काठमाडौं- संवैधानिक निकायका पदाधिकारीको दबाबपछि प्रमुख राजनीतिक दलका नेताले पुनर्नियुक्तिको अडान छाडेको खुलासा भएको छ।
केही संवैधानिक निकायका पदाधिकारीले अहिले पुनर्नियुक्ति आवश्यक नभएको भन्दै नेताहरुलाई हप्काएको उच्चस्रोतले जानकारी दियो। यसका लागि कांग्रेसले संवैधानिक निकायका प्रमुखहरुलाई सहयोग गरेको आशंका अन्य दलको छ।
'कांग्रेसले पुनः नियुक्त हुनुहुँदैन भनेर अभियान नै चलायो,' उच्चस्रोतले भन्यो, 'अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि आफ्नो अधिकार क्षेत्रमा 'अनुचित कार्य' हटाउन हुँदैन भनेर निरन्तर दबाब दिएको थियो। यस सँगसँगै पुनर्नियुक्ति आवश्यक छैन भन्ने दबाब आएको हुन सक्छ।'
संविधानसभाका प्रमुख राजनीतिक दलबीच संवैधानिक निकायका पदाधिकारी र न्यायाधीशहरुको पुनर्नियुक्ति गर्ने कि नगर्ने भन्नेमा लामो समयसम्म विवाद कायमै थियो।
संविधानको पहिलो मस्यौदा तयार पार्दासम्म यो विषय 'निर्णय हुन नसकेको' भनी उल्लेख गरिएको थियो। तर संविधानको अन्तिम मस्यौदा अर्थात् विधेयकमा पुनर्नियुक्ति आवश्यक नरहेको उल्लेख गरी पठाइएको छ।
संविधानको पहिलो मस्यौदामा 'हाल विद्यमान सबै तहका न्यायाधीशको निरन्तरता वा पुनर्नियुक्ति सम्बन्धमा छलफल गरी टुंगो लगाउन बाँकी रहेको' उल्लेख थियो।
त्यसैगरी, संवैधानिक निकायका पदाधिकारीका हकमा पनि त्यसैगरी उल्लेख गरिएको छ।
'हाल विद्यमान संवैधानिक निकायका पदाधिकारीको निरन्तरता वा पुनर्नियुक्ति सम्बन्धमा छलफल गरी टुंगो लगाउन बाँकी रहेको,' उल्लेख थियो।
तर संविधानको अन्तिम मस्यौदामा पुनर्नियुक्ति आवश्यक नरहेको भन्ने उल्लेख गरेर पठाइएको स्रोतले जानकारी दियो।
मस्यौदा समितिले अन्तिम मस्यौदा (विधेयक) बनाउनुअघि संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिअन्तर्गतको विशेष समितिले पुनर्नियुक्ति नगर्ने निर्णय गरेको थियो।
सत्तारुढ कांग्रेसले सुरुदेखि नै पुनर्नियुक्ति हुन नहुने अडान राख्दै आएको थियो भने एमाले र एमाओवादीले कुनै पनि हालतमा संवैधानिक निकायका पदाधिकारी र न्यायाधीशहरुको पुनर्नियुक्ति हुनैपर्ने अडान कायमै राखेका थिए। मधेसी जनअधिकार फोरम लोकतान्त्रिक पनि पुनर्नियुक्ति आवश्यक नभएको पक्षमा देखिएको थियो।
कांग्रेसले संविधान जारी भएपछि आफू नेतृत्वको सरकार नरहने भएपछि अदालत र संवैधानिक निकायमा पुनर्नियुक्ति गर्दा आफ्नो पकड नरहने ठानेर पुनर्नियुक्ति हुन नहुने अडान राखेको स्रोत बताउँछ।
संवैधानिक निकायका केही प्रमुखले एमाले र एमाओवादी नेतालाई भेटेर पुनर्नियुक्ति नगर्न दबाब दिएपछि चार दलको बैठकमा पुनर्नियुक्ति नगर्ने सहमति भएको स्रोतको दाबी छ।
प्रमुख चार दलका नेताको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसप्रति इंगित गर्दै पुनर्नियुक्ति हुनुपर्ने आफूहरुको अडानबारे अख्तियार र अदालतमा कुरा पुर्या एर आफूहरुलाई दबाब दिन लगाइएको भन्दै आक्रोश व्यक्त गरेको उच्चस्रोतले जानकारी दियो।
स्रोतका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगका केही पदाधिकारी पुनर्नियुक्ति हुनै नहुने भन्दै अभियानमै लागेका थिए।
'चार दलको बैठकमा एमालेले पुनर्नियुक्तिको अडान राखेको छ भनेर यहाँबाट अख्तियार र अदालतमा कुरा पुर्यागउने?,' ओलीको आक्रोश उद्धृत गर्दै उच्चस्रोतले नागरिकसँग भन्यो, 'अख्तियारमार्फत हामीलाई धम्की दिन लगाउने?'
