एमाओवादीमा नयाँ गुट
०५ भदौ २०७२
•
५ मिनेट पाठ
एमाओवादीमा नयाँ गुट
काठमाडौं- अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता बाबुराम भट्टराईको गुटगत संघर्ष चलिरहेकै बेला एमाओवादीमा अर्को गुट जन्मिएको छ।
पूर्व एकता केन्द्रबाट आएका नेताको एक समूहले शनिबार भेला गर्दै अध्यक्ष दाहालको नेतृत्वमा एमाओवादी अघि बढ्न नसक्ने निष्कर्ष निकालेको हो।ताहाचलमा राज्य समितिस्तरीय भेला गर्दै उनीहरुले एमाओवादी कम्युनिस्ट पार्टी नरहेको र दाहालको नेतृत्वमा आन्दोलन अघि बढ्न नसक्ने ठहर गरेका छन्। भेलामा अमिक शेरचन, लीलामणि पोखरेल, आहुति, प्रकाश पोखरेल, अञ्जना बिसंखे, विद्यार्थी नेता जागृत रायमाझीलगायत सयभन्दा बढीको सहभागिता थियो।

पार्टीमा भूमिकाविहीन बन्दै आएका शेरचनले नयाँ आन्दोलनका लागि भन्दै लामो समयदेखि पूर्व एकता केन्द्रका सदस्यलाई एकताबद्ध गर्ने प्रयास गरिरहेका थिए। एमाओवादीमा आर्थिक अनियमितता छानबिन समितिमा समेत रहेका शेरचन आफ्नो प्रतिवेदन सार्वजनिक गर्न नपाउँदासमेत असन्तुष्ट बनेका थिए। विगतका राजनीतिक घटनाक्रममा अग्रमोर्चामा रहेका शेरचन पछिल्लो समय एमाओवादीमा भूमिकाविहीन थिए।

भेलाले 'समाजवादका लागि वैचारिक अभियान' नाम दिएर पार्टीभित्र र बाहिर छलफल चलाउने निर्णय गरेको एमाओवादी केन्द्रीय सदस्य प्रकाश पोखरेलले जानकारी दिए। छलफल पोखरेलकै नेतृत्वमा चल्नेछ।

भेलाले माओवादी आन्दोलनलाई अध्यक्ष दाहालले उठ्नै नसक्नेगरी पछि धकेलेको अधिकांशले टिप्पणी गरेका थिए। 'नेपालमा अहिले वामकेन्द्र छैन,' भेलामा सहभागी पोखरेलले भने, 'नेपालमा वामशक्तिको ठूलो संख्या छ तर त्यसको नेतृत्व न गर्नसक्ने अवस्थामा न माओवादी छ न एमालेले, यसका लागि नयाँ बहसको खाँचो छ। त्यसैका लागि हामीले भेला गरेका हौं।'

भेलामा अधिकांशले दाहालसँग किन बस्ने र भट्टराईसँग वा श्रेष्ठसँग किन नबस्ने भन्दै प्रश्न उठाएका थिए। बाबुराम भट्टराईको नेतृत्वमा किन नबस्ने वा भट्टराईको नेतृत्वमा नारायणकाजी श्रेष्ठ, नेत्रविक्रम चन्दसहितको पार्टी निर्माण गर्नसक्ने विषयमा पनि छलफल चलाउने निर्णय भएको एक नेताले बताए। 'भट्टराईको नेतृत्वमा नयाँ एकता गर्न सकिने वा त्यो सम्भव नभए श्रेष्ठको नेतृत्वमा चन्दसहितको पार्टी निर्माणको विषयमा छलफल अघि बढाउनुपर्ने भेलामा कुरा उठेको छ,' ती नेताले भने, 'नारायणकाजी श्रेष्ठकै नेतृत्वमा पूर्व एकता केन्द्रको उठान अब सम्भव छैन, नयाँ ढंगबाट सबै वामहरुको ध्रुवीकरण आवश्यक छ।'

भेलामा एमाओवादीले गरी नखाने भन्दै सम्बन्धविच्छेद गरेर अघि बढ्नुपर्ने अधिकांशको धारणा थियो तर तत्काल सम्बन्धविच्छेद नगरी छलफल गर्दै अघि बढ्ने निर्णय भएको छ। लीलामणि पोखरेलले सकारात्मक छलफलको उठान भएको बताउँदै एमाओवादीले गरिनखानेमा दुईमत नभएको बताएका थिए। उनले तत्काल पार्टी फुटाएर अघि बढ्न नहुने धारणा राखेका थिए।

अर्का नेता आहुतिले एमाओवादी कम्युनिष्ट नरहेको बताउँदै यसले समाजवादको यात्रा अघि बढाउन नसक्ने स्पष्ट पारेका थिए।

