले विवादित विषयमा सहमति जुटाउन अन्तिम प्रयत्न भए पनि बैठकमा प्रधानमन्त्री उपस्थित हुन नसक्दा शुक्रबार बिहान बैठक बसेर अन्तिम निर्णय गर्ने तय भएको बताए। बैठकमा सहभागी नेताले समस्या समाधानका लागि प्रधानमन्त्रीले विशेष पहल गर्नुपर्ने र मस्यौदा समितिलाई अन्तिम निर्णय गर्न बाटो खोलिदिनुपर्ने बताएका थिए।
एमाले उपाध्यक्ष भीमबहादुर रावलले प्रदेशको सीमाङ्कनको विषयमा छिटोभन्दा छिटो निर्णय गर्नुपर्ने विषयमा छलफल भएको बताउँदै आपसी परामर्श गरेर अगाडि जाने उल्लेख गरे। 'विभिन्न तहमा उठेको असन्तुष्टिलाई सम्बोधन गर्नैपर्ने बाध्यता देखिएकाले केही ढिला भए पनि निष्कर्ष निस्कन्छ', उनले भने।
असार २३ गते छ प्रदेशको सीमाङ्कनसहितको सङ्घीय प्रदेशको खाका सार्वजनिक भएपछि मध्यपश्चिम, कर्णाली र तराई–मधेसका विभिन्न जिल्लामा असन्तुष्टि स्वरूप बिरोध सुरू भएको थियो। सो असन्तुष्टिलाइ सम्बोधन गर्न प्रमुख दलका शीर्ष नेता सहमत भए पनि कसरी निष्कर्ष निकाल्ने भन्ने विषयमा भने सहमति जुट्न सकेको छैन।
नेताहरुले शुक्रबार बिहान पुनः बैठक बसेर अन्तिम निष्कर्ष निकाल्ने सहमति भएको छ।
बिहीबारको बैठकमा एमालेका अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विद्यादेवी भण्डारी र भीम रावल, काँग्रेसका उपसभापति रामचन्द्र पौडेल, एकीकृत नेकपा९माओवादी०का अध्यक्ष पुष्पकमल दाहाल, नेता भट्टराई र फोरम ९लोकतान्त्रिक०का अध्यक्ष गच्छदार सहभागी थिए।
असहमतिसहितको प्रतिवेदन संविधानसभामा पेस गरिने
सिंहदबारमा बसेको संविधान सभा, मस्यौदा समिति बैठकले विवाद बाँकी रहेका विषयमा प्रमुख दलका शीर्ष नेताको सहमति गरेको खण्डमा सो विषयलाई समावेश गर्न सकिने गरी एकीकृत प्रतिवेदन तयार पारेको छ।
प्रमुख दलका शीर्ष नेताबीच धर्म, मतप्रतिशत सीमा र सीमा निर्धारणपछि मुलुकका विभिन्न स्थानमा देखिएको असन्तुष्टिलाई सम्बोधन गर्ने विषयमा केही दिनदेखि छलफल चलिरहेको छ। संविधानसभाले पछिल्लो पटक दिएको चार दिनको समयसीमा शुक्रबार सकिँदैछ। समयसीमा सकिन एक दिन अघिसम्म पनि पनि दलबीच विवादित विषयमा सहमति हुन नसकेको हो।
ुमस्यौदा समितिले सहमति नभएको खण्डमा असहमतिसहितको प्रतिवेदन नै संविधानसभामा पेस गर्ने निर्णय गरेको छु, समितिका सदस्य अइन्द्रसुन्दर नेम्वाङले भने। शुक्रबारसम्म विवादित विषयमा प्रमुख दलका शीर्ष नेता सम्मिलित विशेष समितिले सहमति गरेका खण्डमा प्रतिवेदनमा त्यसलाई समावेश गर्न सकिने बताए।
दलबीच भएको सहमतिका आधारमा संविधानको मस्यौदा प्रतिवेदन तयार पारेको र विवादित विषय भने जस्ताको तस्तै नै समावेश गरिएको समितिका अर्का सदस्य रेवतीरमण भण्डारीले जानकारी दिए। ुप्रमुख दलका शीर्ष नेताले सहमति जुटाउलान् र त्यसलाई मस्यौदामा समावेश गरौँला भनेर लामो समय कुरियो, त्यो नभएपछि विवादका विषय जस्ताको तस्तै राखेर मस्यौदा बनाइएको छ, भोलि९शुक्रबार०सम्म सहमति भयो भने त्यसलाई समावेश गर्न सकिन्छु, उनले भने।