काठमाडौं- प्रदेशको साँधसीमामा उत्पन्न नयाँ विवादले प्रमुख दलका शीर्ष नेतामै दुरी बढाएको छ। मस्यौदामा अन्तिम सहमति गर्ने 'निर्णायक' भनिएको बिहीबारको दोस्रो बैठकमा प्रधानमन्त्री सुशील कोइराला अनुपस्थित रहेपछि कुनै निर्णय हुन सकेन।
परिमार्जित मस्यौदामा ६ प्रदेशको सीमांकनमा सहमति गरे पनि त्यसमा असन्तुष्ट पक्षको आन्दोलनसँगै प्रमुख दलबाट फरक–परक धारणा आएपछि विवादले नयाँ रुप लिन पुग्यो। जसले १६ बुँदेका हस्ताक्षरकर्ता दल आपसमा टाढिएका छन्।
'प्रदेशको संख्या र सिमानामा एउटा नेताले विकल्प प्रस्ताव अघि सारेपछि बैठकमा भएका सबै नेताबाट त्यो हुँदैन भन्दै आ–आफ्नो विकल्प प्रस्तुत हुन्छन्,' बैठकमा सहभागी एक नेताले नागरिकसँग भने, 'जति नेता बैठकमा बसेका छन्, ती सबैबाट फरक–फरक विकल्प आएपछि सहमति हुन गाह्रो भयो।'
प्रधानमन्त्री कोइरालाले प्रदेशको साँधसीमा बैठकैपिच्छे परिवर्तन गर्न खोजिएको भन्दै बुधबारको बैठकमै आक्रोश व्यक्त गरेर बाहिरिएका थिए।
सीमांकनमा नयाँ विकल्प दिन नसकेपछि मस्यौदा समितिले यसअघि प्रमुख दलबीच भएको ६ प्रदेशको साँधसीमालाई समेटेर तयार पारेको परिमार्जित प्रतिवेदन शुक्रबार संविधानसभामा बुझाउने भएको छ।
६ प्रदेशको साँधसीमालाई लिएर मुलुकका विभिन्न ठाउँमा आन्दोलन भएपछि सबैलाई मान्य हुने खालको सिमाना तय गर्न प्रमुख दलको बैठक सातादेखि निरन्तर बसिरहेको छ।
त्यसले कुनै निष्कर्ष निकाल्न नसकेपछि बिहीबार बेलुका दोस्रोपटक बसेको बैठकमा प्रमुख दलका शीर्ष नेता एकले अर्कोलाई दोषारोपण गर्दै बाहिरिए।
मस्यौदा समितिले परिमार्जित प्रतिवेदन पूर्ण रुपमा तयार पारिसकेको छ। संविधानसभाले मस्यौदा समितिलाई शुक्रबारसम्मको समय दिएको थियो। शुक्रबारै समितिले परिमार्जित प्रतिवेदन संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई बुझाउने भएको छ।
६ प्रदेशको साँधसीमा, थ्रेसोल्डमा मौन, धर्मनिरपेक्षता नै परिमार्जित प्रतिवेदनमा उल्लेख गरिएको छ। शुक्रबार बिहानसम्म प्रमुख दलले मूल विषयमा सहमति कायम गरे तत्कालै बैठक बसेर मिलाउने, नभए बिहीबार तयार पारिएको प्रतिवेदन संविधानसभामा बुझाउने निर्णय गर्दै मस्यौदा समितिको बैठक सकिएको थियो।
समितिको बैठकमा सभापति कृष्णप्रसाद सिटौलाले सम्भवतः अन्तिम बैठक भन्दै सबैलाई धन्यवाद दिएका थिए।
संविधान जारी नगर्दासम्म संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिअन्तर्गतको विशेष समिति कायम हुने हुँदा अन्तिम मस्यौदा पारित गर्ने बेलासम्म विषयवस्तुमा सहमति कायम गर्न सकिने नेताहरुले जनाएका छन्।
बुधबार बेलुकाको बैठकमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस, एमालेसहित सत्तारुढ दलले ल्याएको ७ प्रदेशको खाकाअनुसार केही जिल्ला हेरफेर गरेर जान सकिने प्रस्ताव गरेपछि झोक्किएर हिँडेका प्रधानमन्त्री कोइराला बिहीबार दिउँसोको बैठकमै उपस्थित भएनन्।
प्रधानमन्त्री कोइरालाले राप्ती, भेरी र कर्णाली समेटेर एउटै प्रदेश बनाउनुपर्ने प्रस्ताव गरेका थिए। अन्य दलले नमानेपछि कोइराला झोक्किएको स्रोतले बतायो।
बिहीबार बिहान भएको विशेष समितिको बैठकमा पनि प्रधानमन्त्री कोइरालाले सोही प्रस्ताव राखेका थिए तर त्यसलाई एमाओवादी र एमालेका नेताहरुले अस्वीकार गरेका थिए।