ओलीले कांग्रेसप्रति लक्षित गर्दै यसो भनेका थिए।
स्रोतका अनुसार कांग्रेसले पुनर्नियुक्ति गर्दा अदालतमा १० जना अस्थायी न्यायाधीश नियुक्ति गर्ने व्यवस्था राखिएकाले संविधान जारी भएपछि बन्ने सरकारले गर्ने, संवैधानिक निकायमा पनि त्यस्तै अवस्था दोहोरिने डरले पुनर्नियुक्ति हुन नहुने अडान राख्दै आएको छ।
स्रोतका अनुसार नभए कांग्रेसको यसमा कुनै सैद्धान्तिक लडाइँ होइन। दलहरुको यो निर्णयलाई लिएर संवैधानिक निकायदेखि विभिन्न क्षेत्रमा असन्तुष्टि कायमै छ।
शीर्ष बैठकमा निरन्तर सहभागी एमाले उपाध्यक्ष विद्या भण्डारीले एमालेलाई कतैबाट कुनै किसिमका दबाब नआएको बताइन्।
'नयाँ संविधान जारी भएपछि पुनर्नियुक्ति हुनु राम्रो हो। यो सिस्टमको कुरा पनि हो। त्यसैले हामीले हुनुपर्छ भनेर पछिसम्म पनि अडान राख्यौं,' उनले नागरिकसँग भनिन्, 'तर कांग्रेसले मानेन। कांग्रेसले नमानेपछि संविधान नबन्ने भयो। उसलाई छाडेर संविधान निर्माण प्रक्रिया पूरा हुन सक्दैन। त्यसैले हामी पनि पुनर्नियुक्ति नगर्ने भन्नेमा सहमत भएका हौं तर हामीलाई कतैबाट दबाब आएर छाडेको होइन।'
एमाओवादी भनाइ केही फरक छ। उसले ठूला दल कांग्रेस र एमालेले अडान छाडेपछि आफूहरुको केही नलागेको बताएको छ।
एमाओवादीका एक नेताका अनुसार केही संवैधानिक निकायका पदाधिकारीले निरन्तर रुपमा पुनर्नियुक्तिको व्यवस्था नगर्न आग्रह गर्दै आएका थिए।
वार्तामा निरन्तर सहभागी एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने एमाओवादी अहिले पनि पुनर्नियुक्तिको पक्षमा रहेको बताए।
'हामीले अन्त्यसम्म पनि अडान राखेका हौं,' श्रेष्ठले भने, 'हिजो पनि राखेका हौं र आज पनि हामी पुनर्नियुक्तिकै पक्षमा हौं। एमाले र फोरम लोकतान्त्रिकले यो अडान छाडेका हुन्। कांग्रेसले पहिलेदेखि नै पुनर्नियुक्ति आवश्यक नपर्ने अडान राख्दै आएको थियो तर एमालेले अडान छाडेपछि हामीले मात्र केही गर्न सकेनौं।'
उनले आफूहरुले कुनै पनि निकायका पदाधिकारीलाई भेट नगरेको स्पष्ट पारे। कांग्रेसका युवा नेता तथा मस्यौदा समितिका सदस्य गगन थापाले नयाँ संविधानपछि पुनर्नियुक्ति आवश्यक भए पनि नेताहरुले नगर्ने भनी सहमति गरेपछि मस्यौदा समितिले त्यहीअनुसार पठाएको बताए।
उनले कांग्रेसले पुनर्नियुक्ति हुनुहुँदैन भनेर अभियान चलाएको हल्ला मात्रै भएको टिप्पणी गरे।
संविधानविदहरु भने नयाँ संविधान जारी भएपछि नयाँ अनुहार र संवैधानिक निकायको सुधारका लागि पनि पुनर्नियुक्ति आवश्यक पर्ने धारणा राख्छन्।
संविधानविद भीमार्जुन आचार्य संविधानको नयाँ व्यवस्थाअनुसार पूरा अनुहार 'फिट' हुन्छ कि हुँदैन भनेर हेर्न पनि पुनर्नियुक्ति आवश्यक पर्ने बताउँछन्।
'संवैधानिक निकाय र न्यायाधीश पुनर्नियुक्ति आवश्यक थियो नै,' आचार्यले नागरिकसँग भने, 'यसको दुइटा कारण छन्। संवैधानिक निकाय सुधारका लागि आवश्यक छ। अर्को, नयाँ संविधान जारी भएपछि नयाँ व्यवस्थामा त्यो फिट हुन्छ कि हुँदैन भन्ने हेरिन्छ।'
आचार्यले पनि नेताहरुले चर्को दबाबमा परेर पुनर्नियुक्ति गर्न नहुने निर्णयमा पुगेको बताउँछन्।