काठमाडौं- माथेमा प्रतिवेदनबारे थप छलफल गर्न गठित उपसमितिले प्रमुख विवादीत विषयलाई थाती राख्दै मंगलबार सरकारलाई बुझाएको प्रतिवेदन मन्त्रिपरिषदले स्वीकृत गरेको छ। शुल्क र सिटसम्बन्धी विषयामा कुनै निर्णय नै नगरी मन्त्रिपरिषदले शुक्रबार कार्ययोजना स्वीकृत गरेको हो। सम्बन्धनलगायतका विवादीत विषय भने एक वर्षभित्र सल्टाउने बताइएको छ।
गत साउन १९ गते मन्त्रिपरिषद सामाजिक समितिले माथेमा प्रतिवेदन सार्वजनिक गर्दै प्रतिवेदनले औंल्याएका सुझावबारे कार्ययोजना बनाउन राष्ट्रिय योजना आयोगका सदस्य (शिक्षा र स्वास्थ्य हेर्ने) को संयोजकत्वमा अर्थ, शिक्षा तथा स्वास्थ्य सचिव सदस्य रहेको उपसमिति गठन गरिएको थियो।