केही समयअघि वरिष्ठ नेता भट्टराईले थापागाउँको एक पार्टी प्यालेसमा आफूनिकटको छुट्टै प्रशिक्षण गरेका थिए। उक्त भेलापछि एमाओवादीभित्र केही समयदेखि साम्य देखिएको गुटको बहस फेरि सल्बलाएको थियो। पूर्व एकताकेन्द्रका नेताले आफ्ना पुराना नेता–कार्यकर्तालाई लामो समयदेखि एकताबद्ध गर्न खोजे पनि शनिबार पहिलोपटक औपचारिक रूपमा भेला गरेका हुन्।
अर्को समाचार
'प्रचण्डको नेतृत्वमा अब एमाओवादी अघि बढ्दैन'
०५ भदौ २०७२
•
५ मिनेट पाठ
'प्रचण्डको नेतृत्वमा अब एमाओवादी अघि बढ्दैन'
काठमाडौं-अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र वरिष्ठ नेता बाबुराम भट्टराईको गुटगत संघर्ष चलिरहेकै बेला एमाओवादीमा अर्को गुट खडा भएको छ। पूर्व एकता केन्द्रबाट आएका नेताको एक समूहले शनिबार भेला गर्दै अध्यक्ष दाहालको नेतृत्वमा एमाओवादी अघि बढ्न नसक्ने निष्कर्ष निकालेको हो।ताहाचलमा राज्य समितिस्तरीय भेला गर्दै उनीहरुले एमाओवादी कम्युनिस्ट पार्टी नरहेको र दाहालको नेतृत्वमा आन्दोलन अघि बढ्न नसक्ने ठहर गरेका छन्। भेलामा अमिक शेरचन, लीलामणि पोखरेल, आहुति, प्रकाश पोखरेल, अञ्जना बिसंखे, विद्यार्थी नेता जागृत रायमाझीलगायत सयभन्दा बढीको सहभागिता थियो।

पार्टीमा भूमिकाविहीन बन्दै आएका शेरचनले नयाँ आन्दोलनका लागि भन्दै लामो समयदेखि पूर्व एकता केन्द्रका सदस्यलाई एकताबद्ध गर्ने प्रयास गरिरहेका थिए। एमाओवादीमा आर्थिक अनियमितता छानबिन समितिमा समेत रहेका शेरचन आफ्नो प्रतिवेदन सार्वजनिक गर्न नपाउँदासमेत असन्तुष्ट बनेका थिए। विगतका राजनीतिक घटनाक्रममा अग्रमोर्चामा रहेका शेरचन पछिल्लो समय एमाओवादीमा भूमिकाविहीन थिए।

भेलाले 'समाजवादका लागि वैचारिक अभियान' नाम दिएर पार्टीभित्र र बाहिर छलफल चलाउने निर्णय गरेको एमाओवादी केन्द्रीय सदस्य प्रकाश पोखरेलले जानकारी दिए। छलफल पोखरेलकै नेतृत्वमा चल्नेछ।

भेलाले माओवादी आन्दोलनलाई अध्यक्ष दाहालले उठ्नै नसक्नेगरी पछि धकेलेको अधिकांशले टिप्पणी गरेका थिए। 'नेपालमा अहिले बाम केन्द्र छैन' भेलामा सहभागि पोखरेलले भने, 'नेपालमा बाम शक्तिको ठूलो संख्या छ तर त्यसको नेतृत्व न माओवादी गर्न सक्ने अवस्थामा छ न एमालेले यसको लागि नयाँ बहसको खाँचो छ। यसैको लागि हामीले भेला गरेका हौं।'

भेलामा अधिकांसले दाहाल सँग किन बस्ने? र भट्टराईसँग वा श्रेष्ठसँग किन नवस्ने भन्दै प्रश्न उठाएका थिए। बाबुराम भट्टराईको नेतृत्वमा किन नबस्ने वा भट्टराईको नेतृत्वमा नारायण्काजी श्रेष्ठ नेत्रविक्रम चन्द सहितको पार्टी निर्माण गर्न सक्ने विषयमा पनि छलफल चलाउने निर्णय भएको एक नेताले बताए। 'भट्टराईको नेतृत्वमा नयाँ एकता गर्न सकिने वा त्यो सम्भव नभए श्रेष्ठको नेतृत्वमा चन्द सहितको पार्टी निर्माणको विषयमा छलफल अघि बढाउनु पर्ने भेलामा कुरा उठेको छ' ति नेताले भने, 'नारायणकाजी श्रेष्ठकै नेतृत्वमा पूर्व एकता केन्द्रको उठान अव सम्भव छैन, नयाँ ढंगबाट सवै बामहरुको ध्रृविकरण आवस्यक छ।'

भेलामा एमाओवादीले गरि नखाने भन्दै सम्वन्ध विच्छेद गरेर अघि बढ्नु पर्ने अधिकांसको धारणा रहेको थियो। तर भेलाले तत्काल सम्वन्ध विच्छेद नगरी छलफल गर्दै अघि बढ्ने निर्णय गरेको छ।

भेलामा लिलामणी पोखरेलले सकारात्मक छलफलको उठान भएको बताउँदै एमाओवादीले गरिनखानेमा दुईमत नभएको बताएका थिए। उनले तत्काल पार्टी फुटाएर अघि बढ्न नहुने धारणा राखेका थिए।

अर्का नेता आहुतिले एमाओवादी कम्युनिष्ट नरहेको बताउँदै यसले समाजवादको यात्रा अघि बढाउन नसक्ने स्पष्ट पारेका थिए।

केहि समय अघि बरिष्ठ नेता भट्टराईले थापा गाउँको एक पार्टी प्यालेशमा आफूँ निकटको छुट्टै प्रशिक्ष गरेका थिए। उक्त भेला पछि एमाओवादी भित्र केहि समय देखि साम्य देखिएको गुटको बहस फेरी सल्वलाएको थियो। पूर्व एकता केन्द्रका नेताहरुले आफ्नो पुराना नेता कार्यकर्तालाई लामो समय देखि एकतावद्ध गर्न खोजे शनिबार पहिलो पटक औपचारिक रुपमा आफ्नो समूहको भेला गरेका हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस