चार विश्वविद्यालयमा उपकूलपति सिफारिस
०५ भदौ २०७२
•
१ मिनेट पाठ
चार विश्वविद्यालयमा उपकूलपति सिफारिस
काठमाडौं- सातमध्ये चार विश्वविद्यालयको उपकूलपति सिफारिस गरिएको छ। सिफारिस समितिका एक सदस्यका अनुसार त्रिभुवन विश्वविद्यालयको उपकूलपतिमा प्रध्यापक तीर्थ खनिया, नेपाल संस्कृत विश्वविद्यालयमा कूलप्रसाद कोइराला, सुदूरपश्चिम विश्वविद्यालयमा भुषण श्रेष्ठ र पूर्वाञ्चल विश्वविद्यालयमा घनश्यामलाल दास सिफारिस गरिएको हो।यी चार जनै कांग्रेस कोटाबाट सिफारिस भएका हुन्।

बाँकी तीनमध्ये दुईमा नेकपा एमाले र एकमा एमाओवादीको भाग परेपनि दुई पार्टीले नाम सिफारिस गर्न सकेको छैन।

११ दिनअघि शिक्षामन्त्रीको अध्यक्षतामा सिफारिस समिति बनेको थियो। समितिको म्याद नभएकाले थप्ने तयारी भइरहेको बालुवाटार स्रोतले बताएका छन्। सिफारिस भएका चारै जनाको नाम भने अनुमोदन हुन बाँकी छ।
अर्को समाचार
बौद्धिक चोरी आरोपी त्रिवि उपकूलपति सिफारिस
०६ भदौ २०७२
•
८ मिनेट पाठ
बौद्धिक चोरी आरोपी त्रिवि उपकूलपति सिफारिस
काठमाडौं- सरकारले मुलुककै प्रतिष्ठित र जेठो विश्वविद्यालयमा बौद्धिक चोरी आरोप लागेका व्यक्तिलाई उपकुलपति सिफारिस गरेको छ।शिक्षामन्त्री संयोजक रहेको उपकुलपति छनोट समितिले बौद्धिक चोरी आरोप लागेका तीर्थराज खनियाको नाम शनिबार त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि सिफारिस गरेको हो।

खनियामाथि ९ वर्षअघि टर्किस लेखकको लेख हुबहु सारेको आरोप लागेको थियो। त्रिभुवन विश्वविद्यालयको शिक्षाशास्त्र संकाय केन्द्रीय विभाग प्रमुख हुँदा नेपाल अंग्रेजी भाषा शिक्षक संघ (नेल्टा) बाट प्रकाशित हुने जर्नल अफ नेल्टामा उनको अनुसन्धानात्मक लेख प्रकाशित भएको थियो।

सन् २००६ मा 'अंग्रेजी वैदेशिक भाषाको रूपमा कक्षाकोठामा प्रामाणिक सामग्रीको प्रयोग (युज अफ अथेन्टिक मेटेरियल्स इन इएफएल क्लासरुम)' शीर्षकमा प्रकाशित उनको लेखमा टर्किस लेखक फेरिट किलिक्कायाको सन् २००४ मा प्रकाशित 'अथेन्टिक मेटेरियल्स एन्ड कल्चलर कन्टेन्ट इन इएफएल क्लासरुम' बाट हुबहु साभार गरेको आरोप लागेको थियो।

खनिया सन् २००४ देखि २००६ सम्म शिक्षाशास्त्र केन्द्रीय विभाग प्रमुख थिए। उनको लेख जर्नल अफ नेल्टा २००६ को भोलुम ११ को नम्बर १–२ को पृष्ठ १७ मा प्रकाशित थियो। सन् २०१० मा त्रिविको अनलाइन पोर्टलमा नेल्टाले खनियाको लेख प्रकाशित गरेको थियो।

टर्किसको अंकरास्थित मिडिल इस्ट टेक्निकल विश्वविद्यालयका अंग्रेजी विषयका प्राध्यापक फेरिटले सन् २०१० मा आफ्नो आर्टिकल चोरी भएको कुरा त्रिविको अनलाइन पोर्टलबाट थाहा पाएपछि उनले नेल्टालाई इमेलद्वारा जानकारी गराएका थिए। खनियाले फेरिटको लेखलाई सन्दर्भसामग्रीमा समेत नखुलाई आफ्नो नाममा छापेका थिए।

तत्कालीन जर्नल अफ नेल्टाका प्रधान सम्पादक एवं सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका पूर्व उपकुलपति प्राडा जयराज अवस्थीले तत्कालीन समयमा कुनै पनि लेखकले लेख पठाउँदा त्यसमाथि अध्ययन गराई सुझाव दिने व्यवस्था नभएको जनाए। लेखकले पठाएको लेखलाई फर्म्याटिङ गरी जस्ताको त्यस्तै छापिने व्यवस्थाले समस्या आएको उनले बताए।

'म सन् २०१२ सम्म जर्नल अफ नेल्टाको प्रधानसम्पादक थिए। खनिया सरको लेख २००६ मा छापिएको हो, फर्म्याट मात्र गरेर छापिएको थियो,' प्राडा अवस्थीले नागरिकसँग भने, 'त्यही भएर त्यो आर्टिकलको बारेमा हामीले बु‰ने मौका पाएनौं।'

प्राडा खनिया विश्वबैंक, एसिएन विकास बैंक जाइकालगायतको प्रोजेक्ट आधारभूत तथा प्राथिमक शिक्षा परियोजनाको निर्देशकसमेत थिए। यसको कार्यालय शिक्षा मन्त्रालयमै थियो। यो परियोजना प्राथमिक स्कुल शिक्षा सुधार, स्रोत व्यवस्थापन, शिक्षक तालिम, पाठ्यक्रम बनाउन र किताब छाप्नसमेत सहयोगका लागि गठन गरिएको उनले बताए।

खानियाले भने आफूमाथि लगाइएको आरोप निराधार भएको प्रतिक्रिया दिएका छन्। आफूले लेखेको आर्टिकल कुनै पनि अरु लेखकको नभई आफ्नै विचार भएको उनले तर्क गरे। 'मैले बौद्धिक चोरी गरेको कहीं, कतै कुनै लेखकले आधिकारिक रूपमा उजुरी गरेको मलाई थाहा छैन,' उनले नागरिकसँग भने, 'मलाई कुनै कारबाही भएको छैन। कसरी म बौद्धिक चोरी गर्ने भएँ? सबै दुश्मनले लगाएका आरोप हुन्।'

खानिया नेल्टाको संस्थापन अध्यक्ष हुन्। उच्चमाध्यामिक शिक्षा परिषदको पहिलो उपाध्यक्षसमेत रहेका उनले प्लसटु शिक्षा सुधारमा काम गरेका छन्। २०४८ सालमा भरतपुर क्याम्पस प्रमुख रहेका उनी आधारभूत तथा प्राथमिक शिक्षा परियोजनाका निर्देशकसमेत थिए।

यसैगरी उपकुलपति छनोट समितिले शनिबारै नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा रत्नराज्य लक्ष्मी क्याम्पसका नेपाली विषयका प्राध्यापक कुलप्रसाद कोइरालालाई सिफारिस गरेको छ। कोइराला परिवारनजिक रहेकाले उनको नाम पारिवारिक दबाबमा सिफारिस गरिएको प्राध्यापक स्रोतले बताएको छ। कोइराला कांग्रेसनिकट प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालका पूर्वअध्यक्ष हुन्।

प्रजान्त्रवादी प्राध्यापक संघले सिफारिस गरेको सातैवटै विश्वविद्यालयका उपकुलपतिको नामावली सूचीमा उनको नाम नरहे पनि प्रधानमन्त्री सुशील कोइरालाको आग्रहमा छनोट समितिले उनको नाम सिफारिस गरेको प्रजातन्त्रवादी प्राध्यापकबीच चर्चा छ।

यसैगरी सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक भुषण श्रेष्ठको नाम सिफारिस भएको छ। श्रेष्ठ नेपाल प्रध्यापक संघकी पूर्व उपसभापतिसमेत रहिसकेकी छन्। उनी शिक्षाशास्त्र केन्द्रीय विभागमा इतिहास विषयकी प्राध्यापक हुन्।

पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा छनोट समितिले घनश्यामलाल दासको नाम सिफारिस गरेको छ।

शिक्षामन्त्री चित्रलेखा यादवले चार विश्वविद्यालयको उपकुलपतिको नाम सिफारिस गरी शनिबार कूलपतिलाई बुझाएकी थिइन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहाकार प्रतीक प्रधानले शनिबार शिक्षामन्त्रीले चार विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गरेको बताए।

नेकपा एमालेका शिक्षा विभाग प्रमुख गंगालाल तुलाधारले भने उपकुलपतिमा नाम सिफारिस नै नभएको बताए। 'यस विषयमा कांग्रेस र सत्ता साझेदार एमालेबीच कुनै पनि तहमा छलफल भएको छैन,' उनले नागरिकसँग भने, 'आज (आइतबार) दिउँसो भेट हुँदा शिक्षामन्त्रीलाई सोधेको थिएँ, उहाँले पनि नाम सिफारिस नभएको बताउनुभयो। एमालेलाई तर्साउन नाम सिफारिसको हल्ला चलाइएको हुन सक्छ।'

उनले कांग्रेसले एकलौटी उपकुलपति सिफारिस गरे सत्ता पल्टाइदिने चेतावनी दिए।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस