काठमाडौं-राप्रपा नेपालका सभासदको चर्को नारावाजी र मधेसवादी दलका सभासदको विरोधकाबीच 'नेपालको संविधानको परिमार्जित विधेयक, २०७२' संविधानसभामा पेश भएको छ। संविधान मस्यौदा समितिका सभापति कृष्ण सिटौलाले परिमार्जित विधेयक आईतबार संविधानसभाको बैठकमा पेश गरेका हुन्।
उनले पेश गरेको विधेयकमाथि बुधबारदेखि छलफल हुने संविधानसभा अध्यक्ष सुवास नेम्वाङले जानकारी गराए।
संविधान मस्यौदा समितिले संविधानसभामा पेश गरेको संविधानको विधेयकको पहिलो मस्यौदा उपर जनताको राय सुझाव संकलन गर्ने कार्य सम्पन्न भएपछि संविधानसभाले साउन २७ गते संविधानको परिमार्जित मस्यौदा तयार पार्न बढीमा ५ दिनको समय दिँदै निर्देशन दिएको थियो। तर ५ दिनमा संविधानको मस्यौदा तयार नभएपछि थप ४ दिनको सयम उपलब्ध गराइएको थियो।
मस्यौदा पेश गर्ने समयमा राप्रपा नेपालका सभासदहरुले वेल घेराउ गर्दै नारावाजी गरेका थिए। त्यसबाहेक मधेसी जनअधिकार फोरम नेपाल(लोकतान्त्रिक), राष्ट्रिय मधेस समाजवादी पार्टी, मधेसी जनअधिकार फोरम(गणतान्त्रिक), संघीय समाजवादी फोरम नेपाल, तराई मधेस लोकतान्त्रिक पार्टी, तराई मधेस सदभावना पार्टी, थरुहट तराई पार्टी नेपाल र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)ले बहिस्कार गरेका थिए। उनीहरुले आफ्नो धारणा राख्दै संविधानसभाको बैठक छाडेर बाहिरिएका थिए।
यसअघि विभिन्न दलका सभासदहरुले ७ प्रदेशको सीमांकनका बारेमा विरोध जनाएका थिए। वाग्लुङ, रुकुम, नवलपरासी लगायतका जिल्ला टुक्र्याएको भन्दै विरोध जनाएका थिए।