बैठकमा कांग्रेस नेताहरुले मस्यौदा समितिको म्याद पाँच दिन थप गरेर सहमति खोज्न आग्रह गरेका थिए। त्यसलाई पनि एमाले र एमाओवादीले ठाडै अस्वीकार गरेका थिए।
'प्रधानमन्त्री बैठकमा उपस्थित नहुने, तर कांग्रेस नेताले मस्यौदा समितिलाई पाँच दिन म्याद थप गर्न आग्रह गरेपछि हामीलाई आशंका भयो,' एमालेका एक नेताले बैठकपछि भने, 'हामी (एमाले र एमाओवादी) ले मस्यौदा समितिको समय बढाउने होइन। बाँकी विषय संविधानसभामा अन्तिम मस्यौदा पेस भएपछि पनि विशेष समितिले मिलाउँदै जान सक्छ भन्यौं।'
दिउँसोको बैठकमा प्रधानमन्त्री कोइराला अनुपस्थित भएपछि ठोस निर्णय हुन नसकेको संवाद समितिका सभापति बाबुराम भट्टराईले जानकारी दिए।
'प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति सुशील कोइराला अनुपस्थित रहनुभएको हुनाले सीमांकनको निर्णयमा पुग्न सकिएन,' सभापति भट्टराईले भने, 'यो विषयमा पनि गम्भीर ढंगले छलफल भयो। प्रधानमन्त्री र प्रमुख दलका नेताले पहल लिएर समाधान खोज्नुपर्छ भन्ने भएको छ। कांग्रेस नेताले प्रधानमन्त्रीसँग छलफल गरेर अर्को बैठक कहिले राख्ने निर्णय दिन्छौं भनेर जानुभएको छ। उहाँहरुले जे खबर दिनुहुन्छ, आवश्यक परे जति बेला पनि बैठक बस्न सकिन्छ।'
सभापति भट्टराईले विषयवस्तुमा सहमति कायम हुन नसके मस्यौदालाई कसरी अघि बढाउने भन्ने प्रक्रियामा सहमति नभए थप गतिरोध पैदा हुने धारणा राखे।
'न विषयमा न प्रक्रियामा कुनैमा पनि सहमति भएन भनेे गतिरोध पैदा हुन्छ,' भट्टराईले भने, 'देशैभरि उठेका आवाज सम्बोधन गर्ने भनेर सबैले बोल्नुभएको छ। देशलाई अब अनिर्णयको बन्दी बनाउनुहुँदैन। मस्यौदा समितिले तयार पारेको विषय जस्ताको त्यस्तै पठाउन पनि राजनीतिक सहमति हुनुपर्छ।'
प्रधानमन्त्री अनुपस्थित भएका कारण विषयमा सहमति नभएको एमाले र एमाओवादीको दावीलाई कांग्रेसले भने ठाडै अस्वीकार गरेको छ।
कांग्रेसले नयाँ विकल्पमा सहमति कायम नभए मस्यौदा समितिले तयार पारेको ६ प्रदेशको साँधसीमासहितको परिमार्जित मस्यौदा संविधानसभामा पेस हुने धारणा राख्यो।
'मस्यौदा समितिले गरेको निर्णय लैजानुबाहेक अरू केही उपाय छैन,' कांग्रेसका एक नेताले भने, 'प्रधानमन्त्री किन आउनुभएन, थाहा भएन। विषयमा सहमति भएर ६ प्रदेशको खाका संविधानसभामा गइसकेको छ। उहाँहरुले सहमति गरेर पठाएको होइन? बाबुराम भट्टराईले सही गरेर पठाएको होइन? कि बाबुराम भट्टराईको त्यो सही नक्कली हो? होइन भने त्यसैलाई मान्नुपर्छ।'
कांग्रेस महामन्त्री एवं मस्यौदा समितिका सभापति सिटौलाले विशेष समितिले निर्णय गर्न नसके मस्यौदा समितिमा उल्लेख गरिएको ६ प्रदेशकै विषय संविधानसभामा पेस हुने जानकारी दिए।
उनले शुक्रबारै मस्यौदा समितिले आफ्नो परिमार्जित प्रतिवेदन बुझाउने जानकारी पनि दिए।
एमाले नेता भीम रावलले पनि मस्यौदा समितिको बैठकबाट संविधानको मस्यौदा विधेयक यथाशीघ्र संविधानसभामा प्रस्तुत गर्ने निर्णय भएको जानकारी गराए।
'विशेष समितिमा निर्णय भएर केही नयाँ कुरा आयो भने मस्यौदा समितिको बैठक तुरुन्त बस्छ,' रावलले भने।
विशेष समितिले ठोस निर्णय गर्न नसके आपसी कुराकानी गर्दै अगाडि जानेबारे छलफल भएको रावलले जानकारी दिए।
फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले जनताबाट उठेका आवाज र विरोधहरुका विषयमा छलफल भए पनि ठोस निर्णयमा पुग्न नसकिएको धारणा राखे।