काठमाडौं– टीकापुरमा अान्दोलनकारीले एसएसपी सहित धेरै सुरक्षाकर्मी मारेको घटनालाई थारु नेताहरुले दुःखद भएको बताएका छन्। शान्तिपूर्ण आन्दोलन गर्दै आएका कार्यकर्तालाई प्रहरी प्रशासनले दमन गरेपछि घटना हुन पुगेको उनीहरुले दाबी गरेका छन्।
थरुहट/थारुवान संघर्ष समितिका संयोजक तथा थारु कल्याणकारिणी सभाका अध्यक्ष धनिराम चौधरीले कैलाली घटनालाई 'इतिहासकै दुःखद खबर भएको बताए। 'हामीले शान्तिपूर्ण आन्दोलन गर्दै आएका थियौं । प्रहरी प्रशासनले दमन गर्न खोजपछि घटना घटेको हो। खटना दुःखद छ,' उनले नागरिकन्युजसँग भने।
त्यस्तै थारु सभासद्का संयोजक तथा कैलाली ३ का सभासद् रामजनम चौधरीले घटनालाई प्रहरी दमनको उपजको रुपमा ब्याख्या गरेका छन्। सरकारी कार्यलयमा पेन्टिङ गर्न गइरहेका थरुहट कार्यकर्ताहरुलाई प्रहरीले दमन गरेपछि घटना घटेको उनले बताए।
'प्रहरीले अन्धाधुन्द फायरिङ गरेपछि आक्रोसित भिडबाट त्यस्तो घटना हुन पुग्यो । जुन दुःखद हो । यस्तो नहुनुपर्ने थियो,' उनले भने। त्यस्तै थरुहट तराई पार्टी नेपालका सभासद् गोपाल दहितले कैलालीको दुर्गौलीमा प्रहरी प्रशासनले दमनगरेपछि घटना भएको बताए।
प्रहरीले घरघरमा गएर दमन गर्न खोजेपछि यस्तो घटना भएको उनले नागरिकन्युजलाई बताए। 'शान्तिपूर्ण आन्दोलन गरिरहेका कार्यकर्तालाई प्रहरीले अन्धाधुन्द गोली हाने। घरघरमा छिरेर दमन गरे । त्यसकै परिणामले यो घटना घट्यो जुन दुःखद हो,' उनले भने।सम्बन्धित लिङ्क
जिउँदै जलाए, भाला हानेर मारियो: गृहमन्त्री
अाक्रमणमा दुई वर्षे बालकको मृत्यु
कसरी भयो अाक्रमण?
एसएसपी सहित ८ सुरक्षाकर्मी मारिए, सेना परिचालन
कैलाली घटना अातंककारीः अाेली