तोकेको समयमा किन बुझाउँदैन संसदीय विशेष समितिले प्रतिवेदन ?
०५ भदौ २०७२
•
८ मिनेट पाठ
तोकेको समयमा किन बुझाउँदैन संसदीय विशेष समितिले प्रतिवेदन ?
काठमाडौं–३० जेठ २०७१ मा बसेको व्यवस्थापिका संसदको बैठकले संविधानसभा निर्वाचन अध्ययन, अनुसन्धान तथा सुझाव संसदीय विशेष समिति गठन गरेको थियो।प्रमुख प्रतिपक्ष एमाओवादीसहितका विपक्षी दलले दोस्रो संविधानभा निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै छानविनको माग गरेपछि व्यवस्थापिका संसदले सद्भावना पार्टीका सभासद लक्ष्मणलाल कर्णको संयोजकत्वमा सात सदस्यीय विषेश समिति गठन गरेको थियो । समितिलाई असोज २२ गते प्रतिवेदन बुझाउने समय दिइएको थियो । तर समितिले अहिलेसम्म पनि प्रतिवेदन बुझाएको छैन ।




३ कात्तिक २०७१ मा बसेको व्यवस्थापिका संसद बैठकले स्वतन्त्र सभासद अतहर कमाल मुसलमानको संयोजकत्वमा सिम्रौनगढ घटना छानविन संसदीय विशेष समिति गठन गरेको थियो समितिलाई गठन भएको १५ दिनभित्र प्रतिवेदन बुझाउने समय तोकिएको थियो । तर, समितिल अहिलेसम्म पनि प्रतिवेदन बुझाएको छैन । बाटोको विषयमा विवाद हुँदा प्रहरीको गोली लागेर स्थानीय जयनारायण पटेलको मृत्यु भएको थियो ।

चैत १४, २०१७ मा व्यवस्थापिका संसदले पेट्रोलियम पदार्थसम्बन्धी संसदीय अध्ययन तथा सुझाव समिति गठन गरेको थियो । समितिलाई एक महिनाभित्र प्रतिवेदन बुझाउने समय दिइएको भएपनि तोकिएको समयभित्र प्रतिवेदन बुझाउन सकेन । समितिले थप एक महिनापछिमात्र प्रतिवेदन बुझाएको थियो । समितिल ०७१ जेठ २१ गते प्रतिवेदन बुझाएको थियो ।

किन बुझाउँदैनन समयमा प्रतिवेदन ?

व्यवस्थापिका संसदले दिएको समयभित्र अधिकांश संसदीय समितिले प्रतिवेदन बुझाएको रेकर्ड छैन । दोस्रो संविधानसभा निर्वाचनपछि व्यवस्थापिका संसदले अहिलेसम्म तीन वटा संसदीय विशेष समिति गठन गरिसकेको छ । तर कुनै पनि समितिले तोकिएको समयभित्र प्रतिवेदन बझाएका छैनन् । तोकिएको समयभित्र काम पुरा नहुनुमा उनीहरु प्राविधिक कारण भन्दै पन्छिने गरेका छन् । संविधानसभा निर्वाचन अध्ययन, अनुसन्धान तथा सुझाव संसदीय विशेष समितिका सचिव जीवराम बुढाथोकी राजनीतिकले कोल्टो फेरेपछि समयभित्र काम सम्पन्न गर्न नसकिएको बताउँछन् ।

'जतिबेला धाँधलीको विषयले प्राथमिकता पाएको थियो त्यो बेला समिति गठन भयो,' बुढाथोकीले नागरिकन्युजसँग भने,' त्यसपछिको राजनीतिक घटनाक्रमले अर्कै मोड लिएका कारण प्रतिवेदन बुझाउन ढिला भएको हो ।' समितिले धाँधली भएको भनेर उजुरी परेको ३३ जिल्लामध्ये ८ जिल्लाको स्थलगत अध्ययन गरेको उनले बताए । अन्तिम प्रतिवेदन तयार गर्ने काम भइरहेको भन्दै उनले केही दिनभित्रै प्रतिवेदन बुझाउने बताए ।

