झापा–सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले आतंकवादबाट जन्मिएको नेकपा एमालेका नेताले आफूहरुलाई आतंकवादी भन्न नमिल्ने बताएका छन्।सोमबार आदिवासी जनजाति महासंघले आयोजना गरेको विरोध कार्यक्रमलाई झापाको विर्तामोडमा सम्बोधन गर्दै अध्यक्ष महताले आतंकबादबाट जन्मिएको पार्टीका नेताले आफूहरुलाई आतंकवादी भन्न नमिल्ने बताएका हुन् । 'जुन दलको जन्म आतंकवादबाट भएको छ, त्यो दलको गृहमन्त्रीले हामीहरुलाई आतंकवादी भन्न मिल्छ,'? महतोले भने ।
महतोले कांग्रेस एमालेले नेतृत्वको सरकारले आफूहरुको माग पुरा गर्न नसक्ने दाबी गर्दै सबै कुरा सडबाटै छिनोफानो गर्ने बताए । 'कांग्रेस–एमाले नेतृत्वको सरकारले हाम्रो माग पुरा गर्न सक्दैन अब सबै कुरा सडकबाट छिनोफानो गर्नुको विकल्प छैन,' उनले भने । सभालाई संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तमलोपा अध्यक्ष महन्थ ठाकुरले सम्बोधन गर्ने कार्यक्रम छ ।