सिमरौनगढ घटना छानविन गर्न गठित संसदीय विशेष समितिले पनि प्रतिवेदन बुझाउ नसक्नुलाई प्राविधिक कारण भनेको छ । १५ दिनको समय पाएको समितिले झण्डै एक वर्ष हुन लाग्दासमेत प्रतिवेदन बुझाएको छैन । समितिका संयोजक अतहर कमाल मुसलमानले समितिले सबै काम पुरा गरेको र अन्तिम प्रतिवेदन तयार गर्न मात्र बाँकी रहेको बताए । उनले राजीतिक रुपमा सो घटनाले अहिले खासै महत्व नराख्नेसमेत बताए । समिति सदस्य अइन्द्र सुन्दर नेम्वाङ विषयको गांभिर्यता र प्राविधिक कारणले प्रतिवेदन बुझाउन सकिएको बताउँछन् । 'सुरुमा दिएको समयपनि निकै कम थियो,' नेम्वाङले नागरिकन्युजसँग भने,'त्योसँगै विषयबस्तु पनि जटिल भएका कारण तोकिएको समयभित्र प्रतिवेदन बुझाउन नसकिएको हो ।' उनले अन्तिम प्रतिवेदन तयार गर्ने काम भइरहेकाले केही दिनभित्रै प्रतिवेदन बुझाउने दाबी गरे ।

पेट्रोलियम पदार्थसम्बन्धी संसदीय अध्ययन तथा सुझाव समितिले काम गर्दा गर्दै नभ्याएर केही सयम थप गर्नुपरेको समिति सदस्य भक्तिप्रसाद पाण्डेले बताए । 'त्यही समितिले दिएको प्रतिवेदनका आधारमा अहिले पेट्रोलिय पदार्थको वैज्ञानिक मुल्य समायोजन भएको छ,' भने ।

प्रतिवेदन समयमा नबुझाउनेमा सभामुख पनि

गत बैशाख १२ गते गएको आम विनाशकारी भूकम्पपछि भूकम्प पीडितलाई राहत तथा उद्दार कार्यमा सरकारलाई निर्देशन दिए सभामुख सुवास नेम्वाङको अध्यक्षतामा वैशाख २६ गते राष्ट्रिय विपद् व्यवस्थापन अनुगमन तथा निर्देशन विशेष समिति गठन गरेको थियो । समितिले भूकम्प प्रभावित जिल्लामा सभासदलाई खटाएर यर्थाथ बुझेर प्रतिवेदन तयार पार्न लगाएको थियो । सबै जिल्लाबाट सभासदले प्रतिवेदन आइसेपछि एकीकृत प्रतिवेदन तयार पारेर सरकारलाई निर्देशन दिएपनि प्रतिवेदन अहिलेसम्म समितिले संसदमा बुझाएको छन।

सो समितिलाई समयावधी भने तोकिएको छैन । 'पहिलाको परम्परा हेर्दा समितिले प्रतिवेदन संसदमा बुझाएपछि संसदहुँदै सरकारमा जाने हो,' सचिवालय स्रोतले भन्यो,'तर सभामुख आफैं समितिको संयोजक भएको हुनाले त्यो सिधै सरकारलाई पनि बुझाउन सकिन्छ ।' समितिले दिएका कतिपय निर्देशन सरकारले अहिलेसम्म पनि कायान्वयन गरेको छैन ।

सुविधाको लोभमा ढिला प्रतिवेदन

व्यवस्थापिका संसदले गठन गरेका संसदीय विशेष समितिले तोकिएको समयभित्रै काम पुरा गरेपनि प्रतिवेदन भने बुझाउन ढिला गरेको आरोप लाग्ने गरेको छ । समितिका सभापतिले सेवा सुविधाबापत एउटा गाडी, सवारी चालक र इन्धन सुविधा पाउने हुनाले पनि प्रतिवेदन बुझाउन ढिला गरिएको आरोप लाग्ने गरेको छ । विशेष समितिको सभापतिलाई राज्यकातर्फबाट सवारीसाधन, चालक र इन्धन दिने व्यवस्था छ भने फिल्डमा जाँदा दैनिक १२ सयका दरले भत्ता दिने गरिएको सचिवालयले जनाएको छ ।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
५ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस